कम्पनी स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताबाट पैसा उठाउने व्यवस्थित र आधिकारीक प्रक्रिया नै सेयर (stock) हो । सेयरलाई नेपालीमा धितोपत्र (dhitopatra) पनि भनिन्छ । कुनै पनि कम्पनीको सेयर लिनु भनेको त्यो कम्पनीको स्वामित्व र जोखिम दुबै लिनु हो । यसो गर्दा कम्पनीको केहि हिस्साको मालिक आफू पनि बन्न सकिन्छ र कम्पनीको मुनाफाको आधारमा लाभांश प्राप्त सकिन्छ यदी कम्पनी नाफामा गएको खण्डमा ।
सेयर किनबेच हुने बजारलाई सेयर बजार भनिन्छ । तपाईले किन्नु भएको सेयर तपाईलाई बिक्री गर्न मन लाग्यो भने सेयर बजारमा सजिलै बेच्न सकिन्छ। कम्पनीहरुले कमाउन थालेभने सेयर मूल्य पनि माथि जान्छ र तेस्तै गरी अर्थतन्त्रमा, कम्पनीहरुमा समस्या देखिए भने सेयर मूल्य खस्किन्छ । सेयर बजारको सम्बन्ध देशको अर्थतन्त्रसँग जोडिएको हुन्छ र सेयर बजारलाई अर्थतन्त्र नाप्ने ब्यारोमिटर पनि भनिन्छ ।
पृष्ठभूमी – सेयर बजार नेपाल
नेपालमा वि.सं १९९३ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सेयर जारी गरेबाट सेयर निष्काउन गरी सर्वसाधारणबाट पुँजी संकलन गर्ने काम सुरु भएको हो र कम्पनी ऐन, २०२१ अन्तरगत २०३३ असार २२ गते सेक्युरिटी खरिद विक्री केन्द्रको स्थापना भयो । यो केन्द्र धितोपत्र कारोबार ऐन (पहिलो शंसोधन ) २०४९ अनुसार २०५० साल जेठ १३ गते नेपाल स्टक एक्सचेन्ज – नेप्से (Nepal stock exchange – NEPSE) लिमिटेडमा परिणत भयो । यसपछि मात्र सेयर बजारको संगठनात्मक विकास र औपचारिक रुपमा दोस्रो बजारको कारोबार शुरु भयो । नेपालमा स्टक एक्सचेन्जमा परिणत हुनुभन्दा अघी धितोपत्र बजार सम्बन्धी सम्पुर्ण काम सेक्युरिटी खरिद विक्री केन्द्र आफैंले गर्दै आएको थियो ।
सेयरमा लगानी गर्ने दुई तरिका छन् :
प्राथमिक बजार
दोस्रो बजार
प्राथमिक बजार भनेको के हो ?
पहिलो पटक निष्कासन गरिएका सेयरहरुको बिक्री हुने बजारलाई प्राथमिक बजार भनिन्छ। यहाँ आईपीओ (initial public offering – IPO) जारी गरिन्छ। प्राथमिक बजारलाई प्राइमरी मार्केट (primary market) पनि भनिन्छ। यस बजारमा दोस्रो बजारको तुलनामा जोखिम कम हुन्छ।
दोस्रो बजार भनेको के हो ?
दोस्रो बजारलाई सेकेण्डरी मार्केट (secondary market) पनि भनिन्छ र प्राय जसो सेयर कारोबार बदी हुने भनेको दोस्रो बजारमा नै हो। प्राथमिक बजारमा निष्कासन गरिएको सेयर (आईपीओ) किनबेच गर्ने बजारलाई नै दोस्रो बजार भनिन्छ ।
Nepal share market
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks