बार्षिक करीव ४ करोड कण्डम खपत हुने नेपालमा यसको प्रयोगदर भने ५० प्रतिशत पनि पुगेको छैन । कण्डमको प्रयोगमा देखिएको कमीले एचआईभी एड्स नियन्त्रणमा समस्या आएको विज्ञहरुले औल्याएका छन् । उनीहरुले कण्डमलाई परिबार नियोजनको साधानको रुपमा मात्रै लिदा समस्या आएको दावी गरेका छन । २१ औ राष्ट्रिय कण्डम दिवसको अवसर पारी शुक्रबार स्वास्थ्य सेवा विभाग राष्ट्रिय एडस तथा यौनरोग नियन्त्रण केन्द्रले गरेको कार्यक्रममा सरोकारवालाहरुले कण्डमको दोहोरो सुरक्षाको बारेमा प्रयोगकर्तालाई जानकारी गराउनुपर्नेमा जोड दिए । देशमा रहेका झण्डै ४० हजार एचआईभी संक्रमीत मध्ये ८५ प्रतिशतलाई असुरक्षीत यौनसम्पर्कका कारण संक्रमण भएको भन्दै कण्डमको प्रयोगमा वृद्धि गर्नुपर्नेमा जोड दिए । केन्द्रका निर्देशक डा दीपेन्द्र रमण सिंहले कण्डम परिबार नियोजनको भरपर्र्दो साधन भएपनि एचआईभी तथा यौनरोगको सक्रमण रोक्ने भरपर्दो माध्यम भएको बताए । उनले परिबार नियोजन तथा अनिच्छित गर्भपतन रोक्ने अन्य बैकल्पिक विधि भएपनि एचआईभी तथा यौनरोग रोक्नका लागि कण्डमको विकल्प नभएको बताए । स्पर्स नेपालका सुशील खत्रीले विगतको तुलनामा कण्डमबारे जनचेतना अभिवृद्धि भएको भन्दै प्रयोगदरमा पनि बढेको बताए । गतवर्ष गरेको एक अध्ययनमा नेपालमा कण्डम लगायतका परिबार नियोजनको अन्य साधनहरुको प्रयोग गर्नेको संख्या ४९.६ प्रतिशत रहेको छ । त्यस्तै प्रजनन उमेरका २७ प्रतिशत भन्दा बढी महिलाहरुले परिबार नियोजनको माग अपुग भएको बताएको छ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks