प्राधिकरणलाई सहयोग गरौँ, लोडसेडिङ अन्त्य गरौँ !

विद्युत प्राधिकरणले लोडसेडिङ् अन्त्य गर्ने अभियानमा सहयोग गर्न उपत्याकावासीलाई अनुरोध गरेको छ। विहान र बेलुका तीनतीन घण्टा निश्चित विद्युतीय उपकरण नचलाउन प्राधिकरणले अनुरोध गरेको हो।
पिकलोड समय विहानको ५ देखि ८ र बेलुका साढे पाँच देखि साढे ८ बजेसम्म पानी तान्ने पम्प, वाशिङ् मेसिन,आइरन, गिजर जस्ता धेरै विजुली तान्ने उपकरण नचलाए लोडसेडिङ अन्त्य गर्न सकिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सुचना प्रकाशित गरि यस्तो सहयोग गर्न अनुरोध गरेको छ।
‘नेपाल विद्युत प्रणलीको पिकलोड समयबाहेकाअन्य समयमा मात्र बढी विद्युत तान्ने उपकरण प्रयोग गरि विद्युत माग व्यवस्थापन कार्यमा सहयोग पुराइदिनुहुन प्राधिकरण समस्त ग्राहक महानुभावसंग विनम्र

अनुरोध गर्दछ,’ प्राधिकरणको सुचनामा उल्लेख छ।
विद्युत चुहावट सम्बन्धी सुचना पाए प्राधिकरणलाई जानकारी दिन पनि अनुरोध गरेको छ।

setopati.com