land painting

नुन नछरेको खेतको कथा

म सानो छँदा मेरी हजुर आम़ासँग बेसीको गोठमा गइरहन्थे।  हाम्रो गाऊ पहाडको एक पाटामा त बेसी अर्को पाटामा पर्थ्यो।

हाम्रो गाउँ भएको पाटामा घना बस्ती थियो खेत खासै थिएन अलि अलि बारीमात्रै हुन्थ्यो खेत भने अर्को पाटामा छ, जुन फेवातालको छेउमा पर्छ।  त्यही खेतमा हाम्रो एउटा गोठ थियो, त्यहाँ भैसी गोरुहरू हुन्थे।  अनि हामी दिउसो घरबाट बस्तु र आफुलाई खाने खर्च लियर जाने गर्थ्यौ।  गोरु भैसीहरू बिहानै फुकाइएका हुन्थे, उनीहरु पर परसम्म चर्न जान्थे।  हामी खेतमा पुग्थ्यौ अनि गोबर सोहोरेर फालेर फेरि ओच्छाउनका लागि पत्कर सोहोर्न जान्थ्यौ।

भाडा लिएर अफ्टेरो ठाउँमा गएर पानी ल्याउनु पर्थ्यो।  पानि ल्याए पछि भैसी लाइ दुहुने घासकाट्नु पर्थ्यो , बडहर, पाखुरी,काउरो भैसी ले जेमा दुध दिन्छ  त्यहि घासको व्यवस्था गर्नुपर्ने।  अनि साझ पर्ने बेला पशु खोज्न जानु पर्थ्यो।  मलाई अहिले सोच्दा पनि अचम्म लाग्छ हरेक पशुका आफ्ना आफ्ना नाम हुन्थे त्यसको नाम लिएर बोलाए पछि ती जहाँ भए पनि आइहाल्थेमानौ कि तिनीहरुलेमानिसको भाषा राम्ररी बुझ्छन्।

पशुहरू आए पछि तिनलाई आ आफ्ना ठाउँमा बाधेर भैसी दुहुनु पर्थ्यो । भैसी दुहुए पछि दुध ततायर, खाना खाइओरि, वस्तुलाई घास, पराल दियर हामी सुत्थेउ। भोलि बिहानै उठेर गोबर फालेर, दुध दुहेर ,पशुहरू फुकाएर हामी फेरि गाउँतिर उक्लिन्थ्यौ। यो त्यहाँको जीवन शैलीको एउटा नमुना थियो, त्यहाँ हाम्रोमात्रै हैन प्राय सबै गाउलेको खेत अनि गोठ हुन्थ्यो, सबैको जीवन अनि गुजारा त्यसरी नै चल्थ्यो।

त्यो सव मानिसहरु रहरले गर्दैनथे, जीवन जिउनका लागि पेट भर्नु पर्थ्यो, गुजारा गर्ने बाटो भनेकै खेतिपातिमात्रै थियो।  हाम्रो गाउँ र बेसी अलिक टाढा थियो, त्यो खेतलाई मलिलो बनाउन ,धेरै धान फलाउन गोबर र मल चाहिन्थ्यो त्यो गाउबाट बोकेर लैजान सहज थिएन अर्को कुरा बेसीमा घास दाउरा अनि पानीको समस्या हुदैनथ्यो, त्यहाँकोमाटो मलिलो भय पनि टाढा  भयकाकारण धान खेतिमात्रै लगाउने चलन हुन्थ्यो, एउटामात्रै खेति फलाउनका लागि त्यहाका मानिसले ठूलो मेहनत र मूल्य चुकाउन बाध्य थिए, हजुर बा जिजु बाजे का पाला देखिनै थाहा छैन कति पुस्ताले आफ्नो सारा जिन्दगी त्यही उकाली ओराली अनि गाउँ बेसी गर्दै बिताए।

बेसीमा हाम्रो एउटा ठूलो गोठ थियो त्यहाँ ३,४ ओटासम्म पशु अट्थे, बिचमा पाटेसन थियो एकापट्टी पशुहरू बाधिन्थे भने अर्को पट्टि हाम्रो खाना पकाउने चुलो अनि काठको मुधुस थियो, हाम्रो सुत्ने ओच्छ्यान भने गोठमाथि काठ तेर्साएर बनाइएको हुन्थ्यो। गोठहरु प्राय स्याउला वा खरले छाइयका हुन्थे।

