पर्यटन प्रवद्र्धनमा मुनलाइट ट्राभल एण्ड टुर : प्रबन्धक निरकुमार श्रेष्ठसँगको अन्तर्वार्ता

निरकुमार श्रेष्ठ मुनलाइट ट्राभल एण्ड टुर एजेन्सीका प्रबन्धक साथै गंगाजल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पनि हुन् । करीब एक बर्षअघि देखि पर्यटन क्षेत्रमा सेवा पुर्याउँदै आएका श्रेष्ठ नेपालमा अधिकांश पर्यटकीय स्थलहरु लुकेर रहेको बताउँछन् । यसको सदुपयोगको लागी हामी आफैँ यस क्षेत्रमा लाग्न आवश्यक रहेको उनको भनाई छ । यसैबीच, पर्यटकीय क्षेत्रसँग सम्बन्धित रहेर उनै श्रेष्ठसँग विजनेस संसार डट कमका लागि सहकर्मी गायत्री नेपालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :

हाल नेपालमा पर्यटन व्यवसायको अवस्था कस्तो छ ? 
पछिल्लो समयमा पर्यटन व्यवसाय बढ्दै गइरहेको छ । भुकम्प नाकाबन्दीको समस्या हुदाँहुँदै पनि विभिन्न किसिमका होटलहरु निर्माण हुने क्रम बढीरहेको र नेपालमा आन्तरीक तथा बाह्य पर्यटक पनि बढीरहेको हुनाले पर्यटन व्यवसाय अझै मजबुत हुँदै गइरहेको छ भन्न सकिन्छ ।

नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायले कस्तो भूमिका निर्वाह गरेको छ ?
नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायको स्थान अग्रप्रंक्तिमा रहेको छ । देश विकासको मुल आधार नै पर्यटन क्षेत्र हो र पर्यटन क्षेत्रलाई अगाडी बढाउने माध्यम भनेको ट्राभल एजेन्सी हो । अन्तराष्ट्रिय स्तरका विकसित मुलुकहरुमा हेर्ने हो भने पनि अर्थतन्त्रको मुल आधार नै पर्यटन व्यवसाय रहेको देखिन्छ । यस क्षेत्रमा राम्रोसँग काम गरेर सेवा पुर्याउन सकेमा यसबाट अत्याधिक लाभ लिन सकिन्छ । यसकारण ट्राभल एजेन्सीलाई देश विकासको मुख्य केन्द्रबिन्दु मान्न सकिन्छ ।

तपाईँ पर्यटन क्षेत्रमा कसरी लाग्नुभयो ?
विदेश जाने क्रममा अरु देशहरुले पर्यटन क्षेत्रमा धेरै विकास गरेर माथि पुगिसके । हामी पनि अगाडी बढ्नुपर्छ । हाम्रो देशमा पनि पर्यटन व्यवसायका लागि प्रशस्त सम्भावना छन् । यसको उपयोग गर्नुपर्छ भन्ने सोचाइले नै म यो क्षेत्रमा लागेँ । नेपालमा आन्तरिक र बाह्य दुवै थरीका पर्यटक भित्राउन सकिन्छ भन्ने लागेर म यस क्षेत्रमा लागेको हो ।

नेपालमा अधिकाँश पर्यटकीय स्थलहरु छन्, यिनिहरुको प्रसार प्रचारमा ट्राभल एजेन्सीहरुको कस्तो भुमिका रहेको छ ?  
यस्ता पर्यटकीय स्थलहरुको प्रचार्प्रसार गर्न ट्राभल एजेन्सीको महत्वपूर्ण हात रहेको छ । यसका लागि मुनलाइट ट्राभल एजेन्सीले पर्यटकीय स्थलहरुको बारेमा प्रत्येक पर्यटकहरु ग्राहकहरु, पसलहरु र घर घरमा ब्रोसरहरु बाडेर, त्यसको बारेमा बताएर, वेव साइट मार्फत प्रसार प्रचार गरीरहेको छ ।

मुनलाइट ट्राभल एण्ड टुर एजेन्सीको बारेमा बताइदिनुस् न । 
मुन लाइट ट्राभल एण्ड टुर ललितपुरको कुमारीपाटीमा अवस्थित छ । २०७३ वैशाख १ गतेबाट सञ्चालन गरिएको यस संस्थाले नेपालका विभिन्न ठाउँहरु देखि लिएर बिदेशमा घुम्न जाने मानिसहरुलाई सेवा पुर्याउँदै आइरहेको छ ।

मुनलाइट ट्राभल एजेन्सीका विशेषताहरु के–के छन् ? भाबी योजना के छन् ?
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा घुम्नका लागि अन्य एजेन्सीभन्दा सस्तो, सुलभ दरमा, पुराना तथा अनुभवी गाइडलाई सँगै पठाएर घुम्न गएको ठाँउको बारेमा बताएर उनीहरुलाई सहयोग पुर्याइरहेको छ । यही नै मुनलाइट ट्राभल एण्ड टुरका प्रमुख विशेषताहरु हुन् । यसबाहेक विदेशीलाई त छँदै नै छ, नेपालीलाई चाँहि पहिले नेपालमै घुम्नका लागि बिशेष प्याकेज ल्याउने योजना बनाइरहेका छौँ ।

खासगरी नेपालका कुन–कुन ठाउँ घुम्न विदेशीहरु यहाँ आउँछन् ? 
विदेशीहरु खासगरी वेस क्याम्प, पोखरा, मनाङ, मुस्ताङ, घलेगाउँ, जोमसोम जस्ता ठाउँ र लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, लगायतका धार्मिक स्थलहरु घुम्नका लागि आउने गर्दछन् ।

नेपालबाट विदेशमा चाँही कुन–कुन ठाउँमा घुम्न जान चाहाने यहाँ आउने गर्छन् ? 
नेपालबाट चाँही खासगरी थाइल्याण्ड,मलेसिया, दुवै, युरोपियन देशहरु घुम्न जान चाहानेहरुलाई पठाइरहेका छौँ ।

पछिल्लो जनेरेसनमा कस्तो उमेर समुहका व्यक्तिहरुले बढी घुम्न रुचाउछन् ? 
प्रायः सबै उमेर समुहका व्यक्तिहरु घुम्न रुचाउछन् ।  खासगरी बाल बच्चाहरु आफ्नो किसिमले अगाडी बढी सकेका उमेरका व्यक्तिहरु घुम्न जाने गरेका छन् ।

विदेश घुम्न चाहाने नेपाली पर्यटकहरुलाई तपाई के भन्नुहुन्छ ? 
विदेशमा भन्दा रमाइलो रमणीय स्वच्छ, हराभरा वातावरण नेपालमै छ । लुकेका तर घुम्न लायक थुप्रै ठाउँहरु छन् । संसारका कुनै पनि मुलुकमा यस्तो ठाउँहरु पाउँन सकिँदैन । सबैभन्दा पहिले हामीले नेपालको आन्तरीक पर्यटनलाई अगाडी बढाउनु जरुरी छ । त्यसैले सबैभन्दा पहिले नेपालमा घुम्नुहोुुस् अनि मात्र विदेश घुम्नुहोस् भन्न चाहान्छु ।

nirkumarविगत केही समय यता पर्यटन क्षेत्रमा कार्यरत हुनुहुन्छ, यस क्षेत्रका मुख्य समस्याहरु के–के पाउनुहुन्छ ? सम्बन्धित निकाय तथा सरकारी निकायबाट कुनै सेवा सुविधाको अपेक्षा राख्नु भएको छ ? 
पर्यटन क्षेत्रका समस्याहरु धेरै रहेका छन् । यसमध्ये बाटो घाटोको समस्या, नेपालबन्द, नाकाबन्दी,  पर्यटकहरु दुर्गम ठाउँमा गएको बेला दुर्घटना हुँदा तुरुन्तै उपचार गर्न समस्या, मौसमको गडबडी लगायतका समस्याहरु मुख्य समस्यको रुपमा रहेका छन् । सरकारी निकायबाट भौतिक पूर्वाधारहरुको निर्माण गरी बाटोघाटोको राम्रो सुविधा र नीतिनियम स्पष्ट होस् भन्ने अपेक्षा राखेको छु ।

यो व्यवसाय सञ्चालनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? 
म यो व्यवसाय सञ्चालनबाट एकदमै सन्तुष्ट छु । आफ्नो देशमा काम गरेर, आफ्नै  देशलाई कर तिरेर अगाडी बढ्नु र व्यवसायिक हिसाबबाट पनि  सफल हुनु भनेको खुसीको कुरा हो त्यसैले म यो व्यवसाय सञ्चालनबाट सन्तुष्ट छु ।

अन्तमा केही भन्न चाहानुहुन्छ कि ? 
खर्च गर्ने हिसाबमा विदेशीभन्दा नेपाली अगाडी रहेका छौँ । त्यसैले खर्च सीमित रुपमा गरौँ, कमाएको १० देखि १५ प्रतिशत रकम चाँही नयाँ–नयाँ ठाँउ घुम्नमा, नयाँ पुस्तकहरु पढ्नमा खर्च गरौँ । नेपालमै धेरै कुराको सम्भावना छ, नेपालमै व्यवसाय गरौँ, नेपालमै भविष्य बनाउन सकिन्छ, विदेश जान पर्दैन भन्न चाहान्छु ।

businesssansar.com