facial

फेसियल गर्दा हेलचेक्र्याइँ नगरौँ

आजभोलि सुन्दर रहनका लागि फेसियल गर्ने चलन बढ्दो छ । युवापुस्तामा यो टे«न्ड अलि बढेको पाइन्छ । आफ्नो छालाको प्रकृतिअनुसार छालाको स्याहार तथा फेसियल गर्न सकेनौँ भने अनुहार कुरूप हुन सक्छ । फेसियल यस्तो उपचार विधि हो, जसका माध्यमद्वारा छालाको पूर्ण स्याहार गर्न सकिन्छ । हरेक व्यक्तिले महिनाको एक वा दुईपटक फेसियल गर्नु उत्तम हुन्छ । तर, फेसियल गर्दा केही यस्ता महत्वपूर्ण कुराको ख्याल भने गर्नैपर्छ :

फेसियल गर्ने सही तरिका
अनुहारको छालाको प्रकार तथा समस्याअनुसार बजारमा उपलब्ध प्रसाधनको प्रयोग गरी छाला
सफा गर्नुपर्छ ।
छालाको प्रकार तथा समस्याअनुसार अनुहारको मसाज गर्नुपर्छ । यो प्रक्रिया १५ देखि २५ मिनेटसम्म गर्न सकिन्छ ।
छालाको प्रकार हेरी स्टिम दिनुपर्छ । फेसमा स्टिम इनडाइरेक्ट दिनुपर्छ ।
अनुहारमा ब्ल्याक हेड्स भए स्टेरलाइज्ड कोमोडनको सहायताले हल्का प्रेसर दिई निकाल्नुपर्छ ।
पिम्पलयुक्त अनुहारमा एस्ट्रिमाइज प्रयोग गर्नु उपयुक्त हुन्छ । आयली, कम्बिनेसन स्किनमा केही मात्र अल्कोहलयुक्त टोनरको प्रयोग गर्नुपर्छ । ड्राई तथा नर्मल स्किनमा अल्कोहलरहित टोनर प्रयोग गर्नु राम्रो हुन्छ ।
फेसियलमा फेसप्याक महत्वपूर्ण विधि हो । यो प्रक्रियाले अनुहारमा छुट्टै चमक प्रदान गर्छ । अनुहारको छालाको प्रकार तथा समस्याअनुसार फेसप्याक लेप अथवा मास्क प्रयोग गर्नुपर्छ ।
अनुहारको छालाको प्रकारअनुसार मस्चराइजिङ अथवा प्रोटेक्टिभ कस्मेटिक्स प्रयोग गर्नुपर्छ । यस्तो कस्मेटिक्स डे र नाइटका लागि फरक–फरक हुन्छ । एसपिएफयुक्त र एसपिएफरहित पनि पाइन्छ ।
ध्यान दिनुपर्ने कुरा
सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
बजारमा पाइने प्रोडक्टमध्ये गुणस्तरीय प्रोडक्ट छान्नुपर्छ । राम्रो र गुणस्तरीय ब्रान्ड मात्र छनोट गर्नुपर्छ ।
दक्ष प्राविधिकबाट मात्र फेसियल गराउनुपर्छ ।
फेसियल गर्न बजारमा पाइने जुनसुकै प्रसाधन प्रयोग गर्नु हुँदैन । संवेदनशील छाला वा पिम्पलले बढी संक्रमण गरेको छालामा स्क्रबको प्रयोग गर्नु हुँदैन ।
अनुहारमा २५ मिनेटभन्दा बढी मसाज गर्नु हुँदैन । अनुहारमा बढी मसाज गर्नाले इलास्टिसिटी लुज हुन सक्छ । जसले गर्दा छाला लत्रिने सम्भावना पनि हुन्छ ।
गर्दनको ब्ल्याक हेड्स निकाल्नु अथवा चलाउनु हुँदैन ।
सेन्सेटिभ स्किन, ड्राई र नेचुरल स्किन र आँखीभौँवरिपरि अल्कोहलयुक्त टोनर प्रयोग गर्नु हुँदैन ।
enayapatrika