गोलभेडा, बदाम, डार्क चकलेट, ब्लुबेरी जस्ता फूड आइटम खानाले पुरुषहरुमा प्रजनन क्षमता अधिक हुने गर्दछ तर के तपाईहरुलाई थाहा छ, पानीको पनि यसमा महत्वपूर्ण योगदान रहेको छ । पुरुषहरुको प्रजनन क्षमता वृद्धिका लागि पानी पनि उपयोगी हुनसक्छ ।
आजको यस भागदौडको व्यस्त जिन्दगीमा कुनै पनि व्यक्तिसँग यति पनि समय छैन कि ऊ आफ्नो डाइटको ख्याल राखोस् र सही खाना खाओस् । यस्तोमा अन्य शारिरीक समस्याका साथै महिला र पुरुष दुबैमा प्रजनन सम्बन्धि समस्या पनि देखिने गर्दछ ।
प्रजनन क्षमता बढाउनका लागि मानिसहरु के के मात्र खादैनन र? उनीहरु जाने सुनेका सबै उपाय अपनाउने गर्दछन् । तर सबैलाई थाहा नहुन पनि सक्छ कि, केवल अधिक मात्रामा पानी पिउनाले पनि प्रजनन क्षमतामा वृद्धि हुने गर्दछ ।
पानीले शरिरका कयौं प्रकारका समस्याहरु हटाउनका लागि मद्दत गर्ने गर्दछ । यसका साथै अधिक मात्रामा पानी पिउनाले शरिरका हर्माेन पनि सन्तुलित हुने गर्दछन् ।
तर यहाँ कुरा के छ भने पानी पिउनुको मतलब चिया, कफी वा सफ्ट ड्रिंक पिउनु भने होइन । यसले प्रजनन क्षमतामा कुनै असर पर्दैन । तपाई पानीमा कागती मिसाएर पिउन भने सक्नुहुनेछ । यसका अलावा नुन र चिनी हालेर पिउनाले पनि प्रजनन क्षमता बढ्ने गर्दछ ।
nepaljournal
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks