नेपालमा प्लास्टिक घर भित्र बेमौसमी तरकारी खेतीको सुरुवात क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्लेको अगुवाइमा विश २०४२ सालतिर भएको हो। उचित प्रकाश छिर्ने ९० देखि १२० जीएसएम सम्मको प्लास्टिकको प्रयोग गरी प्रतिकुल मौसममा पनि प्लास्टिक घरको सहयोगमा बाताबरण अनुकुल बनाई उत्पादन गर्ने प्रविधि नै प्लास्टिक घर खेति पद्दति हो । सामान्यतया समुद्री सतहदेखि ५०० देखि १७०० मिटरको उचाई , प्रशस्त सूर्यको प्रकाश पर्ने तथा जोडले हावा नचल्ने क्षेत्र प्लास्टिक घर भित्र तरकारी खेति गर्न राम्रो मानिन्छ । प्लास्टिक घरभित्र सबै प्रकारका तरकारी बालीहरु लगाउन सकिन्छ जस्तै सिमि, भन्टा, सागपात, भिंडी, गोलभेडा, काक्रो, खुर्सानी, काउली, बन्दा, फर्सि, लौका, करेला, केराउ आदि तरकारीहरू प्लास्टिक घरमा लगाउ सकिन्छ।
प्लास्टिक घरमै किन ?
० बेमौसमी तरकारी उत्पादन गर्न र बजारमा बेमौसमी तरकारीको उच्च माग
० चिसो मौसममा पनि बिरुवालाई अनुकुल बाताबरण सिर्जना गर्न
० विषादीको प्रयोग कम गरि उत्पादन लिन
० झार तथा किटहरुको प्रकोप कम गर्न
० सिंचाईको उचित ब्यबस्थापन
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks