पलेटी मारेर खाना खादाको फाइदा बुझिराखौ

आधुनिक समयमा हाम्रो जीवनचर्या, खानपान र कार्य गर्ने तरीकामा धेरै नै परिवर्तन आएको छ, अधिकांश मानिसहरू डायनिंग टेवलमा तथा सैनिकहरू उभिएरै खाना खाने गर्दछन्  ।

Nepali typing

जबकि पहिले पहिले मानिसहरू जमीनमा आसन जमाएर खाना खाने गर्दथे प्राचिन कालदेखि नै जमीनमा बसेर खाना खाने परम्परा चलिआएको छ मेच आदिमा बसेर खाना खानाले स्वास्थ्यसम्बन्धि कयौं समस्याहरू हामि आफै निम्त्याइरहेका हुन्छौं  । जो मानिस जमीनमा बसेर खान खान्छ । उसलाई सामान्य बिरामीले चिन्ता दिन सक्दैन जमीनमा बसेर खाना खाँदा हामी एक विशेष योगासनमा हुन्छौं ।
जसलाई सुखासन भनिन्छ योग शास्त्रका अनुसार पद्मासन तथा सुखासनबाट हामि एकै किसिमको स्वास्थ्यलाभ प्राप्त गर्दछौं टेवलमा मेचमा बसेर वा उभिएर खाना खाँदा भन्दा जमीनमा बसेर खाना खाँदा हामि राम्रोसंग खान सक्छौं  शरीरमा कुनै प्रकारको अनावस्यक भार पर्दैन पाचन प्रणाली सुव्यवस्थित रहन्छ तथा भोजन पचाउन पनि सजिलो हुन्छ । सुखासनामा बसेर खाना खाँदा मनको एकाग्रता बढ्छ र अनावश्यक मोटोपन,अपच, कब्जीयत,एसिडिटी जस्ता पेटसम्बन्धि रोगहरूबाट पनि बच्न सकिन्छ ।

सुखासनामा बस्दा पुरै शरीरमा रक्तसंचार समान ढंगले हुन्छ ।जसबाट शरीरलाई अधिक ऊर्जा प्राप्त हुन्छ जसबाट हामी कुनै पनि कार्य गर्दा कुशलतापूर्वक सम्पन्न गर्न सक्छौं । सुखासनले पौरुष शक्तिलाई बढाउन मदत गर्छ सुखासनमा बसेर खाना खाँदा मानसिक तनाव कम हुन्छ र सकारात्मक विचारको वृद्धि हुन्छ यस आसनले हाम्रो छाती र  खुट्टाको कसरत पनि हुन्छ ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks