पर्यटन व्यवसायले फूलाएको कमलको जीवन

रामप्रसाद सापकोटा उर्फ कमल । उनी धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने बिकट गाउँ ज्यामरूङमा जन्मिए । एसएलसी दिने समयमा पैसा नभएर उनले खर्च जुटाउन १५ सयको पसल खोले, त्यहाँबाट पनि पार लागेन । पोखराको चिप्लेढुङ्गा वरपर नाम्लो हातमा लिएर भारी बोक्न हिडिरहन्थे ।

एसएलसी पास भए । काठमाडौं गएर पढ्ने रहर उनमा पनि जाग्यो । त्यसपछि हानिए काठमाडौं । सुरुवाती चरणमा क्षेत्रपाटीको एक होटलमा भाँडा माझ्ने काम गरे करिब ४ महिनासम्म । पछि गाउँदेखि काठमाडौं ल्याएका बिष्णु धरेलले पर्यटकको भारी बोक्ने काम लगाईदिए । त्यसपछि उनी पर्यटकको भारी बोक्ने पोटर बने ।

Learn English - Dew Meaning in English to Nepali below

भारी बोक्ने पोटरदेखि सुरु भएको उनको जीवनमा समयसँगै पदहरु पनि परिवर्तन हुँदै गए । पोटरपछि उनी शेर्पा बने, पछि गाईड हुँदै अहिले उनी हजारौंलाई काम दिने मालिक बनेका छन् । ठमेलको व्यस्त वजारमा उनको एकलौटी कार्यलय छ, जसको नाम हो माउन्टेन डिलाईटस् ट्रेकस्, माउण्टेन डिलार्इटस्  ट्राभल ।

अहिले उनी पर्यटन व्यवसायसँगै अन्य बिद्यामा पनि हात हालिरहेका छन् । केहि साथीहरूसँग मिलेर केहि समयअघि मात्रै उनले काठमाडाैँ ग्रीन हाेटल खाेलेका छन् ।

व्यवसायी पछि उनी आफूलाई समाजसेवी भन्न रुचाउँछन् । आफूलाई पढ्न समस्या भएकाले आफूले जस्तै अरु बालबालिकाले पढाईदेखि बञ्चित नहुन् भनेर उनले धेरै गरिव परिवारका बिद्यार्थीलाई पढाईदिएका छन् । कतिलाई कापी कलम किनिदिने गरेका छन् । उनले करिव २५० जना बालबालिकालार्इ पढार्इदिएका छन् ।

त्यतिमात्रै होईन, एकल महिलालाई निशुल्क व्यवसायिक तालिमहरु उपलब्ध गराएर पेट पाल्नसक्ने पनि बनाएका छन् । तालिम दिएर त्यतिकै छाडिदिएका छैनन्, उनीहरुले तयार पारेका सामग्रीको उचित बजार प्रवद्र्धन पनि गरिदिएका छन् । उनी आफैले ह्याण्डीक्याफ्ट् सम्बन्धि सामानको बजार व्यवस्थापन समेत गरिदिने गरेकाछन् । अर्डर गरेअनुरुप ह्याण्डीक्याफ्टमा काम हुने गरेको छ ।

एकल महिलालाई तालिम लगायतका काममा कमललाई उनकी श्रीमतीले सहयोग गर्छिन् । दुबैजना मिलेर काम गरेकाले पर्यटन व्यवसाय सफल भएको र बाँकी समयमा समाजसेवा गर्न सकेको उनले बताए । गाउँका धेरै मानिस बिरामी भएर काठमाडौं आउँछन्, उनीहरुले राम्रोसँग कतै चिनेका हुँदैनन् । मेरै भर गरेर आएका बिरामीलाई अस्पताल पु¥याउँदा धेरै समय खर्च हुन्छ हाम्रो कमलले भने, अझ मेरी श्रीमतीको समय त त्यतै बितिरहेको हुन्छ, आज पनि उनी बिरामी पु¥याउन अस्पताल गएकी छन् ।

त्यसो त कमलले एसियाबाट ईन्पायर स्टोरी २०१३ को पुरस्कार पनि जितेका छन् । धेरै देशका व्यवसायीहरूकाे प्रतिस्पर्धादेखि उनले याे पुरस्कार जितेका हुन् । उनीसँगै श्रीलंका र थाईल्याण्ड व्यवसायीले पनि याे पुरस्कार हात पारे ।  पुरस्कार दिने टोलीले कमलको जन्मथलोदेखि सबै ठाउँबाट रिसर्च गरेका थिए । त्यस समयमा ति अनुसन्धानकर्तासँग उनले सहयोग गरेका ठाउँका बासिन्दाले कमललाई भगवान सम्म भनेका कुराहरु त्यस टोलीले बाहिर ल्याएको थियो ।

उनीहरुको मागी बिबाह हो । तर बिबाह अघि नै देखभेट भने भएको रहेछ । बिदाको समयमा अर्को गाउँको स्कुलमा जाँदा देखेको थिए, कहिलेकाहीँ बोलचाल पनि हुन्थ्याे, कमलले भने, साथीको माध्यमले कुरा चल्यो, पछि घरपरिवारको सहमतीमा बिहे भयो उनले भने ।

अहिले उनीहरुको दुई छोरा छन्, हिमाल र पर्वत । पोटरबाट सुरु गरेको कामलाई निरन्तरता दिदाँ करोडौंको मालिक भएका छन् । उनलाई दाम मात्रै होईन पर्यटन व्यवसायले नै नाम पनि दिएको छ । केहिसमयअघि मात्रै उनी गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपालको अध्यक्ष भएका छन् ।
भिटोफ नेपालले बिशेषतः होमस्टेलाई जोड दिएको उनले बताए । होमस्टे धेरै ठाउँमा सञ्चालन भएका छन्, तर उनीहरुलाई होमस्टे के हो थाहा छैन रहेछ, उनले भने होमस्टे संञ्चालकहरु चाउचाउ किनेर पकाएर खुवाउँदा रहेछन्, पक्की घरमा तला थप्दा रहेछन् । त्यो होमस्टे हैन । घरकै मकै भटमास, ढिडो खुवाएर पैसा कमाउने माध्यम होमस्टे हो, पारिवारी माहोल दिनसक्नु होमस्टेको कर्तव्य हो भनेर बुझाउन हामीेले तालिम दिन थालेका छौं । पहिलो चरणको तालिम अन्र्तत हामीले तराईको भादा गाउँमा रहेको होमस्टेलाई तालिम दिईसकेका छौं ।

त्यसैगरी नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न पनि लागिपरेको उनले बताए । पहिलेको कमिटीले नेपाल सरकारअन्तर्गतको पर्यटन बोर्डसँग राम्रो सम्बन्ध वनाउन सकेको रहेनछ, हामीले बोर्डसँगको सम्बन्ध राम्रो बनाउने कोशिस पनि गरिरहेका छौं । बिना सरकार हामीले धेरै काम गर्न सक्दैनौ जस्तो मलाई लाग्छ कमलले भने ।

ग्रामीण प्रवद्र्धन भनेकाले गाउँमा मात्रै फोकस गर्ने होईन, अन्तराष्ट्रिय सम्बन्ध बिस्तार गर्न पनि लागिपरेका छौं उनले गर्विलो आवाजमा भने ।
यसरी जिरो लेवलदेखि आज सफल पर्यटन व्यवसायी बनेका कमल हिजोका दिन सम्झंदा अनौठो मान्दैनन् । बरु आजका दिन उनलाई अनौठो लाग्छ रे । आजभोली पनि पुग्छु पोखराको चिप्लेढङ्गा, खासै अनौठो लाग्दैन उनले भने, त्यो दिनका लागि म पहिल्यै तयार थिएँ तर आज जुन ठाउँमा छु, यो दिनको लागि म पहिले तयार थिईन ।

आजभोली उनी ठुलाठुला होटलमा खाना खान्छन्, महंगो गाडीमा हिड्छन्, बिदेश भ्रमणमा जान्छन्, धेरै बिदेशी साथी बनाएका छन् । यी कुराहरुमा भने कहिलेकाही अचम्म लाग्ने सुनाउन छुटाएनन् उनले ।

http://kharibot.com