१. तिमि संग घन्टौ कुरा गर्दा पनि नअगाउने म आजकल पुरानै मेसेज हेरी मन बुझाउन सक्ने भाको छु
२. आफ्नो खुसीको चाबी हतारमा कसैलाई नथमाउनुहोस , पछि पछुताउन पर्ला
३. जिन्दगीले हर कोहीलाई गर्ती सुधार्ने मौका दिदैन र जसलाई दिन्छ उ भाग्यमानी हुन्छ
४. सबैभन्दा प्यारो सम्बन्ध त आँखाको हुन्छ.. संग संगै खुल्छन संग संगै बन्द हुन्छन त्यो पनि जिन्दगि भरि एक अर्कालाई नदेखी नभेटी
५. कसैको मुटु दुखाउनु अघि एउटा कुरा याद राख भगवानले एउटा मुटु तिमीलाई पनि दिनुभएको छ
६. कसैलाई माया गर्छौ त एस्तो माया गर उसले छाडेर गए पनि जिन्दगि भरि भानिरहोस कि माया त बस उसले गर्थ्यो
७. जो संग माया गाढा हुन्छ अक्सर त्येही मान्छे सबैभन्दा छिटो टाढा हुन्छ
८. यहाँ कसैलाई नरम डसना म पनि निन्द्रा आउदैन त कसैलाई सडकको पेटीमा पनि मिठो निन्द्रा आउछ, सबैभन्दा ठुलो कुरा भनेको नै सन्तुष्टि रहेछ
९. भाग्य म लेखेपछि पिर चिन्ता लिदिन भनेर नपाइने रहेछ, हुन त साहुजीले खुद्र छैन भनेर ललिपप र चकलेट भिडाउदा नलिई सुख हुन्थ्यो र
१०. निहुरिएर मोबाइल चलाउदा त नचिनेका संग सम्बन्ध जोडीन्छ भने सम्बन्ध बचाउन कै लागि आफ्ना संग अलिकति झुक्दा के नै फरक पर्छ र
११. मानिस कैयौं पटक जवाफ हुदा हुदै पनि केहि नबोली बस्छ किनकि कति पल्ट सम्बन्ध लाइ जिताउनका लागि मौन रहनु पनि जरुरि हुन्छ
१२. सबैको नजरमा राम्रो बन्न कहाँ सकिन्छ र यहाँ मान्छेहरु आफुले भनेको भएन भने भगवान लाई त दोस दिन्छन, म त झन् मान्छे न परें !!
१३. भगवानले आँशु को कुनै रंग दिएनन् , नत्र भने बिहानको बिजेको सिरानीले रातको धेरै रहस्य खोलिदिने थियो
१४. कहिलेकाही तेल सकिएर पनि दियो निभेको हुनसक्छ हरेक समय हावा मात्रै दोसी हुदैन
१५. दुनियाँ स्वार्थी छ, एकमुठी सास फालेपछि मात्रै अर्को एकमुठी लिन पाइन्छ
१६. बाधा हरुसंग लड्दै जिउनुको मजा बेग्लै छ, बाधा नै नआए को संग लड्ने अनि कसरि जित्ने
१७. मेरो भाग्य नै छैन भन्दै नहिड्नुस्, हजुरले भर्खरै लिएको सास पनि तपाइको भाग्य हो.. देख्नु भएकै होला मान्छे बाच्न चाहदा चाहदै पनि सास रोकिएको
१८. गल्ति पनि पिठ्यूँ जस्तै हुन्छ, आफुले बाहेक सबैले देखिने
१९. एक आर्काको आँखामा संसार देख्नेहरुलाई बिलासिताका बस्तुहरुले खुसि दिदैन
२०. घरि घरि यो जिन्दगि पनि किताबको पाना जस्तै लाग्छ, नकोरिएको पाना हेर्दा फिका हुने, कोरिएको पाना हेर्दा दिक्क हुने
२१. प्रेम र जिन्दगि को सम्बन्ध पनि क्षार र अम्ल को जस्ता हुँदो रहेछ … हरेक जिन्दगीमा प्रेम हुन्छ तर हरेक प्रेममा जिन्दगि हुदैन
२२. सुनको हरिण देख्दा लोभिएकी सीता सुनकै लंका पाउदा पनि बसिनन, किनकि माया बिना धन फिक्का हुन्छ
२३. सम्बन्ध एउटा नटुटिने बिस्वासमा अडिएको हुन्छ…येदि त्यो सम्बन्धमा बिस्वास टुट्यो भने त्यो ऐना जस्तै हो, हेर्न मिल्छ तर कहिलेइ जोडिदैन
२४. अरुको गल्ति खोज्दै हिड्ने मान्छेको स्वभाब त्यो झिंगाको जस्तै हुन्छ जुन सुन्दर शरीर छाडेर घाउ तिर नै बढी झुम्मिन्छ
२५.कसले भन्छ सम्बन्ध तोडिन गल्ति नै गर्नु पर्छ, शंका ले पनि त सम्बन्ध तोडीन्छ
२६. साना-साना कुराहरु दिलमा राख्दा ठुला-ठुला सम्बन्ध हरु कमजोर भैदिन्छन
२७. सम्बन्धमा मिठास तब सम्म हुन्छ जब सम्म एक अर्कामा विश्वास हुन्छ
२८. मेहनत नगरी केहि पाइदैन, आफ्नै छाया हेर्न पनि प्रकाश म गएर उभिनुपर्छ
२९. एकोहोरो त केहि चिज पनि राम्रो होइन, नापत्त्याए शंख लाइ नै हेर्नुहोस न
३०. मलाइ त्यो आकाश बन्न मन छ, जसलाई हेरेर थुक्नेहरुको मुखमा नै छिटा आओस
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks