beautiful girl

प्रेम शायरी नेपाली

लेख्न त के लेख्छु र म
बस्
कागजमा आफ्नो मुटु राखिदिन्छु म

Nepali typing

अपरिचित हौँ तिमी
थाहा छ मलाई
तर यो मनले कहिले
सुन्नै चाहेन मेरो यो कुरा

रात शान्त छ तर मौन छैन
कसरी भनु म, आज फेरी होशमा छैन
यसरी डुबेको छु तिम्रा नयनहरुको गहिराईमा
गिलास हातमा छ, तर पिउने होश छैन

जिवन त यात्रा हो
उकालो र ओरालो बाटोहरुको …
आँशु त चिनो हो
साँचो अनि पबित्र मायालुहरुको …
सुख र दुःख त मोहनी हो
क्षणिक पलहरुको …
तिमी त संगम हौ
मेरो जिवनको सुन्दर सपनाहरुको

डुबेर सुर्यले
मलाई झन् एक्लो बनाई दियो
मेरो छायाँलाई पनि
म बाट टाढा बनाई दियो

प्रेम गर्न अब मन लाग्दैन मलाई
तिमीलाई केही भन्न पनि मन लाग्दैन मलाई…
चुपचाप नै बस्ने गरेको छु अचेल
आफैंमा हराउन पनि मन लाग्दैन मलाई…

खोई किन हो किन
हावाहरु मातिरहेको देख्दै छु आज
कतै तिमीले केहि त भनेनौं मेरो बारेमा
फूलहरुमा पनि अलगै चन्चलता देख्दै छु म
कतै माया पिरतिका कथाहरु त सुनाएनौं तिमीले
शंका त लाग्दै थियो मलाई तर भनौँ कि नभनौँ भयो
पुरानो यो मुटुका धड्कनहरु पनि
नयाँ संगीतमा धड्किरहेको सुन्दैछु आज

घाउले आफैँ भन्छ कि
बाण कसले चलाएको हो भनि
मैले कहिले भने र
त्यो बाण तिमीले चलाएको थियो भनि

यो मनको चाहनालाई
के नाम दिउँ म
पीडा त तिम्रो सम्झनामा छ
दोष तिमीलाई पनि किन दिउँ म

धेरै पछि,
फेरि उनले बोलाएको सुने
हिडाईको त के कुरा
धुकधुकी नै टक्क रोकियो

तिम्रो आँखामा
अन्तरिक्षको तारा मण्डलहरु देख्दै छु म
जति अन्वेषण गर्न खोज्दा पनि
पत्ता लगाउनै नसक्ने लाख रहस्यहरु देख्दै छु म …
तिम्रो आँखामा
सायद यो जुनी पनि कम हुने भयो मेरो
अनि घुस दिंदा दिंदै थाकि सकेको छु
पक्कै यसपालि दुनियाँ सामु बदनाम हुँदै छु म …

चाँदनीलाई आकासमा देखेर
अचम्म लाग्यो मलाई
तिमी त मेरो साथमा छौं
आकासमा रहेकी उनी को हुन्

कस्तो उपहार दिई गयों तिमीले
तीता अनि मिठा सम्झनाहरुका
एकैछिन खुशी हुन नपाउदै
फेरी पीडाका आँशुहरु बगाउनु पर्ने

तिम्रो त्यो गाजलु आँखाको गल्लीमा
आज म बाटो बिराएछु भने पनि
बिन्ति मलाई बाटो नदेखाउनु…
बरु हराउन देऊ मलाई
त्यो नयनको भवसागर मै
बरु डुबेर सागरको त्यो शिरानीमा बसी
तिमीलाई एकटक नियालि रहुँला
तिमी बस मलाई मुस्कानको उपहार दिनु
अनि म तिमीलाई मेरो मुटुको रहस्य दिउला

बिरानो त्यो बाटोमा
कसैले बोलाई रहे झैं लाग्यो …
सोच्दै छु
पक्कै त्यो आवाज
तिम्रै नै त हुनु पर्छ

आज पनि
एक्लै हुँदा प्राय:
तिमीलाई याद गरिरहेको हुन्छु
म …

जति रिसाए पनि मनाउने छु
जति टाढा गए पनि सँगसँगै आउने छु …
मुटु त आखिर मुटु नै हो नि
सागरको कुनै बालुवा होईन
लेखिएको नाम मेटाएर जाने
निष्ठूरी सागरको त्यो छाल होइन

आज फेरी चाँदनी
केहि फिका फिका लागिरहेको छ…
भन न
के हिजो फेरी मलाई भेट्न आएका थियों र
सपनीमा

आज पनि सम्झिदै छु
ति पलहरुसँगै तिमी …
कति सुन्दर देखिएकी थियौं
हरियै त्यो सलमै पनि तिमी…

झुकिएथे अप्सरासँग
त्यो मुहार तिम्रो …
सम्झदै धड्किन्छ
आजै नि यो मन मेरो …

खोई के भनेथ्यौं
ति क्षणहरुमा तिमीले …
सोचिरहन्छु सधैं सधैं
हर एकान्तमा मैले …

कुन जादु गर्यों तिमीले त्यस्तो
लाखौं नयनहरु माझमा
तिम्रै नयनहरुमा
अड्किदै छन् मेरा नयनहरु

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks