नोकरको घरमा खबर गरिदिनुस न

आफ्नो बावुसंग राति सुतिरहेको एक बालक अचानक तोते बोलीमा भन्न थाल्यो, भोली बुवा, आमा, हजुर मुमासंग पशुपति जाने तर हजुर बुबा भने स्वर्ग जाने । छोराको अनौठो कुरामा छक्क पर्दै उनले छोरालाई लोलाई फकाई सुताए ।
भोली पल्ट बिहान उठ्दा त बावु ओछ्यानमै मरिरहेका रहेछन् ।
त्यस्को लगभग एक महिना पछी एक रात फेरि अचानक त्यो बालकले भन्न थाल्यो, भोली बुवा आमासंग पशुपति जाने तर हजुर मुमा भने स्वर्ग जाने ।
छोराको कु

रा सुनेर बाबुको मनमा चिसो पस्यो । तैपनी उनले छोरालाई लोलाई फकाई सुताए । यो पटक पनि भोली पल्ट उठ्दा त आमा ओच्छयानमा मरीराखेकि रहिछन् ।
यसरी एक महिना बिचमा आफ्नो बावु आमालाई गुमाएको मा सोकाकुल भएका उनलाई आफ्नो बुढेसकालमा जन्मेको छोराको बोलीमा भगवानले बास गरेको रहेछन भन्ने लाग्यो ।
अनि फेरि त्यस्को लगभग एक महिना पछी एक रात त्यो बालक फेरि भट्भटाउन थाल्यो, भोली आमासंग पशुपति जाने तर बुवा भने स्वर्ग जाने । अब भने उनको होस हवास उड्यो । छोराको कुराले उनलाई छटपटी बनायो । उनको कानमा बारम्वार छोराको त्यहि कुरा गुन्जीरहयो । सुतिरहेकी श्रीमतिलाई उठाएर हांलसम्म घटेका कुराहरु बताए । अनि हतार हतार आफूले चिनेको डाक्टरको घर तिर लागे । डाक्टरले राम्रोसंग चेक गरेपछी भने, पिर नगर्नुहोला शरिरको सबै अंगहरु अती नैराम्रो अबस्था छ । तै पनि उनको मन मानेन् । अनि डाक्टरसंग अनुरोध गरि त्यो रात डाक्टरको घरमा नै बिताए । भोली पल्ट उज्यालो भएपछी घर फर्किरहेका उनले टाढैबाट आफ्नो घरमा धेरै मानिसहरुको भिड देखे अनि त्यहि भिडको बिचमा सुक्क सुक्क रोई राखेकि आफ्नी श्रीमतिलाई देखेर टाढैबाट चिच्याए, कालेकि आमा हेर म ज्युउदै छुमलाई केहि भएको छैन । उताबाट रुन्चे स्वरमा श्रीमतिको जवाफ आयो, हजुरले छिटो हाम्रो नोकरको घरमा खबर गरिदिनुस न उ मर्यो भनेर
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks