पोखरामा भेटियो १५ बर्षे भाले, कमाई २० लाखको ||| १ लाख ५० हजारमा किन्न आउँदा पनि बेच्न मान्दैनन

कुखुराको भालेको आयु सामान्यतः कति वर्ष हुन्छ ? २ वर्ष, ३ वर्ष, ५ वर्ष ? अनुमान गर्नुभएको छ ? कास्कीको लेखनाथ महानगरपालिकाका एक कृषि वैज्ञानिकले एउटा यस्तो कुखुराको भाले हुर्काएका छन् की, त्यो १५ वर्ष भइसक्यो ।

लेखनाथको सिसुवास्थित लेखनाथ ह्याचरी एण्ड कृषि फार्म संचालक राजेन्द्र अधिकारी पेशाले चिकित्सक भए पनि २०५७ सालदेखि कुखुरा पालनमा लागेका छन् । कुखुरा पाल्ने मात्रै नभएर उनी नयाँ नयाँ जातका कुखुराको प्रजाति पनि जन्माउने गर्छन् । त्यही शिलशिलामा अधिकारीले भारतबाट ल्याइएको बंगाजाउ जातिको कुखुरा र नेपालकै पहाडी भेगमा पाइने बन कुखुराको क्रसबाट यस्तो भाले हुर्काएका हुन् । जुन भाले १५ वर्ष पूरा भएर १६ वर्ष लाग्यो ।

अधिकारीले आफ्नो फार्ममा यस्तै लामो आयु भएका अरु थुप्रै कुखुरा उत्पदन गरेका छन् । अचम्म के भने, ठुटे नामको यो भालेको मुल्य पनि महंगो छ । ‘डेढ लाख रुपैयाँ दिँदा पनि बेचिएन,’ कुखुराका मालिक अधिकारीले भने । उन्नत जातको भएकाले यसलाई महंगोमा किन्न खोजे पनि उनले बेच्न चाहेका छैनन् ।

यो भालेका गुण पनि अनौठा छन् । अन्य कुखुरा भन्दा यो विशेष किसिमको छ । अरु कुखुरालाई बोलाउने, चराउने, निगरानी गर्ने, मान्छेको भाषा बुझेर त्यही अनुरुप अरु कुखुरालाई तालिम दिने सम्मको काम यही भालेले गर्छ ।

साथै अरु साना चल्लालाई दाना–पानी खुवाउने काम पनि गर्छ यसले । अचेल बूढो भएर कान कम सुन्ने गरेको बताउँछन् अधिकारी । यद्यपी, अझै १० वर्ष बाँच्ने अनुमान छ अधिकारीको । अधिकारीले झण्डै ५ बर्षजतिको लामो अनुसन्धान र प्रयोगबाट यो कुखुराको जात उत्पादन गरेका हुन् ।

यसबाट उत्पादन हुने चल्ला लिन अरु किसान पनि आउने गरेको बताउँछन् उनी । चिकित्सा क्षेत्रमा क्रियाशिल भए पनि कृषि वैज्ञानिकको रुपमा गाउँमै बसेर समाजसेवा गर्न पाएकोमा खुसी लागेको अधिकारीको अनुभव छ ।universalkhabar

Stock market ideas in Nepali language