आजकल पानीको बोतलमा पानी पिउने चलन अधिक हुदै गएको छ । तर के तपाईलाई थाहा छ प्लास्टिकको बोतलको पानी पिउदाँ हुनसक्छ ज्यान जानसक्ने खतरा । बैज्ञानिकहरुले अनुसन्धानका आधारमा भने, यदि कसैले प्लास्टिकको बोतलमा पानी पिउछ भने उसलाई अटिज्म, मधुमेह र क्यान्सर जस्ता कयौँ खतरनाक बिमारी हुनसक्ने संभावना बढ्ने गर्दछ ।
न्यूयोर्क यूनिभर्सिटीका अनुसन्धानकर्ताहरुले यस विषयमा अनुसन्धान गरेका हुन् । अनुसन्धानका अनुसार प्लास्टिकको बोतलमा ईडीसी(इंडोक्राइन डिस्सरटेटिड. केमिकल) जस्तो खतरनाक रसायन हुने गर्दछ । जसले सिधै मानिसको हर्माेनल प्रणलीमा नोक्सान पुर्याउने गर्दछ ।
अमेरिकाका वैज्ञानिकहरुका अनुसार केबल अमेरिकामा मात्र ईडीसी रसायनबाट हुने बिमारीबाट बच्नका लागि २३ करोड रुपैया भन्दा बढी खर्च भइसकेको छ ।
प्लास्टिकको बोतलमा पानी पिउदा हुनसक्ने खतराहरु ः
शरिरमा विभिन्न प्रकारका रोग लाग्ने गर्दछ ।
पर्यावरणका लागि हानिकारक
पाचन क्रियामा प्रत्यक्ष प्रभाव पार्दछ ।
गर्भवती महिलामा प्रोटेस्ट क्यान्सर र ब्रेस्ट क्यान्सरको खतरा
दिमागलाई कमजोर बनाउने गर्दछ
स्मरण शक्ति विस्तारै विस्तारै कमजोर हुदै जाने गर्दछ
शरिरमा फ्याट सेल्स बढ्ने गर्दछ
पेट पोल्ने समस्या सिर्जना हुने गर्दछ ।nepaljournal
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks