finger print

‘फिंगरप्रिन्ट’बाटै थाहा हुन्छ, ‘कन्डम’को प्रयोग गरे/नगरेको

काठमाडौं, असोज २४ । पुरुषको ‘फिंगरप्रिन्ट’बाट कन्डमको प्रयोग गरे /नगरेको पत्ता लगाउने नयाँ प्रविधिको सफल परीक्षण पश्चात त्यसको प्रयोग गर्न मान्यता पाएको छ ।

Nepali typing

‘शेफिल्ड हल्लम विश्वबिद्याल’यका वैज्ञानिकहरुले निर्माण गरेको ‘मास स्पाक्ट्रोमेट्री फिंगरप्रिन्ट’मा आधारित प्रविधिबाट कुनैपनि ब्यक्तिले कन्डम प्रयोग गरे नगरेको पत्ता लगाउन सकिन्छ ।

योर्कशायर प्रहरीसँग मिलेर गरेको परीक्षण सफल भएपछि यसको प्रयोग गर्न अनुमती पाएको ‘बीबीसी’ले उल्लेख गरेको छ ।

यस प्रविधिबाट कन्डमको प्रयोगसँगै कपालमा कुन ब्रान्डको जेल प्रयोग गर्ने गर्दछ, अल्कोहल तथा अन्य नशालु पदार्थको लत छ कि छैन् लगायतका तथ्यहरुसमेत थाहा पाउन सकिने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

विशेषगरी अपराधमा संलग्न अभियुक्तहरुको अनुसन्धानमा यस प्रविधिको प्रयोग गरी विभिन्न तथ्यहरु पत्ता लगाउन सकिने जनाइएको छ ।

यस अनुसन्धानका प्रमुख डा.सिमोना फ्रान्सिस्का अनुसार यस प्रविधिद्वारा ३० वर्ष पुरानो ‘फिंगरप्रिन्ट’लाई परीक्षण गरी रगत तथा अन्य महत्वपूर्ण तथ्य पत्ता लगाउन सकिन्छ । डा.सिमोना फ्रान्सिस्ले यस उपायबाट पुरानो अपराधको घटनासमेत अध्ययन गर्न सकिने बताइन् ।

डा.फ्रान्सिस्का अनुसार यस प्रविधिबाट औंलाको रेखाहरुभित्र फसेको सूक्ष्म तत्वको पहिचान गर्न सकिनछ । यस प्रविधिमा सुरुमा ‘फिंगरप्रिन्ट’को ‘स्याम्पल स्क्यान’गरी वाष्पीकरण गरीन्छ । त्यसपछि भ्याक्यूमको भित्र रहेको विद्युतिय तथा चुम्बकीय तरंग क्षेत्रबाट तरंगित हुने औंलाको रेखामा फसेको मासुको तत्वहरुले अलग–अलग संकेत गर्ने गर्दछ । जसबाट प्रिन्टमा रहेको अणुको पहिचानबाट ती तथ्यहरु पत्ता लाग्ने गर्दछ ।
imagekhabar

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks