१. बिहानीको पर्खाइमा बित्दैछन् रातहरु
गन्तव्यमा नपुग्दै छुट्दै छन् साथहरु
खै भाग्यको दोष हो कि परिस्थितिको
दोबाटोमा नै टुट्दै छन् समाएका हातहरु
२. हरेक पल तिमीलाई खुशी देख्न पाउँ
मुटुभरी तिम्रै मात्र नाम लेख्न पाउँ
बाध्यताले टाढा भएँ भौगोलिक दुरीले
मनको नजिक बनि तिम्रा दुख छेक्न पाउँ
३. दिन रात तिम्रो याद, आएर त पिउन थालेँ।
नसोचेको ठुलो धोका, पाएर त पिउन थालेँ।
सुनेको थेँ मर्नुभन्दा बहुलाउनु राम्रो भनी,
तिम्रै कारण आज बहुलाएर त पिउन थालेँ।
४. यी शव्दहरुमा तिम्ले आफूलाई महसुस गर्नु।
जब महसुस गर्नेछौ अनि त्यो दिल खुस गर्नु।
कहिलेकाहीँ मेरो मायामा शंका लाग्यो भने,
छातीकै छेउमा एउटा मुटु छ सोधपुछ गर्नु।
५. फूलका क़ुरा गर्दा तिमिलाई कोप्छ भने म के गरूँ
बतास नचलदै भ्रमको आँधीले छोप्छ भने म के गरूँ
मायामा शंका गरे लंका जलाऊँछ भंछन
अरुसंग बोलेको प्रिय वचनले घोच्छ भने म के गरूँ?
६. भन्ने एउटा गर्ने अर्को तिम्रो पारा छुट्टै छ!
आजभोलि लक्ष्य अनि तिम्रो नारा छुट्टै छ!
म भन्दा पनि राम्रो मान्छे भेटेउ होला र त
बोली वचन व्यवहार तिम्रो सारा छुट्टै छ!
७. नजर नजर मै पिरती गाँसिने
यसरी हो रे मनमुटु साटिने
शङ्काको बाढि मनमा पसेपछि
सुन्दर घरबार यसैयसै नासिने
८. मेरो यो मन भरी छ पिर कति हो कति
हानिरहन्छौ प्रेम को तिर कति हो कति
छुट्टिएर पराइ भएको बर्सो भैसक्यो अब त
तर आँखाभरी तिम्रो तस्बिर कति हो कति !!
९. भएपनि म किनार तिमी नदी प्रेम गर्नेछु
सायद आफुलाई भन्दा बढी प्रेम गर्नेछु
चाहे तिमी घृणाहरुको बर्षात पारेर जाऊ
तिमिलाई सोचेर आफ्नै जिन्दगी प्रेम गर्नेछु
१०. हात खुट्टा मात्रै छन् शीर कहाँ नेर छ
राखेको छु भन्छौ तस्बिर कहाँ नेर छ
तिम्रै सम्झनामा जलेर मर्ने मान्छेको
कुन मुखले सोध्छौ शरीर कहाँ नेर छ
११. केही आँखाहरुले बेवास्ता गरेकै ठीक ।
केही आँखाहरुले आँखा तरेकै ठीक ।
जरुरी छैन हरेक परिचितले ‘ओहो’ भनून् ।
कतिले सामान्य हेराइले ‘ए’ मात्र भनेकै ठिक
१२. यस्तै यस्तै रह्यो प्रेमको बुझाइ पनि।
किनारसम्म न हो छालको दौडाइ पनि।
फेरि सम्झिएँ आफुलाई भएको पीडा,
धोका दिऊँ दिऊँ लागेथ्यो मलाई पनि।
१३. बोलेको छु मिठो वोली पाप छैन जिन्दगीमा
माया प्रिती लाउन कर काप छैन जिन्दगीमा
भिख मागी हीड्दा तिमी मजाक उडाउंथ्यौ
अव आशा मारेको छु स्राप छैन जिन्दगीमा।
१४. ऊ हाँस्दाहाँस्दै रोएको कस्ले देख्यो र
भिजेको सिरानी छोएको कस्ले देख्यो र
रातसङ्गै बातबातमा बिन्ती बिसाउँदा
भिजेका परेली धोएको कस्ले देख्यो र।
१५. समस्याको हल गरेर मात्र हुन्न माया
ढाँटढुट र छल गरेर मात्र हुन्न माया
त्याग हुनुपर्छ अनि समर्पण हुनुपर्छ
गल लाएर बल गरेर मात्र हुन्न माया।
१६. सुरुमा नजरबाटै बोलचाल गरी जान्छन्
चुम्बन गर्छन् सँगै अङ्कमाल गरी जान्छन्
प्रेममा जात भातको कुरा हुन्न भन्नेले नै अक्सर
हैसियत र औकात सवाल गरी जान्छन्
१७. गर्धन माथी खुँडा चलाउ फरक पर्दैन!
मलामि डाक चिता बनाउ फरक पर्दैन!
म तिम्रो नजरमा केवल ज्यूँदो लास हुँ,
निर्धक्क भइ आगो लगाउ फरक पर्दैन!
१८. धोकेबाजहरुको धोका पाएर काम्दै-काम्दै आएँ,
टिलपिलाए परेलिका डिलहरु थाम्दै-थाम्दै आएँ!
प्रेमले आँखा अन्धा र मुटु छिया-छिया भयो,
असह्य पीडा बोकि जिन्दगी छाम्दै-छाम्दै आएँ!
१९. साथ ना रहने से रिश्ते टूटा नहीं करते ,
वक़्त की धुंध से लम्हे टूटा नहीं करते ,
लोग कहते हैं कि मेरा सपना टूट गया,
टूटी नींद है , सपने टूटा नहीं करते
२०. लिख दूँ तो लफज़ तुम हो ,
सोच लूँ तो ख्याल तुम हो ,
माँग लूँ तो मन्नत तुम हो ,
और चाह लूँ तो मोहब्बत भी तुम ही हो।
२१. एकदिन मा पनि कात्रो ओडेर जानेछु
हरेक सम्बन्ध संसारबाट तोडेर जानेछु
जति सताउन सक्छस सता ए जिन्दगि
तलाई एकदिन दुनियाँमा छाडेर जानेछु
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks