coffee beans

पर्वते कफीको बजार कोरियादेखि अमेरिकासम्म

पर्वत । पहाडी जिल्ला पर्वतमा उत्पादन भएको अर्गानिक कफी अमेरिका र कोरियासम्म विक्री हुन थालेको छ । नेपालकै उत्कृष्ट कफीको परिचय कमाएको पर्वतको कफी स्वादकै कारण विदेशमा समेत माग हुने गरेको हो । जिल्ला कफी सहकारी सङ्घले पर्वतको कफी अमेरिका र कोरिया पठाउने गरेको छ ।

जिल्ला कफी व्यवसायी सङ्घका अध्यक्ष भवानीप्रसाद शर्माका अनुसार वार्षिक रूपमा ५ देखि ६ टनसम्म कफी विदेशमा विक्री हुने गरेको छ । ‘यहाँ फिल्ड भिजिटमा आएका त्यहाँका व्यापारीले यहाँको कफी लगेर ल्याब टेष्ट गरेछन्’, अध्यक्ष शर्माले भने, ‘स्वाद र गुणस्तरमा उत्कृष्ट भएपछि अहिले आफैं मगाउन थाले ।’ उनले भने,‘हामीले कण्ट्र्याक्टमा पठाउने गरेका छौँ ।’

Learn English - Dew Meaning in English to Nepali below

अमेरिका र कोरियामा कफीका पारखी धेरै हुने गरेका छन् । विशेष गरेर क्याफे सञ्चालकहरूले सिधै कण्ट्याक्ट गरे माग गर्ने गरेको शर्माले जानकारी दिए । जिल्लाका व्यावसायिक कृषकहरू विदेशसम्म व्यापार विस्तार भएकोमा हौसिएका छन् । पर्वतका विभिन्न ठाउँमा गरेर वार्षिक २१ टन तयारी कफी उत्पादन हुने गरेको छ । website designing

जिल्लामा अहिले एक जिल्ला कफी व्यवसायी सङ्घ, एक जिल्ला कफी सहकारी सङ्घ, १७ प्रारम्भिक कफी सहकारी संस्था, ७० कफी उत्पादन समूह र ४० महिला आयआर्जन समूहमा २ हजार ७ सय कृषक प्रत्यक्ष रूपमा कफी खेतीमा संलग्न छन् ।

सदरमुकाममा रहेको जिल्ला कफी व्यवसायी सङ्घले कृषकहरूसँग खरीद गरेर कफीको प्रशोधन र प्याकेजिङ गर्ने गरेको छ । जिल्ला कफी सहकारी सङ्घले कृषकहरूसँग खरीद गर्ने र बजारीकरण पनि गर्ने भएपछि कृषकहरूलाई सहज भएको कुर्घाका बुद्धिप्रसाद पौडेलले बताए । पौडेलले भने, ‘हामीले उत्पादन गर्छौं सङ्घले यहीँ आएर खरीद गरेर लैजान्छ, यसले सहज भएको छ ।’

पार्चमेण्ट कफीको मूल्य प्रतिकिलो ५ सयदेखि ५ सय ५० रहेको छ भने चेरीको ८० रुपैयाँ रहेको छ । जिल्ला कफी सहकारी सङ्घले आफैं कफीका बिरुवा उत्पादन गर्ने गरेको छ । तीनओटा नर्सरीमा यो वर्ष बिरुवा उत्पादन भइरहेको जिल्ला सहकारी सङ्घले बताएको छ । तीनओटा नर्सरीमा १ लाख २० हजार बिरुवा रोपिएको छ ।

बिरुवा जिल्लाभित्रै र बाहिरी जिल्ला बागलुङ, म्याग्दी, कास्की, लमजुङ, स्याङ्जा र धादिङका बढी मात्रामा विक्री हुने गरेको जिल्ला सहकारीका सञ्चालक समीक्षा शर्माले बताइन् । जिल्ला कफीको बिरुवामा आत्मनिर्भर रहेको उनले बताइन् ।

abhiyan