राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहदेव नेपाल भित्रको सानो पहाडी राज्य गोरखा काराजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। वि.सं. १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो। स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने पृथ्वीनारायण शाहको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेन की छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो।
वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए। पिता नरभूपालको एकीकरणको सपना साकार पार्न वि.सं. १८०० मा विराज थापा र गैरेश्वर पन्थको नेतृत्वमा उनले नुवाकोट आक्रमण गराए तर नुवाकोटमाथिको गोर्खालीहरुले पराजयको सामना गर्नु पर्यो।
वि.सं. १८३१ (स.न् १७७४) मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परे । स्वास्थ्य झन्झ-न् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही पुस २७ गते बिहान सात बजे उनको निधन भयो। घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरु दिएका थिए, जसलाई दिव्य उपदेश भनिन्छ।
- मुलुकमा अन्याय हुन नदिनु ।
- सधै गुणको होइन नुनको पछि लाग्नु ।
- सुरक्षानिकाय र जनताप्रति बफादार रहनु ।
- जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो ।
- आफ्नो सस्कृतीको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।
- सानो दु:खले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नु ।
- नेपाल दुई ढुंगा बीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।
- काठमाडौ निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा बनाउनु ।
- अदालतको पैसा दरबारमा नलैजानु र त्यसको सदुपयोग, जोगी, सन्यासीलाई भोजन गराउनु ।
- खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सारेर खानी चलाउनु पर्छ र उब्जनी योग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks