१. मानिस ठूलो दिलले हुन्छ जातले हुदैन । – लक्ष्मिप्रशाद देवकोटा
२. दुःखको गोरेटोमा जीवनलाई बोकेर हिड्नुपर्छ । – पारिजात
३. मानिसलाई बाँच्नका निम्ती एक चिम्टी बल, आधार र प्रेम चाहिन्छ । – भानुभक्त आचार्य
४. त्यही मानिस धार्मिक हो जसले आरूका निम्ती त्याग गर्न सक्छ । – गौतम बुद्ध
५. नेपाली वित्त सानो होला तर नेपाली चित्त सानो छैन । – भवानी भक्षु
६. जो मानिसलाई देवता देख्छ, त्यो मानिस स्वयं देवता हुन्छ । – बालकृष्ण सम
७. कल्पना नै एउटा योजना हो । – महेन्द्र शाह
८. भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो । – शुक्रराज शास्त्री
९. मान्छे स्वतन्त्र नभई उसको व्यक्तित्व फस्टाउन सक्दैन । – यदुनाथ खनाल
१०. शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज । – गौतम बुद्ध
११. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर । – गौतम बुद्ध
१२. हामी जे सोच्दछौ उँही बन्दछौ । – गौतम बुद्ध
१३. उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ । – गौतम बुद्ध
१४. त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ । – गौतम बुद्ध
१५. शान्ती आफै भित्रबाट आउदछ । यसलाई बाहिर नखोज । – गौतम बुद्ध
१६. हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ । – गौतम बुद्ध
१७. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ । – गौतम बुद्ध
१८. एउटा पुरै गाग्री थोपा थोपा पानीले भरिने हो । – गौतम बुद्ध
१९. जो मानिस दोश्रोको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ती मिल्दैन । – गौतम बुद्ध
२०. हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइले टोक्छ । – डा । योगी विकाशानन्द
२१. सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ । – डा । योगी विकाशानन्द
२२. अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् । – डा । योगी विकाशानन्द
२३. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ । – डा । योगी विकाशानन्द
२४. जसले आमा बाबुलाई प्रेम दर्शाउन सक्दैन, उसले आफ्ना छोराछोरीबाट प्रेम खोज्नु अपराध हो । – डा । योगी विकाशानन्द
२५. सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ । – डा । योगी विकाशानन्द
२६. मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो । – जगदिश घिमिरे
२७. सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो । म त्यसैको खोजीमा छु । – जगदिश घिमिरे
२८. विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ । – जगदिश घिमिरे
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks