parijat

पारिजातको जीवनी | Parijat ko jiwani in Nepali

पारिजातको जीवनी

पारिजातको जन्म दार्जी्लिंगको लिंगीय चिया कमानमा ब.सं. १९९४ बैशाख महिनामा भएकोथियो्रउनको पिताका नाम के.एन. वाईबा चिकित्सक थिए ्र माता अमृत मोक्तानको गर्भबाट उनको जन्म भएकोथियो्र उनको न्वारनको नाम विष्णुकुमारी वाईबा थियो भने लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएकी थिए्र उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन गयो जुन उनले आफैले रोजेकी थिइन्र उनका असंख्य कृतिहरुले जिवन्त सुभास दिएर यस नामलाई सार्थक पारेका छन््र परम्भिक पढाई दर्गककलिङ्ग्मै हासिल गरी २०११ सालमा काठमाडौँ भित्रिएकी पारिजातले पदमकन्या विद्याश्रमबाट एस.एल.सी. र पदमकन्या कलेजबाट बी.ए. सम्मको पढाई हासिल गरिन्रअंग्रेजी बिषयमा एम.ए. गर्ने इच्छाले त्रिभुवन विश्वविध्यालय कलेजमा उनी भर्ना त भईन तारा शारीरिक असक्तता र लेखन कार्यमा बिशेष सक्रिय भएको कारणले उनको इच्छा अधुरै रह्यो्रदर्शनसाश्त्र र साहित्य बिषयक ग्रन्थहरु खोजीखोजी पढ्ने उनको बानी थियो्रपारिजात एक सनगर्स्सिल नारी थिइन ्रबाल्यावस्थामै आमाको मृत्यु भएकाले मात्रिस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले अनुभवसम्म गर्न पाइनन्र त्यसपछि उनले आफ्नो एकमात्र दाजुको वियोगको पीडा पनि खप्नुपर्यो्रपिताको संरछ्यन र रेखदेखमा काठमाडौँमै बसि अध्यनमा लाग्दा उनले विभिन्न अभावहरुसँग जूध्नुपर्यो ्र बी.सं. २०२९ मा पिता को देहावसान भएपछि उनले पित्रिस्नेहबाट पनि बन्चित हुनुपर्यो्र बी.व्बवबज सं. २०१३ मा ’धरती ’ पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्ययात्रा सुरु गरेकी थिइन्र

राजनीतिक यात्रा
वि.सं. २०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्थाविरुद्ध केही सङ्गीतकार र लेखक कविहरूले आफ्नो प्रकारको विद्रोहको स्वर उचाल्न एउटा समूहको निर्माण गरे। त्यो समूहको नाम थियो ’राल्फा’। यस समूहको केन्द्रविन्दुका रूपमा पारिजात रहिन्। यो समूहले आपुना विद्रोहका स्वर देश(विदेशमा जहाँजहाँ उराल्दै हिँड्यो, त्यहाँ(त्यहाँ आफ्नो अशक्त शरीर लिएर पनि गईन्। पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँटमा महत्वपूर्ण कोसेढुङ्गा बन्न पुग्यो।

स्वास्थ्य झनझन् खराब हुँदै गयो । हाड(जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग अल्सर दम पनि थपिएर बाँच्न मुस्किल पारिदिए। यी रोगहरूबाट मुक्ति पाउन उनी वि.सं. २०२६, वि.सं. २०२९, वि.सं. २०३० र वि.सं. २०३१ सालमा पटक(पटक गरी भारतमा उपचारार्थ गईन्। स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उनले आपुनो मनलाई सम्हालिन् र आफूलाई साहित्यबाट मात्र नभई वैचारिकरूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिई वि.सं. २०३४ सालमा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशनको सदस्यता लिईन्। उनी शारीरिक पीडाको कुनै वास्ता नगरी महिला मुक्तिको कार्यमा सक्रिय हुनुका साथै अखिल नेपाल महिला सङ्घको अध्यक्ष बनी भूमिगत कार्यमा सक्रिय भईन्। पारिजात वि.सं. २०३५र२०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय भईन्। वि.सं. २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाको लागि पनि उनको सक्रिय भूमिका रह्यो।

गीत सङ्गीतमा उनको ठूलो लगाव थियो । वेदना सांस्कृतिक समूहसँगै र पछि इसाससँगै पटक-पटक गरी भारतका विभिन्न प्रान्तहरू लगायत स्वदेश र विदेशमा उनले भ्रमण गरिन्। उनी इन्द्रेणी सांस्कृतिक समाजको इसासको मानार्थ अध्यक्ष थिइन्।

