condom

नेपालमा कण्डमभन्दा परम्परागत विधि अपनाउने दुई गुणा बढी

नेपालमा परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्यामा ह्रास आएको छ। हरेक पाँच वर्षको अन्तरालमा हुँदै आइरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले सन् २०११ को तुलनामा सन् २०१६ मा आधुनिक विधि प्रयोग गर्नेको संख्या घटेको देखाएको हो।

Nepali typing

नेपालका लागि अमेरिकी अनुसन्धान संस्था आइसिएफको प्राविधिक अनुगमनमा न्यु एराले गरेको ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) २०१६’ ले नेपालमा प्रजनन उमेर (१५ देखि ४९ वर्ष) का ४२ दशमलव ८ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको देखाएको छ। सन् २०११ मा ४३ दशमलव २ प्रतिशतले साधन प्रयोग गर्थे।

परिवार नियोजनका आधुनिक विधिमा महिला र पुरुषले गर्ने शल्यक्रिया सहित कण्डम, सुई, पिल्स, इमप्लान्स र आइयुडी पर्छन्। तर, सर्वेक्षण अनुसार परिवार नियोजनको आधुनिक साधन कण्डम प्रयोग गर्नेभन्दा परम्परागत विधि अपनाउनेको संख्या दोब्बरभन्दा पनि बढी छ।

परम्परागत विधि अपनाउने बढे

आधुनिक विधि अन्तर्गत सबैभन्दा बढी कण्डमको चर्चा हुने गर्छ। कण्डमलाई सबैतिर पाइने साधनको रुपमा समेत लिइन्छ। तर सर्वेक्षणमा ४२ दशमलव ८ प्रतिशत आधुनिक साधन प्रयोग गर्नेमा कण्डमको हिस्सा जम्मा ४ दशमलव २ प्रतिशत रहेको छ।

आधुनिक विधि अपनाउनेको संख्यामा ह्रास आएसँगै नेपालमा परम्परागत विधि अपनाउनेको संख्यामा भने वृद्धि भएको छ। परम्परागत विधिमा यौन सम्पर्कका क्रममा वीर्य बाहिर खसाल्ने र महिलाको रजस्वलाको समयलाई ध्यान दिएर यौन सम्पर्क राख्ने पर्छ।

प्रजनन उमेरका ९ दशमलव ८ प्रतिशतले यस्ता विधि अपाउने गरेको सर्वेक्षणले देखाएको छ। जबकि सन् २०११ परम्परागत विधि अपाउने ७ प्रतिशत र सन् २००६ मा ४ प्रतिशत थिए। परम्परागत विधिमध्ये वीर्य बाहिर फाल्ने विधि अपाउने ८ दशमलव ७ प्रतिशत छन् भने रजस्वलाको समय हेरेर सम्पर्क गर्ने एक दशमलव एक प्रतिशत र शून्य दशमलव एक प्रतिशतले भने अन्य विधि अपनाउने गरेका छन्।

घट्दै आधुनिक साधनको प्रयोग दर

परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेको प्रतिशत १० वर्ष अगाडिको भन्दा पनि कम देखिएको छ। सन् २००६ मा पनि नेपालका ४४ दशमलव २ प्रतिशत प्रजनन उमेरका जनताले कुनै न कुनै प्रकारका साधन प्रयोग गर्ने गरेका थिए।

स्वास्थ्य मन्त्रालयले हरेक ५ वर्षको अवधिमा जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक गर्ने गरेको छ।
सर्वेक्षणको प्रतिवेदन अनुसार सबैभन्दा बढी प्रदेश ३ का नागरिकले परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने गरेका छन्। सबैभन्दा कम भने प्रदेश ४ का नागरिकले प्रयोग गर्छन्।

आधुनिक विधि अपाउने कति?

सर्वेक्षण अनुसार परिवार नियोजनका आधुनिक विधि अन्तर्गत सबैभन्दा बढी महिलाहरुले स्थायी बन्ध्याकरण गराउने गरेका छन्। स्थायी बन्ध्याकरण गराउने १४ दशमलव ७ प्रतिशत रहेको छ। त्यसपछि क्रमश: महिलाहरुलाई लगाइने सुई ८ दशमलव ९, पुरुष स्थायी बन्ध्याकरण ५ दशमलव ५, पिल्स ४ दशमलव ६, पुरुष कण्डम ४ दशमलव २, इम्प्लान्ट ३ दमशलव ३, आइयुडी १ दशमलव ४ र अन्यमा शून्य दशमलव १ प्रतिशत रहेको छ।

यस्तै, परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्नेको संख्या घट्नुमा गर्भपतन र विदेशमा काम गर्न जाने पुरुषहरुको संख्यामा वृद्धि भएकाले हुन सक्ने अनुमान गरिएको छ।

दुई वर्षअघिको लक्ष्य अपुरो

नेपालले परिवार नियोजका साधनको प्रयोगलाई बढाउँदै सन् २०१५ भित्रमा ६७ प्रतिशत जनताले कुनै न कुनै प्रकारका परिवार नियोजनाका साधन प्रयोग गरिसक्ने लक्ष्य लिएको थियो। तर, उक्त लक्ष्य भने अझै पूरा हुन सकेको छैन।

सर्वेक्षण अनुसार आधुनिक र परम्परागत गरी अहिले नेपालका ५२ दशमलव ६ प्रतिशतले मात्र परिवार नियोजनका विधि अपाउने गरेका छन्।

swasthyakhabar

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks