फोन उठाउँदा ‘हेलो’ नै किन भनिन्छ ?

फोन होस् या मोवाइल उठाउने बित्तिकै सुरुमा बोलिने शब्द ‘हेलो’ । यो हामीले सानैदेखि सुन्दै आएको शब्द हो, जुन शब्द आजसम्म निरन्तर प्रयोग भइरहेको छ । त्यसो त फोनको आविष्कार भएको समयमा मानिसले फोनमा कुरा गर्दा ‘आर यू देयर ?’ भन्थे । किनकि उनीहरुलाई आफ्नो आवाज अर्कोतिर पुगिरहेको छ भन्ने विश्वास हुँदैनथ्यो ।

Nepali typing

उनीहरुलाई कसरी हामीले बोलेको आवाज जस्ताको तस्तै उता सुनिन्छ होला भन्ने लाग्थ्यो । ‘हेलो’ शब्द पहिलोपल्ट उच्चारण फोनको आविष्कारक ग्राहम बेलले गरेका थिए । उनकी प्रेमिकाको नाम मारग्रेट हेलो थियो । त्यसैले उनले सुरुमै ‘हेलो’ भनेर फोनमा प्रेमिकालाई संबोधन गरेर कुराकानी थालेका थिए ।
अमेरिकी आविष्कारक टाँमस एडिसनलार्ई पनि फोनमा मानिसहरुले लामो वाक्यबाट कुरा थाल्ने चलन ठीक लागेन । उनले यसको सट्टा एक शब्दको प्रयोग गर्न खोज्दा ‘हेलो’ भन्नु नै ठीक ठाने ।

यसो गर्दा ग्राहम बेलप्रति सम्मान पनि हुने सम्झिए । त्यसैकारण उनले १८७७ ईश्वीमा पिट्सवर्गको सेन्ट्रल डिस्ट्रिक्ट एंड प्रिंटिंग टेलिग्राफ कम्पनीका अध्यक्ष टीबीए स्मिथलाई पत्र लेखेर ‘टेलिफोनमा स्वागत शब्दको रुपमा ‘हेलो’ शब्दको प्रयोग गर्नु उचित हुन्छ भने । उनको सल्लाहलाई सबैले माने । त्यसबेलादेखि सर्वसाधारणले पनि टेलिफोनमा स्वागत शब्दका रुपमा हेलो भन्ने चलन स्थापित भयो । त्यसबेला टेलिफोन एक्सचेंजमा काम गर्ने अपरेटर केटीहरुलाई पनि हेलो भनिन्थ्यो । chartaranews

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks