पृथक पर्यटन

भोटेकोसीमा गरिने एडभेन्चर बन्जी २०१७ मा विश्वकै उत्कृष्ट बन्यो । चर्चित मिडिया सीएनएनले तयार पारेको विश्वका उत्कृष्ट पन्ध्र बन्जीको सूचीमा एक सय ६० मिटर उचाइको भोटेकोसी परेको थियो । सीएनएनले रमणीय प्रकृतिको काखमा बन्जी जम्पको मज्जा लिन सकिने उल्लेख गरेको छ । कालीगण्डकी खोँचमा दुई सय २५ मिटर अग्लो बन्जी निर्माण भइरहेको छ । यो बन्जीले नेपालको साहसिक पर्यटनमा भाइब्रेन्ट ल्याउने विश्वास छ ।

नेपालको साहसिक मनोरञ्जनात्मक खेल विश्वचर्चित मिडिया तथा ट्राभल वेबसाइटको नजरमा परेको यो पहिलो होइन । यसअघि एभरेस्ट स्काई डाइभले विश्वका एडभेन्चर पारखीको ध्यान खिचिसकेको छ । विश्वका धनाढ्यका बारेमा लेख्दै आएको फोब्र्स पत्रिकाको विश्वका उत्कृष्ट स्काई डाइभको सूचीमा एभरेस्ट समावेश भइसकेको छ । सर्वोच्च शिखर सगरमाथाको काखमा सुन्दर हिमाली दृश्यालवोकन गर्दै उड्न पाइने फोब्र्सले लेखेको थियो । वर्षमा एक दिनमात्र गराउने एभरेस्ट स्काईडाइले विश्वकै ध्यानाकर्षण गराएको छ ।

Learn English - Dew Meaning in English to Nepali below

नेपालका हिमाली पदमार्ग (ट्रेकिङ) विश्वमै चर्चित छ । भनिन्छ, पदयात्रा शब्दको सुरुआत नै नेपालबाट भएको थियो । नेपालको अन्नपूर्ण राउन्ड ट्रेल विश्वका उत्कृष्ट पदमार्गमध्ये अग्रस्थानमा पर्छ । विश्वकै लामो पदमार्ग ‘ग्रेट हिमालयन ट्रेल’ नेपालमै छ । यस्ता रमणीय साहसिक ट्रेल नेपालमा दर्जनौं छन् । र्‍याफ्टिङका लागि भोटेकोसी नदी विश्वकै तेस्रो एडभेन्चर भएको व्यवसायी बताउँछन् ।

हिमाल आरोहणका लागि पनि नेपाल उत्कृष्ट गन्तव्य हो । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमै छ । आठ हजार मिटरभन्दा अग्ला हिमाल १० वटा छन् । अरू थुप्रै हिमाल आरोहणका लागि उत्कृष्ट मानिन्छन् । नेपाली पर्यटन पनि हिमाल आरोहणबाटै सुरुआत भएको हो । बर्सेनि हजारौं पर्यटक हिमाल चढ्न नेपाल आउँछन् । नेपालमा जंगल सफारी, प्याराग्लाइडिङ, बाइक टुर, क्यानोनिङ, रक क्लाइम्बिङ, हन्टिङ पनि लोकप्रिय छन्।

प्रचुर सम्भवना

नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको साहसिक पर्यटनको खुलेर प्रशंसा गरेका थिए । उनी भन्दै थिए, ‘साहसिक पर्यटनमा रुचि राख्ने विश्वका नौजवानहरूलाई पागल बनाउने तागत नेपालसँग छ । साहसिक गतिविधिमा नेपालभन्दा उत्कृष्ट मुलुक अर्को हुनै सक्दैन ।’ नेपालले साहसिक पर्यटनबाट लाभ लिनुपर्ने उनको सुझाव थियो । तर, मुलुकले साहसिक पर्यटनबाट लाभ लिन सकिरहेको छैन ।

बढ्दो आकर्षण

विश्वभर साहसिक खेलमा आकर्षण बढ्दो छ । विश्व पर्यटनको बलियो आधार पनि साहसिक गतिविधि हुन थालेका छन् । विदेशमा मोटो रकम खर्चिएर कृत्रिम पूर्वाधार खडा गरी साहसिक गतिविधि सञ्चालन गरिरहेको पाइन्छ । मकाउमा रहेको विश्वकै अग्लो बन्जी (२३३ मि.) मानव निर्मित संरचना मकाउ टावरबाट गराइन्छ । मकाउमा बन्जी गर्न विश्वका एडभेन्चर पारखीको भीड लाग्छ ।

दुबईमा विदेशी पर्यटक आकर्षित गर्न विश्वकै अग्लो टावरबाट स्काई डाइभ र बन्जी गराइँदै आएको छ । र्‍याफ्टिङ गराउन दुबईले दुई किमी लामो कृत्रिम नदी नै बनाएको छ । र्‍याफ्टिङ गर्न महँगो शुल्क तिरेर भए पनि पर्यटकको घुइँचो लाग्छ । मरुभूमि मुलुक दुबईले पर्यटकीय पूर्वाधार निर्माणमा ठूलो रकम खर्चिंदै आएको छ । अफ्रिकाको पर्यटन जंगल सफारीमा आधारित छ । अरू देशले पनि करोडौं डलर खर्चिएर साहसिक खेल सञ्चालन गरिरहेका छन् । साहसिक गतिविधिमा पर्यटक महँगो शुल्क पनि तिर्न तयार हुन्छन् । नेपाल यस्तो मुलुक हो, जहाँ थोरै रकम खर्च गरेरै पनि विश्वकै उत्कृष्ट साहसिक खेल सञ्चालन गर्न सकिन्छ । र्‍याफ्टिङ गर्न दर्जनौं नदी छन् । स्काई डाइभ र प्याराग्लाइडिङ गर्न प्रशस्तै डाँडा छन् । बन्जी गर्न अनगिन्ती खोँच छन् । रक क्लाइम्बिङ र क्यानोनिङको सम्भावना पनि उत्तिकै छ ।

साहसिक पर्यटनको इतिहास

नेपालमा साहसिक पर्यटनको इतिहास ६५ वर्ष पुरानो हो । सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे । लगत्तै सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथाको चुचुरो (८८४८ मि.) चुम्न सफल भए । सगरमाथा आरोहण गर्ने प्रयास यसअघि नभएको होइन, सन् १९२२ मै सातजना शेर्पा हिमाल चढ्न गएका थिए । तर, कोही पनि सकुशल फर्किन सकेनन् ।

 

एक्स्पोलोर हिमालयले वर्षमा एक दिन सीमित व्यक्तिलाई सगरमाथामा स्काई डाइभ गराउँछ । सेता हिमालमाथि चरोजस्तै उड्न पाउँदा पर्यटक निकै प्रफुल्ल हुन्छन् । २३ हजार फिट माथिबाट गरिने एभरेस्ट स्काई डाइभ महँगो प्रोडक्ट हो ।

अन्नपूर्ण र सगरमाथाको सफल आरोहण विश्वभर चर्चाको विषय बन्यो । नेपाल हिमालयको देश भनेर चिनियो । नेपालको हिमाली पर्यटन विश्वभर चर्चित छ । बेलायती नागरिक ब्रिटिस आर्मीका कर्णेल जिम्मी रोबर्टस्ले साठीको दशकको सुरुआतदेखि नै हिमाली क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गराउन सुरु गरे । नेपालका अधिकांश चर्चित ट्रेकिङ रुटहरू माउन्टेन ट्राभलले एक्स्पोलोर गरेको बताइन्छ । सोही बखत (सन् १९६४) चितवन र बर्दियाको जंगलमा विदेशीले हन्टिङ÷सफारी पर्यटनको सुरुआत गरे ।

बेलायती नागरिक जिम एडवार्डस्को टाइगर टप्स कम्पनी सफारी टुरिजमका लागि विश्वभरि चर्चित बन्यो । नेपालमा साठीको दशकमा टे«किङ, हन्टिङ र सफारी पर्यटन सुरुआत भयो । मोटो रकम खर्चिएर अफ्रिका जाने सफारी पारखी नेपाल आउन थाले । नेपालको सफारी पर्यटनको ब्रान्डिङमा जिमको ठूलो योगदान रह्यो । अहिले पनि सौराहा, मेघौली र बर्दियाको पर्यटन सफारीमा अडिएको छ ।

 

सन् ८० को दशकको सुरुआतमै त्रिशूली नदीमा र्‍याफ्टिङ सुरु भयो । यो पनि टाइगर टप्सले नै सुरु गरेको हो । यो विश्वकै दोस्रो र्‍याफ्टिङ थियो । पहिलो इथोपियाको ब्लु नाइल हो । अहिले नेपालमा र्‍याफ्टिङ निकै लोकप्रिय छ । भोटेकोसी बन्जी पनि विदेशीले सञ्चालन गरेका हुन् । नेपालको साहसिक पर्यटनको विकासमा विदेशीको महत्ववपूर्ण योगदान छ । अधिकांश साहसिक गतिविधि विदेशी नागरिकले सुरुआत गरेका हुन् । अहिले पनि सन् १९५० देखि ८० को दशकसम्म विकास गरिएका साहसिक गतिविधिमै नेपाली पर्यटन अडिएको छ ।

चर्चित साहसिक खेल

आकाशमा चराजस्तै उड्नुको मज्जा बेग्लै छ । नेपालमा सबैभन्दा चर्चित साहसिक गतिविधिमा प्याराग्लाइडिङ पनि पर्छ । प्याराग्लाइडिङले पोखराको पहिचान नै फेरिदिएको छ । पोखराको आकाशमा रंगीचंगी प्याराग्लाइडिङ उडेको देखिन्छ । प्याराग्लाइडिङ भन्नेबित्तिकै पोखरा सम्झिन्थ्यो । अब प्याराग्लाइडिङ पोखरामा मात्र सीमित रहेन । ललितपुरको गोदावरी, पाल्पा, भेडेटार, सुर्खेत लगायतका ठाउँमा प्याराग्लाइडिङ गराउन थालिएको छ । नेपालका धेरै पहाड प्याराग्लाइडिङ गर्न उपयुक्त छन् । पोखरामा हरेक वर्ष स्वदेशी÷विदेशी पाइलटबीच प्याराग्लाइडिङ प्रतियोगितासमेत हुन्छ । पोखराको अर्को चर्चित साहसिक प्रोडक्ट हो, अल्ट्रा फ्लाइट । अल्ट्रालाइटमा फ्लाइट गरेर हिमाल, सुन्दर नगरी पोखरा, आसपासको बस्ती अवलोकन गर्न पाइन्छ । पोखरालाई साहसिक खेलको राजधानी पनि भन्ने गरिन्छ ।

हिमाल आरोहण नेपालको मुख्य पर्यटकीय प्रोडक्ट भइहाल्यो । हिमाल आरोहण गर्न बर्सेनि हजारौं विदेशी आउँछन् । भोटेकोसीमा दी लास्ट रिसोर्टले बन्जी गराउँदै आएको छ । जहाँ स्वदेशी÷विदेशी एडभेन्चर पारखीको भीड लाग्छ । भोटेकोसी चम्किएपछि पोखरामा पनि बन्जी सञ्चालनमा आएको छ । कालीगण्डकी खोँचमा दुई २५ मिटर उचाइको बन्जी निर्माण भइरहेको छ । यो विश्वकै दोस्रो अग्लो बन्जी हुनेछ । विश्वको सबैभन्दा अग्लो बन्जी (२३३ मिटर) मकाउमा छ ।

हाइग्राउन्ड एडभेन्चर्सले पोखरामा बन्जी र जिप फ्लाइ गराउछ । टावर बनाएर सञ्चालन गरिएको बन्जी ६५ मिटर अग्लो छ । यस्तै जिप फ्लाई सराङकोट डाँडाबाट हेम्जासम्म गराइन्छ । यतिमात्र होइन, भोटेकोसीमा पिङजस्तै मच्चिने स्विङ (एक जना), टेन्डम स्विङ (दुईजना) पनि गराइँदै आएको छ । कालीगण्डकीमा पनि स्विङको व्यवस्था हुनेछ । नेपालमा स्काई डाइभको सम्भावना धेरै छ तर अझै व्यावसायिक बन्न सकेको छैन । एक्स्पोलोर हिमालयले वर्षमा एक दिन सीमित व्यक्तिलाई सगरमाथामा स्काई डाइभ गराउँछ । सेता हिमालमाथि चरोजस्तै उड्न पाउँदा पर्यटक निकै प्रफुल्ल हुन्छन् ।

२३ हजार फिट माथिबाट गरिने एभरेस्ट स्काई डाइभ महँगो प्रोडक्ट हो । यो ११ दिनको प्याकेज हो । यसको व्यावसायिकीकरण गर्न सकेमा विश्वका धनाढ्य एडभेन्चर पारखी भित्र्याउन सकिन्छ । एक्स्पोलोर हिमालयले पोखरामा पनि वर्षमा एक दिन स्काई डाइभ गराउँछ ।त्रिशूली, भोटेकोसी, सुनकोसी, कालीगण्डकी, कर्णाली, सेती लगायतका १६ नदीमा र्‍याफ्टिङ गरिन्छ । यसमा सबैभन्दा चर्चित त्रिशूली र भोटेकोसी हुन् । सिजनमा र्‍याफ्टिङका लागि नदीमा भीड लाग्ने गर्छ । पानीको छालमा डुबुल्की मार्दै बग्न मज्जा आउँछ । नदीमा र्‍याफ्टिङ र कायाकिङ चर्चित छन् ।

माउन्टेन फ्लाइटमा पनि पर्यटकको भीड लाग्छ । करिब एक घन्टाको माउन्टेन फ्लाइट विदेशी पर्यटकमाझ लोकप्रिय छ । पर्यटकको आकर्षण बढेपछि आन्तरिक वायुसेवा कम्पनीले पनि माउन्टेन फ्लाइटलाई प्राथमिकता दिएको पाइन्छ । विमान कम्पनीलाई पनि राम्रो कमाइ हुने माउन्टेन फ्लाइटबाटै हो । नेपालमा ट्रेकिङ सुरुआत भएको झन्डै सात दशक पुग्नै आँट्यो । अहिले पनि ट्रेकिङ मुख्य पर्यटकीय प्रोडक्ट हो । नेपालको हिमाली तथा पहाडी भेगमा ट्रेकिङका लागि लाखौं पर्यटक आउँछन् । खुम्बु (एभरेस्ट) पदयात्रा, अन्नपूर्ण सर्किट, मनास्लु, रोल्वालिङ, डोल्पा, हुम्ला, घोरेपानी, गोसाइँकुण्ड, बडिमालिका, खप्तड, रारा, फोक्सुन्डो लगायतका ठाउँ पदयात्राका लागि चर्चित हुन् । नेपाली पर्यटन व्यवसाय ट्रेकिङले धानिएको छ ।

सन् १९९९ मा बुलेट राइडर्सको भेलाले क्लब बनाउने निर्णय गर्‍यो । सन् २००० मा रोयल इन्फिल्डर्स क्लब जन्मियो । बुलेट राइडर्स एकबद्ध भएपछि सप्ताहन्त र बिदाको दिनमा एडभेन्चर टुरमा निस्किन थाले । बुलेट राइडर्स थपिँदै गए, क्लब पनि बढ्दै जान थाले । अरू ब्रान्डका एडभेन्चर बाइक पनि भित्रिन थाल्यो । अफरोडमा बाइक कुदाएर रमाइलो गर्ने युवाको जमात बढ्दै गएको छ । अहिले अफरोड बाइकिङ युवाबीच संस्कृति नै बनिसकेको छ । एडभेन्चर राइडिङका लागि नेपाल उपयुक्त मुलुक हो । एडभेन्चर राइडिङका लागि चर्चित मुस्ताङ र मनाङ हुन् । पोखरा, सौराहा, सिन्धुलीको बीपी राजमार्ग, सिन्धुपाल्चोक (सुकुटे), कालिञ्चोक, जुम्ला, रारालगायतका ठाउँ राइडरको रोजाइमा पर्छन् । छोटो रुट खोज्नेहरू नुवाकोट, धुलिखेल, नगरकोट, चित्लाङ, दामन, शिवपुरी, बर्दिबास, भोटेकोसीको किनार सुकुटेतिर लाग्छन् । छिमेकी मुलुक भारत, भुटान, तिब्बतसम्म क्रसबोर्डर साहसिक टुर पनि हुन्छ ।

चितवन र बर्दियामा सफारी चम्किएको छ । हात्ती र जिपबाट जंगलमा घुमफिर गर्दै पशुपक्षी अवलोकन गर्न धेरै पर्यटक आउँछन् । जंगल सफारीकै कारण सौराहा मुलुकको तेस्रो महत्ववपूर्ण पर्यटकीय गन्तव्यमा दरिँदै आएको छ । अग्ला झरनामा गरिने क्यानोनिङ र पहाडमा गरिने रक क्लाइम्बिङ पनि उत्तिकै मनोरञ्जनात्मक गतिविधि हुन् । नेपालका विभिन्न ठाउँमा क्यानोनिङ र क्लाइम्बिङ गराइन्छ । यस्तै साइक्लिङ, हाइकिङ, केबुलकार, रिभर हाइक, हन्टिङमा पनि नेपाल चर्चित छ । काठमाडौंको ट्राफिक जाममा बाइक÷कार चलाउँदा पनि एडभेन्चर फिल हुन्छ । पर्यटकलाई पहाडी भेगमा ड्राइभिङ गर्दा पनि एडभेन्चर महसुस हुन्छ ।

नेपालको हिमाली भेगमा स्की खेलको प्रशस्त सम्भवना छ । तर, अहिलेसम्म पहिचान गर्न पनि सकिएको छैन । विदेशमा स्की निकै चर्चित छ । स्की खेलको विकास गरेर पर्यटक आकर्षित गर्न स्की तथा स्नो बोर्डिङ प्रतिष्ठानले पहल सुरु गरेको हो । स्की खर्चालु पर्यटक भित्र्याउने बलियो माध्यम पनि हुनेछ ।

अस्पष्ट नीति

नेपालमा साहसिक पर्यटनको प्रवद्र्धनमा बाधक सरकारी नीति रहेको विज्ञ बताउँछन् । सरकारी नीति उदार नभएसम्म साहसिक पर्यटनको विकास सम्भव नहुने ठोकुवा छ । नेपालमा साहसिक पर्यटनको प्रवद्र्धन विदेशीले गरे । अस्पष्ट नीतिकै कारण उनीहरूले नै व्यवसायबाट हात धुनु परेको तीतो यथार्थ छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको टाइगर टप्सलाई उदाहरणका रूपमा लिन सकिन्छ । केही सीमित व्यवसायी÷व्यक्तिको दबाबमा टाइगर टप्स बन्द गरियो ।

टाइगर टप्स बन्द भएपछि धनाढ्य र कुलीन खानदानी पर्यटक आउन रोकिएको छ । विश्वका चर्चित सेलिब्रेटी र विशिष्ट पाहुना टाइगर टप्समा धेरै आउने गर्थे । ब्रिटिस रोयल फेमिली धेरै आउँथे । टाइगर टप्स विश्वका हाइप्रोफाइल र धनाढ्यको जक्सन हुन्थ्यो । नेपालले साहसिक पर्यटनमा गर्व गर्नलायक प्रगति गर्न सकेको छैन । साहसिक पर्यटन ब्रुमिङ गराउन विदेशी लगानीकर्ता भित्र्याउन विज्ञ सुझाउँछन् । विदेशीसँग प्रोडक्ट डेभलप गर्ने क्षमता, पुँजी र बजारको पहुँच पनि हुन्छ । यसैले अनुभवी विदेशी कम्पनी नेपाल भित्र्याउनुपर्ने देखिन्छ । तर, यसका लागि नीतिगत सुधार आवश्यक छ ।

भोटेकोसीमा गरिने एडभेन्चर बन्जी २०१७ मा विश्वकै उत्कृष्ट बन्यो । चर्चित मिडिया सीएनएनले तयार पारेको विश्वका उत्कृष्ट पन्ध्र बन्जीको सूचीमा एक सय ६० मिटर उचाइको भोटेकोसी परेको थियो । सीएनएनले रमणीय प्रकृतिको काखमा बन्जी जम्पको मज्जा लिन सकिने उल्लेख गरेको छ । कालीगण्डकी खोँचमा दुई सय २५ मिटर अग्लो बन्जी निर्माण भइरहेको छ । यो बन्जीले नेपालको साहसिक पर्यटनमा भाइब्रेन्ट ल्याउने विश्वास छ । नेपालको साहसिक मनोरञ्जनात्मक खेल विश्वचर्चित मिडिया तथा ट्राभल वेबसाइटको नजरमा परेको यो पहिलो होइन । यसअघि एभरेस्ट स्काई डाइभले विश्वका एडभेन्चर पारखीको ध्यान खिचिसकेको छ । विश्वका धनाढ्यका बारेमा लेख्दै आएको फोब्र्स पत्रिकाको विश्वका उत्कृष्ट स्काई डाइभको सूचीमा एभरेस्ट समावेश भइसकेको छ । सर्वोच्च शिखर सगरमाथाको काखमा सुन्दर हिमाली दृश्यालवोकन गर्दै उड्न पाइने फोब्र्सले लेखेको थियो । वर्षमा एक दिनमात्र गराउने एभरेस्ट स्काईडाइले विश्वकै ध्यानाकर्षण गराएको छ । नेपालका हिमाली पदमार्ग (ट्रेकिङ) विश्वमै चर्चित छ । भनिन्छ, पदयात्रा शब्दको सुरुआत नै नेपालबाट भएको थियो । नेपालको अन्नपूर्ण राउन्ड ट्रेल विश्वका उत्कृष्ट पदमार्गमध्ये अग्रस्थानमा पर्छ । विश्वकै लामो पदमार्ग ‘ग्रेट हिमालयन ट्रेल’ नेपालमै छ । यस्ता रमणीय साहसिक ट्रेल नेपालमा दर्जनौं छन् । र्‍याफ्टिङका लागि भोटेकोसी नदी विश्वकै तेस्रो एडभेन्चर भएको व्यवसायी बताउँछन् । हिमाल आरोहणका लागि पनि नेपाल उत्कृष्ट गन्तव्य हो । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमै छ । आठ हजार मिटरभन्दा अग्ला हिमाल १० वटा छन् । अरू थुप्रै हिमाल आरोहणका लागि उत्कृष्ट मानिन्छन् । नेपाली पर्यटन पनि हिमाल आरोहणबाटै सुरुआत भएको हो । बर्सेनि हजारौं पर्यटक हिमाल चढ्न नेपाल आउँछन् । नेपालमा जंगल सफारी, प्याराग्लाइडिङ, बाइक टुर, क्यानोनिङ, रक क्लाइम्बिङ, हन्टिङ पनि लोकप्रिय छन्। प्रचुर सम्भवना नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको साहसिक पर्यटनको खुलेर प्रशंसा गरेका थिए । उनी भन्दै थिए, ‘साहसिक पर्यटनमा रुचि राख्ने विश्वका नौजवानहरूलाई पागल बनाउने तागत नेपालसँग छ । साहसिक गतिविधिमा नेपालभन्दा उत्कृष्ट मुलुक अर्को हुनै सक्दैन ।’ नेपालले साहसिक पर्यटनबाट लाभ लिनुपर्ने उनको सुझाव थियो । तर, मुलुकले साहसिक पर्यटनबाट लाभ लिन सकिरहेको छैन । बढ्दो आकर्षण विश्वभर साहसिक खेलमा आकर्षण बढ्दो छ । विश्व पर्यटनको बलियो आधार पनि साहसिक गतिविधि हुन थालेका छन् । विदेशमा मोटो रकम खर्चिएर कृत्रिम पूर्वाधार खडा गरी साहसिक गतिविधि सञ्चालन गरिरहेको पाइन्छ । मकाउमा रहेको विश्वकै अग्लो बन्जी (२३३ मि.) मानव निर्मित संरचना मकाउ टावरबाट गराइन्छ । मकाउमा बन्जी गर्न विश्वका एडभेन्चर पारखीको भीड लाग्छ । दुबईमा विदेशी पर्यटक आकर्षित गर्न विश्वकै अग्लो टावरबाट स्काई डाइभ र बन्जी गराइँदै आएको छ । र्‍याफ्टिङ गराउन दुबईले दुई किमी लामो कृत्रिम नदी नै बनाएको छ । र्‍याफ्टिङ गर्न महँगो शुल्क तिरेर भए पनि पर्यटकको घुइँचो लाग्छ । मरुभूमि मुलुक दुबईले पर्यटकीय पूर्वाधार निर्माणमा ठूलो रकम खर्चिंदै आएको छ । अफ्रिकाको पर्यटन जंगल सफारीमा आधारित छ । अरू देशले पनि करोडौं डलर खर्चिएर साहसिक खेल सञ्चालन गरिरहेका छन् । साहसिक गतिविधिमा पर्यटक महँगो शुल्क पनि तिर्न तयार हुन्छन् । नेपाल यस्तो मुलुक हो, जहाँ थोरै रकम खर्च गरेरै पनि विश्वकै उत्कृष्ट साहसिक खेल सञ्चालन गर्न सकिन्छ । र्‍याफ्टिङ गर्न दर्जनौं नदी छन् । स्काई डाइभ र प्याराग्लाइडिङ गर्न प्रशस्तै डाँडा छन् । बन्जी गर्न अनगिन्ती खोँच छन् । रक क्लाइम्बिङ र क्यानोनिङको सम्भावना पनि उत्तिकै छ । साहसिक पर्यटनको इतिहास नेपालमा साहसिक पर्यटनको इतिहास ६५ वर्ष पुरानो हो । सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे । लगत्तै सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथाको चुचुरो (८८४८ मि.) चुम्न सफल भए । सगरमाथा आरोहण गर्ने प्रयास यसअघि नभएको होइन, सन् १९२२ मै सातजना शेर्पा हिमाल चढ्न गएका थिए । तर, कोही पनि सकुशल फर्किन सकेनन् । एक्स्पोलोर हिमालयले वर्षमा एक दिन सीमित व्यक्तिलाई सगरमाथामा स्काई डाइभ गराउँछ । सेता हिमालमाथि चरोजस्तै उड्न पाउँदा पर्यटक निकै प्रफुल्ल हुन्छन् । २३ हजार फिट माथिबाट गरिने एभरेस्ट स्काई डाइभ महँगो प्रोडक्ट हो । अन्नपूर्ण र सगरमाथाको सफल आरोहण विश्वभर चर्चाको विषय बन्यो । नेपाल हिमालयको देश भनेर चिनियो । नेपालको हिमाली पर्यटन विश्वभर चर्चित छ । बेलायती नागरिक ब्रिटिस आर्मीका कर्णेल जिम्मी रोबर्टस्ले साठीको दशकको सुरुआतदेखि नै हिमाली क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गराउन सुरु गरे । नेपालका अधिकांश चर्चित ट्रेकिङ रुटहरू माउन्टेन ट्राभलले एक्स्पोलोर गरेको बताइन्छ । सोही बखत (सन् १९६४) चितवन र बर्दियाको जंगलमा विदेशीले हन्टिङ÷सफारी पर्यटनको सुरुआत गरे । बेलायती नागरिक जिम एडवार्डस्को टाइगर टप्स कम्पनी सफारी टुरिजमका लागि विश्वभरि चर्चित बन्यो । नेपालमा साठीको दशकमा टे«किङ, हन्टिङ र सफारी पर्यटन सुरुआत भयो । मोटो रकम खर्चिएर अफ्रिका जाने सफारी पारखी नेपाल आउन थाले । नेपालको सफारी पर्यटनको ब्रान्डिङमा जिमको ठूलो योगदान रह्यो । अहिले पनि सौराहा, मेघौली र बर्दियाको पर्यटन सफारीमा अडिएको छ । सन् ८० को दशकको सुरुआतमै त्रिशूली नदीमा र्‍याफ्टिङ सुरु भयो । यो पनि टाइगर टप्सले नै सुरु गरेको हो । यो विश्वकै दोस्रो र्‍याफ्टिङ थियो । पहिलो इथोपियाको ब्लु नाइल हो । अहिले नेपालमा र्‍याफ्टिङ निकै लोकप्रिय छ । भोटेकोसी बन्जी पनि विदेशीले सञ्चालन गरेका हुन् । नेपालको साहसिक पर्यटनको विकासमा विदेशीको महत्ववपूर्ण योगदान छ । अधिकांश साहसिक गतिविधि विदेशी नागरिकले सुरुआत गरेका हुन् । अहिले पनि सन् १९५० देखि ८० को दशकसम्म विकास गरिएका साहसिक गतिविधिमै नेपाली पर्यटन अडिएको छ । चर्चित साहसिक खेल आकाशमा चराजस्तै उड्नुको मज्जा बेग्लै छ । नेपालमा सबैभन्दा चर्चित साहसिक गतिविधिमा प्याराग्लाइडिङ पनि पर्छ । प्याराग्लाइडिङले पोखराको पहिचान नै फेरिदिएको छ । पोखराको आकाशमा रंगीचंगी प्याराग्लाइडिङ उडेको देखिन्छ । प्याराग्लाइडिङ भन्नेबित्तिकै पोखरा सम्झिन्थ्यो । अब प्याराग्लाइडिङ पोखरामा मात्र सीमित रहेन । ललितपुरको गोदावरी, पाल्पा, भेडेटार, सुर्खेत लगायतका ठाउँमा प्याराग्लाइडिङ गराउन थालिएको छ । नेपालका धेरै पहाड प्याराग्लाइडिङ गर्न उपयुक्त छन् । पोखरामा हरेक वर्ष स्वदेशी÷विदेशी पाइलटबीच प्याराग्लाइडिङ प्रतियोगितासमेत हुन्छ । पोखराको अर्को चर्चित साहसिक प्रोडक्ट हो, अल्ट्रा फ्लाइट । अल्ट्रालाइटमा फ्लाइट गरेर हिमाल, सुन्दर नगरी पोखरा, आसपासको बस्ती अवलोकन गर्न पाइन्छ । पोखरालाई साहसिक खेलको राजधानी पनि भन्ने गरिन्छ । हिमाल आरोहण नेपालको मुख्य पर्यटकीय प्रोडक्ट भइहाल्यो । हिमाल आरोहण गर्न बर्सेनि हजारौं विदेशी आउँछन् । भोटेकोसीमा दी लास्ट रिसोर्टले बन्जी गराउँदै आएको छ । जहाँ स्वदेशी÷विदेशी एडभेन्चर पारखीको भीड लाग्छ । भोटेकोसी चम्किएपछि पोखरामा पनि बन्जी सञ्चालनमा आएको छ । कालीगण्डकी खोँचमा दुई २५ मिटर उचाइको बन्जी निर्माण भइरहेको छ । यो विश्वकै दोस्रो अग्लो बन्जी हुनेछ । विश्वको सबैभन्दा अग्लो बन्जी (२३३ मिटर) मकाउमा छ । हाइग्राउन्ड एडभेन्चर्सले पोखरामा बन्जी र जिप फ्लाइ गराउछ । टावर बनाएर सञ्चालन गरिएको बन्जी ६५ मिटर अग्लो छ । यस्तै जिप फ्लाई सराङकोट डाँडाबाट हेम्जासम्म गराइन्छ । यतिमात्र होइन, भोटेकोसीमा पिङजस्तै मच्चिने स्विङ (एक जना), टेन्डम स्विङ (दुईजना) पनि गराइँदै आएको छ । कालीगण्डकीमा पनि स्विङको व्यवस्था हुनेछ । नेपालमा स्काई डाइभको सम्भावना धेरै छ तर अझै व्यावसायिक बन्न सकेको छैन । एक्स्पोलोर हिमालयले वर्षमा एक दिन सीमित व्यक्तिलाई सगरमाथामा स्काई डाइभ गराउँछ । सेता हिमालमाथि चरोजस्तै उड्न पाउँदा पर्यटक निकै प्रफुल्ल हुन्छन् । २३ हजार फिट माथिबाट गरिने एभरेस्ट स्काई डाइभ महँगो प्रोडक्ट हो । यो ११ दिनको प्याकेज हो । यसको व्यावसायिकीकरण गर्न सकेमा विश्वका धनाढ्य एडभेन्चर पारखी भित्र्याउन सकिन्छ । एक्स्पोलोर हिमालयले पोखरामा पनि वर्षमा एक दिन स्काई डाइभ गराउँछ ।त्रिशूली, भोटेकोसी, सुनकोसी, कालीगण्डकी, कर्णाली, सेती लगायतका १६ नदीमा र्‍याफ्टिङ गरिन्छ । यसमा सबैभन्दा चर्चित त्रिशूली र भोटेकोसी हुन् । सिजनमा र्‍याफ्टिङका लागि नदीमा भीड लाग्ने गर्छ । पानीको छालमा डुबुल्की मार्दै बग्न मज्जा आउँछ । नदीमा र्‍याफ्टिङ र कायाकिङ चर्चित छन् । माउन्टेन फ्लाइटमा पनि पर्यटकको भीड लाग्छ । करिब एक घन्टाको माउन्टेन फ्लाइट विदेशी पर्यटकमाझ लोकप्रिय छ । पर्यटकको आकर्षण बढेपछि आन्तरिक वायुसेवा कम्पनीले पनि माउन्टेन फ्लाइटलाई प्राथमिकता दिएको पाइन्छ । विमान कम्पनीलाई पनि राम्रो कमाइ हुने माउन्टेन फ्लाइटबाटै हो । नेपालमा ट्रेकिङ सुरुआत भएको झन्डै सात दशक पुग्नै आँट्यो । अहिले पनि ट्रेकिङ मुख्य पर्यटकीय प्रोडक्ट हो । नेपालको हिमाली तथा पहाडी भेगमा ट्रेकिङका लागि लाखौं पर्यटक आउँछन् । खुम्बु (एभरेस्ट) पदयात्रा, अन्नपूर्ण सर्किट, मनास्लु, रोल्वालिङ, डोल्पा, हुम्ला, घोरेपानी, गोसाइँकुण्ड, बडिमालिका, खप्तड, रारा, फोक्सुन्डो लगायतका ठाउँ पदयात्राका लागि चर्चित हुन् । नेपाली पर्यटन व्यवसाय ट्रेकिङले धानिएको छ । सन् १९९९ मा बुलेट राइडर्सको भेलाले क्लब बनाउने निर्णय गर्‍यो । सन् २००० मा रोयल इन्फिल्डर्स क्लब जन्मियो । बुलेट राइडर्स एकबद्ध भएपछि सप्ताहन्त र बिदाको दिनमा एडभेन्चर टुरमा निस्किन थाले । बुलेट राइडर्स थपिँदै गए, क्लब पनि बढ्दै जान थाले । अरू ब्रान्डका एडभेन्चर बाइक पनि भित्रिन थाल्यो । अफरोडमा बाइक कुदाएर रमाइलो गर्ने युवाको जमात बढ्दै गएको छ । अहिले अफरोड बाइकिङ युवाबीच संस्कृति नै बनिसकेको छ । एडभेन्चर राइडिङका लागि नेपाल उपयुक्त मुलुक हो । एडभेन्चर राइडिङका लागि चर्चित मुस्ताङ र मनाङ हुन् । पोखरा, सौराहा, सिन्धुलीको बीपी राजमार्ग, सिन्धुपाल्चोक (सुकुटे), कालिञ्चोक, जुम्ला, रारालगायतका ठाउँ राइडरको रोजाइमा पर्छन् । छोटो रुट खोज्नेहरू नुवाकोट, धुलिखेल, नगरकोट, चित्लाङ, दामन, शिवपुरी, बर्दिबास, भोटेकोसीको किनार सुकुटेतिर लाग्छन् । छिमेकी मुलुक भारत, भुटान, तिब्बतसम्म क्रसबोर्डर साहसिक टुर पनि हुन्छ । चितवन र बर्दियामा सफारी चम्किएको छ । हात्ती र जिपबाट जंगलमा घुमफिर गर्दै पशुपक्षी अवलोकन गर्न धेरै पर्यटक आउँछन् । जंगल सफारीकै कारण सौराहा मुलुकको तेस्रो महत्ववपूर्ण पर्यटकीय गन्तव्यमा दरिँदै आएको छ । अग्ला झरनामा गरिने क्यानोनिङ र पहाडमा गरिने रक क्लाइम्बिङ पनि उत्तिकै मनोरञ्जनात्मक गतिविधि हुन् । नेपालका विभिन्न ठाउँमा क्यानोनिङ र क्लाइम्बिङ गराइन्छ । यस्तै साइक्लिङ, हाइकिङ, केबुलकार, रिभर हाइक, हन्टिङमा पनि नेपाल चर्चित छ । काठमाडौंको ट्राफिक जाममा बाइक÷कार चलाउँदा पनि एडभेन्चर फिल हुन्छ । पर्यटकलाई पहाडी भेगमा ड्राइभिङ गर्दा पनि एडभेन्चर महसुस हुन्छ । नेपालको हिमाली भेगमा स्की खेलको प्रशस्त सम्भवना छ । तर, अहिलेसम्म पहिचान गर्न पनि सकिएको छैन । विदेशमा स्की निकै चर्चित छ । स्की खेलको विकास गरेर पर्यटक आकर्षित गर्न स्की तथा स्नो बोर्डिङ प्रतिष्ठानले पहल सुरु गरेको हो । स्की खर्चालु पर्यटक भित्र्याउने बलियो माध्यम पनि हुनेछ । अस्पष्ट नीति नेपालमा साहसिक पर्यटनको प्रवद्र्धनमा बाधक सरकारी नीति रहेको विज्ञ बताउँछन् । सरकारी नीति उदार नभएसम्म साहसिक पर्यटनको विकास सम्भव नहुने ठोकुवा छ । नेपालमा साहसिक पर्यटनको प्रवद्र्धन विदेशीले गरे । अस्पष्ट नीतिकै कारण उनीहरूले नै व्यवसायबाट हात धुनु परेको तीतो यथार्थ छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको टाइगर टप्सलाई उदाहरणका रूपमा लिन सकिन्छ । केही सीमित व्यवसायी÷व्यक्तिको दबाबमा टाइगर टप्स बन्द गरियो । टाइगर टप्स बन्द भएपछि धनाढ्य र कुलीन खानदानी पर्यटक आउन रोकिएको छ । विश्वका चर्चित सेलिब्रेटी र विशिष्ट पाहुना टाइगर टप्समा धेरै आउने गर्थे । ब्रिटिस रोयल फेमिली धेरै आउँथे । टाइगर टप्स विश्वका हाइप्रोफाइल र धनाढ्यको जक्सन हुन्थ्यो । नेपालले साहसिक पर्यटनमा गर्व गर्नलायक प्रगति गर्न सकेको छैन । साहसिक पर्यटन ब्रुमिङ गराउन विदेशी लगानीकर्ता भित्र्याउन विज्ञ सुझाउँछन् । विदेशीसँग प्रोडक्ट डेभलप गर्ने क्षमता, पुँजी र बजारको पहुँच पनि हुन्छ । यसैले अनुभवी विदेशी कम्पनी नेपाल भित्र्याउनुपर्ने देखिन्छ । तर, यसका लागि नीतिगत सुधार आवश्यक छ ।

http://annapurnapost.com