वि.सं. २०४६ सालको जनआन्दोलनमा ज्यानको कुनै पर्वाह नगरी उनी सडकमा ओर्लिइन्। विभिन्न क्रियाकलापद्वारा जनआन्दोलनलाई सफल पार्न क्रियाशील रहिन्। वि.सं. २०४६ साल चैत्र ३ गतेको लेखक तथा कवि कलाकारको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात सबभन्दा अघिल्लो पङ्क्तिमा बसी कालोपट्टि बाँधी विरोध पदर्शन गर्ने कार्यलाई सफल पार्न सहभागी भइन्। प्रजातन्त्रको पुनर्वहालीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई प्रजातन्त्रिकरण गर्नुपर्दछ भन्ने माग राखी सङ्घर्षमा ओर्लेको ’प्राज्ञिक सङ्घर्ष समिति’को संयोजक भइन्। प्राज्ञहरूको माग पूरा गराउन भरमग्दुर प्रयास गरिन्। पारिजात विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थासँग पनि संलग्न भइन्। उनी नेपाल मावनअधिकार सङ्गठनको उपाध्यक्ष अखिल नेपाल महिला माचको संस्थापक अध्यक्ष बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष तथा त्रि.वि.सभाको सदस्य रहिन्। अन्तराष्ट्रिय सङ्घ(संस्थाहरूमा इगत च्ष्नजत क्ष्लतभचलबतष्यलब,ि ँझष्लष्कत ब्ककयअष्बतष्यल, क्यअष्भतथ ायच ध्यmभल न्भयनचबउजभच, ब्mलभकतथ क्ष्लतभचलबतष्यलब िआदिसँग सम्बन्धित थिइन्।

उनले मदन पुरस्कार गङ्की पुरस्कार र पाण्डुलिपि पुरस्कार पाइन्। उनलाई ’जनमत’ र ’नेपाल तामाङ घेदुङ सङ्घ’द्वारा अभिनन्दित गरिएको थियो। पारिजातद्वारा लिखित पुस्तक ’शिरिषको फूल’को अङ्ग्रेजी अनुवाद द्यगिभ ःष्mयकब लाई अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीको पाठ्यक्रममा पनि राखियो। उनलाई मनपर्ने रङ्ग हरियो, मनपर्ने ऋतु वर्षा, मनपर्ने फूल गुराँस र मनपर्ने खानाः छोइला, मम, सुख्खा रोटी, काभ्रो, चिण्डो, टमाटर र कोइरालो थिए । उनको निधन लामो समयसम्मको पुरानो व्यथाले २०५० साल वैशाख ५ गते बिहान ४ बजे वीर अस्पतालको विशेष उपचार कक्षमा भयो।

पारिजातका प्रकाशित कृतिहरू

आकांक्षा(कविता संग्रह, २०१४),
शिरीषको फूल (उपन्यास, २०२२),
महत्ताहीन (उपन्यास,२०२५),
आदिम देश (कथासंग्रह, २०२५),
बैँसको मान्छे (उपन्यास, २०२९),
तोरीबारी, बाटा र सपनाहरू (उपन्यास, २०३२),
सडक र प्रतिभा (कथासंग्रह,२०३२),
अन्तर्मुखी (उपन्यास, २०३५),
उसले रोजेको बाटो (उपन्यास,२०३५(’बेदना’ पत्रिकामा प्रकाशित),
पर्खालभित्र र पर्खाबाहिर (उपन्यास,२०३२मा लेखिएको र २०३५मा प्रकाशित),
अनिंदो पहाडसँगै (उपन्यास, २०३९),
साल्गीको बलात्कृत आँसु (कथा संग्रह, २०४३),
धूपी, सल्ला र लालीगुराँसको फेदमा (संस्मरण, २०४३),
पारिजातका कविताहरू (२०४४, ईश्वर बरालद्वारा सम्पादित),
एउटा चित्रमय सुरुवात (संस्मरण, २०४५),
परिभाषित आँखाहरू (उपन्यास, २०४६),
बोनी (उपन्यास, २०४८),
आधी आकाश (महिला मुक्तिसम्बन्धी लेखहरू, २०४८),
बधशाला आउँदा जाँदा (कथासंग्रह, २०४९),
वैशाख वर्तमान (कविता संग्रह, २०५०रमुत्युपछि प्रकाशित),
अध्ययन र संघर्ष (संस्मरण,२०५१रमृत्युपश्चात प्रकाशित)
सुमित (संस्मरण,२०६५रमृत्युपश्चात प्रकाशित)
सम्मान र पुरस्कार
मदन पुरस्कर २०२२

युगज्ञान पुरस्कार २०२७

पाण्डुलिपि पुरस्कार (२०४९ )

गंकी बसुन्धरा पुरस्कार (२०४९ )आदि
नेपाली विकिपिडिया

Stock market ideas in Nepali language