
बि. सं. २०३८ सालमा जनगणना गर्नको लागि IBM-1401 भन्दा द्रुत गति तथा बढि भरपर्दो कम्प्युटर चौथो पुस्ताको ICL 2950/10 नामक कम्प्युटर नेपालमा भियाइयो । यो कम्प्युटर UNDP / UNFPA को सहयोगमा Britain वाट झिकाइएको थियो । जसको मूल्य २० लाख अमेरिकी डलर थियो । यस कम्प्युटरमा ६४ वटा Terminal हरु जडान गरिएका थिए । २० ३८ सालको जनगणना गर्न यस कम्प्युटरलाई १ वर्ष ३ महिना लागेको थियो । यी कम्प्युटरहरु हालसम्म पनि बिघटित राष्ट्रिय कम्प्युटर केन्द्रमै रहेका छन् ।
नेपालमा कम्प्युटरको सहि सञ्चालन गर्न दक्ष जनशक्ति नभएको कारण British सरकारले रष्ट्रिय कम्प्युटर केन्द्रका कर्मचारीहरुलाई कम्प्युटरको तालिमको व्यवस्था ग¥यो र तालिम पछि Graduate, Post Graduate तथा Diploma सरहको Certificate पनि प्रदान ग¥यो । यस समयमा कम्प्युटर सिक्नको लागि नेपालीहरु आफ्नै पैसा खर्च गरी भारत, थाइल्याण्ड, अमेरिका तथा रुसमा
जाने गर्दर्थे । बि. सं. २०३९ सालतिर नेपालमा कम्प्युटर बिक्री बितरण गर्ने कम्पनीहरु स्थापना हुन थाले । यी कम्पनीहरुले व्यक्तिगत प्रयोजनको लागि Microcomputer हरु जस्तै Apple, Sirus, Vector आदि कम्प्युटरहरु नेपालमा भित्राई बिक्री बितरण गर्न थाले । जसले गर्दा कम्प्युटर बिक्री बितरणमा व्यापकता आयो र कम्प्युटर प्रयोगकर्ताहरु पनि बढ्न थाल्यो । हरेक संघसंस्था, बिद्यालय, बिश्वबिद्यालय, निजी तथा सरकारी कार्यालयहरुले कार्यालयका कामहरु छिटो छरितो, शुद्ध तथा भरपर्दो ढङ्गले सुचारु गर्नको लागि कम्प्युटरको प्रयोग गर्न थाले । पहिले देखि चलिआएको Typewriter लाई बिस्थापित गरी अव हरेक कार्यालयले कम्प्युटरको प्रयोग गर्न
थाले । त्यस्तै हरेक कार्यालयमा Typist को सट्टा Computer Operator को माग बढ्न थाल्यो । जुनसुकै कार्यालयमा पनि कम्प्युटर तालिम लिएका व्यक्तिहरुको माग बढ्न थालेपछि जुनसुकै क्षेत्रका व्यक्तिहरु पनि कम्प्युटर तालिम प्रति आकर्षित हुन थाले । फलस्वरुप नेपालमा कम्प्युटर प्रयोगकर्ताहरु दिनप्रतिदिन बढ्न थाल्यो । हाल काठमाण्डौ, ललितपुर र भक्तपुर उपत्यकामा मात्रै झण्डै ७५% भन्दा वढी Microcomputer हरु बिभिन्न बिद्यालय, कलेज, संघसंस्था, निजी तथा सरकारी कार्यालयहरुमा प्रयोग भइरहेका छन् ।
www.souryadaily.com