वर्षको एक पटक मर्मत वा धुरी छाउनेकाम गर्नुपर्थ्यो। गोठका अगाडि पछाडि तरकारी, पिडालु, अधुवा,बेसार सबै चिज लगाइयका हुन्थे।  मंङ्सिर  १ गतेबाट वैसाख ३० गतेसम्ममात्र गोठ बेसीमा राख्न पाइन्थ्यो त्यस पछाडि भने धानको बिउ राख्नुपर्ने भएकाले पशुले खाइदिने कारण फेरि गाउँ नै उकाल्नु पर्थ्यो।

पशुहरू गाउमा लागे पछि भने रोपाईको चटारो सुरु हुन्थ्यो।  ब्याड राख्ने , बाजो जोत्ने, खन्नेकाम सकिय पछि रोपाइँ सुरु हुन्थ्यो।  प्राय जेठ महिनाको अन्तिम साताबाट रोपाई सुरु हुन्थ्यो।

खेत रोप्न सहज होस् भनेरमानिसहरू परेली लगाउथे ,कोहि घरबाट रोपार, कोही घरबाट खेताला, कोही घरबाट गोरु महिनै भरि हिड्थे।  प्राय जसो २५ /३० दिनसम्मको बालि हुन्थ्यो , एक  जना हलि लगाउने चलन थियो , बालि हेरी त्यो हलि ले ५ देखि १० मुरीसम्म मुजुरी लिन्थ्यो भने हलो जुवा, हल्लुड़ो चाहिने सबै सामान ठिक पार्ने जिम्मा त्यहि हलि दाइको हुने गर्थ्यो , खेत र त्यो घरबाट निस्कनेमान्छेको अनुपात मिलायर हलिलाई मुजुरी दिइन्थ्यो , दिन भरि जोते पछि बेलुका घर जाने बेला हलिलाई खर्च भन्दै  नुन, चामल , तरकारी दिनु पर्थ्यो।

असारको मध्य समयमा किसानलाई सास फेर्ने फुर्सदसम्म हुदैन , कुनै पनि दिन नबिराई बिहान देखि बेलुका आखा देख्ने बेलासम्म रोपाई चल्थ्यो , फाट भरि जता हेर्यो त्यतै रोपाई, जता हेर्यो त्यतैमान्छे नैमान्छे।  बेलुका घर फर्कने बेला रोपारहरूको ताती जन्ती जस्तै देखिन्थ्यो।  प्राय जसो सबै सगै घर फर्कन्थे।  सिम खेत र पानी लाग्ने खेतहरू पहिले नै रोपिन्थे भने टारीटुक्रा खेत पछाडी रोपिन्थे।  कसको खेत पहिले रोप्ने कसले चाडो खन्ने,कसले चाडो रोप्ने प्रतिष्पर्धा नै चल्थ्यो।

कसको खेत पहिले रोप्ने भनेर अनि पानिको बिषय लाइ लियर कैलेकाही झगडा नै पर्थ्यो।  खेत रोपिसके पछि ति खेतकाकान्लाको घासकाट्ने, खेत गोड्नेकाम हुन्थ्यो।  खेतमा पानि लगाउन ,कुलो मर्मत गर्न , पानि ले भत्काएका गम्खा थुन्न, पहिरो गयो भने उकास्न किसानलाई सधै भ्याई नभ्याई हुन्थ्यो। कार्तिक पहिलो साताबाट धान थन्काउनेकाम सुरु हुन्थ्यो ,सुरुमा धानकाट्ने , घाममा सुकाउने , तेस्लाई कुनियो लगाउने र अन्तमा दाइँ राख्नेकाम हुन्थ्यो । दाइँको दिनमा धेरै ददेराहरू जम्मा पारिन्थ्यो । खेतबाट घर धेरै टाढा भयकाले धेरै खेप भारी बोक्नु पर्थ्यो।  दाइँ सकिय पछि केहि परालको त्यहि खेतमा टौवा हालिन्थ्यो भने बाकी धान पराल २/४ दिन लगायर भए पनि गाउ मै पुराइन्थ्यो।  कसले धेरै धान बोक्नेको बलियो ददेरा बीच प्रतिष्पर्धा चल्थ्यो।  धान चुटेर रास लगाए पछि त्यो रासमा कति धान होला भनेर बाजी पर्थ्यो।  फेरि मङ्सिर १ आउथ्यो अनि पशुहरू बेसी झारिन्थ्यो , यहि नियम र चक्रमा हाम्रा अग्रज धेरै पुस्ता ले आफ्नो सिंगो जिबन अर्पण गरेर गए , म अभागी हु या भाग्यमानी मैले पनि त्यो जिबनका केहि पाटा देख्ने अनि थोरै भए पनि भोग्ने अवसर पाएको छु।

मेरी हजुर आमा धेरै साहसी र मेहनती महिला हुनुहुन्थ्यो , उहामा  महिला भय पनि पुरुसमा  जस्तै आट र साहस थियो , मेरो हजुर बुबा धेरै पहिले नै बिदेशिनु भयछ , उहाको जिबन विदेश मै बितेछ अनि मृत्यु पनि उतै भएछ ,यता हजुर आमा  जिबन भर त्यहि पुर्खाले देखाएको बाटोमा हिडिरहनु भयो।  हजुर आमा गाउ बेसी गर्न सक्ने बेलासम्म त गर्नु भयो पछाडी उहालाई पनि बुढेसकाल लाग्यो, शक्ति कम हुदै गयो अनिकाम गर्न नसक्ने हुनु भयो।  क्रमस हामीले बेसीमा गोठ लान छाडी दियौ , धानको बिउ राख्न घरबाट नै थोरै मोल लान थाल्यौ ,खेतमा मोल भन्ने कुरा सुन्य भयो , पछिल्ला वर्षहरूमा रासायनिक मल हाल्न थाल्यौ  ,माटोको उर्वरा शक्ति क्रमस रास हुन थाल्यो , धान पनि कम फल्न थाल्यो, खेतमा जानेकाम पुरै बन्द जस्तै भयो, त्यो गोठ पनि जिर्ण हुन थाल्यो ,  एक दुइ पटक त गोठको मर्मत पनि गरियो, पछाडी गोठ ठाउँ ठाउँमा चुहिन थाल्यो , गोठका दलिन,काठ पानी ले मक्किन थाले,काठमा धमिरा लाग्न थाले , अन्तत एक दिन त्यो गोठ ढल्यो , त्यो गोठ आफुमात्रै ढलेन , गोठ सगै सदियौ देखि चलेको खेति प्रणाली र हाम्रा पुर्खा ले बाचेको जिबनको एउटा इतिहास र हिस्सा सधै सधैका लागि ढलेर गयो।

यो कथा मेरी हजुर आमाकोमात्रै कथा  होइन , मेरी हजुर आमा त त्यो पुस्ताकी एउटी  प्रतिनिधि पात्रमात्रै  हुनुहुन्छ।  थाहा छैन यो भन्दा अगाडी यि अनि यस्ता कती पुस्ता गलिसके हाम्रा अग्रज पुस्ताहरूले हामीलाई जे सिकायर गय जे छोडेर गय त्यसमा गर्ब गर्नै पर्छ चाहे हामीले त्यो अनुसरण गरौ या नगरौ।

अहिले युग बदलिएको छ ,मानिसको जिउने र सोच्ने सैलीमा आमुल परिवर्तन आएको छ  एउटा समए यस्तो थियो जुन बेला कृषी बाहेक अरु कुनै जिबन धान्ने ,अर्थ उपार्जन गर्ने अर्को बिकल्प थिएन फलतमानिस कृषी पेसामामात्रै आश्रीत थियो ,मानिसहरू आफ्नो जिन्दगी नै खेती  गरेर बिताउथे। हाम्री हजुर आमाको पुस्ता ले  हाम्रा बाको पुस्तालाई उर्बर भुमी हस्तान्तरण गरे , त्यो पुस्ता अलिकति शिक्षित बन्यो ,खेतीपाती र कृषि भन्दा पनि बाहिर संसार छ भन्ने बुझ्यो अनि क्रमस सहर पस्न थाल्यो, सुख सुबिधाको खोजि गर्दै ब्यबसाय, उधोग धन्दा, बैदेशिक रोजगारीमा जान थाल्यो , क्रमस खेति पातीबाट टाढा हुन थाल्यो ।

बाबु बाजेको जग्गा बाझो छाड्न हुन्न भन्नेमान्यता लेमात्रै खेति गर्न थाल्यो ,गोबर मलको साट्टा रासयनिक मलको अधिक प्रयोग गर्न थाल्यो ,पढ्दै गयौ बुझ्दै गयौ थोरै मेहनत र कम लगनीमा धेरै उत्पादन गर्न अगाडी बढ्यौ अन्ततमाटोको उर्बरा शक्ती घट्दै जान थाल्यो, उत्पादन घट्न थाल्यो, उत्पादन खर्च धेरै र आम्दानी कम हुन थाल्यो, जेनतेन नाफा नै नभए पनि त्यो पुस्ता ले खेति गर्दै गयो ।हाम्रो पुस्ता आइपुग्ने बेलासम्म सबै सौखिन बनिसके, सबैलाई सहर मै केहि गर्ने ,कमाउने अनि सहर मै बस्ने भुत सबार भैसकेको छ ।

मानिस ले आफ्नो जग्गा अरुलाई अधियामा दिन थाले , केहि समय त्यो क्रम चल्यो, पछाडी अधिया रोप्नेमानिस पाउन गारो पर्न थाल्यो , दुइ तिहाइमा दिन थाले, अहिले गाउमाकोहि छैन ,काम गर्न सक्नेमान्छे कि त सहर पसे कि त विदेश भासियाका छन् , गाउमा सहर पस्न नसक्ने र बुढाबुढीमात्रै बाकी छन् , अनि अब कसले खेत रोपिदिने ,मार्सी र बयेरनी धान झुल्ने खेतमा आज तितेपाती ,बनमासा अनि हाडे उनियो ले ढाकिसक्यो।

हामिले दुनिया कहाँ पुगयो त्योमात्रै देख्यौ , हाम्रो परम्परागत खेती प्रणालीका समस्या र यसलाई कसरी आधुनिकिकरन र ब्यबसयिकारण गर्ने ध्यान दिन सकेनौ। आफुले केहि नगरि अरुलाईमात्रै दोश दिने र अरुकोमात्रै मुख ताक्ने सस्कारको बिकास गर्यौ आफ्नो जन्मभुमीको सुन फल्नेमाटोलाई लत्याएर अरबको खाडिमा बलुवा चाल्न तयार भयौ,कोरिया गएरमाइनस २० डिग्रीमा साग टिप्न तयार बन्यौ तर आफ्ना आगनमा उम्रेको पाती उक्काउन गार्होमान्यौ।

नेपालमा रोपाइँको चटारो हुने समय हो  यो , हाम्रा रोपारहरू कतै खडिमा गैची हान्दै होलान , हाम्रा हली दाइहरू बिदेशिका आलिशान महल बनाउन ५६ डिग्रीको तातो घाममा पसिना चुहाउदै होलान। अनि हाम्रा खेत  बाझो नभय के हुन्छ , यही पाराले कहिले बन्छ देश , कहिले हुन्छ बिकास ,कहिले हुन्छ परिवर्तन ?

गाउ घर तिर कसैलाई नराम्रो गाली गर्नु पर्‍यो भने भनिन्छ ,”तेरो घडेरीमा सिस्नु उमरियोस , तेरो  खेतमा नुन छर्न परोस “। जबमाटोमा केही पनी फल्न छाड्छ , उर्बरा शक्ती सुन्य हुन्छ ,अब यो माटोमा केही फल्दैन भन्ने निश्कर्ष निस्कन्छ ,त्यो बेला त्योमाटोमा नुन छरेर छादिन्छ रे यो एउटा पुरानो भनाइ हो, हाम्रोमाटो नुन छरेकोमाटो होईन।

यसमा अझै पनि सुन फलाउन सक्ने सम्भाबना जिबितै छ कुरा सही निती रकानुनकोमात्रै हो। अब सरकारले कृषिमा आधुनिक खेती प्राणाली,उन्नत बिउ ,किसानका समस्या र सरकारले कृषी क्षेत्रमा दिने सहुलियत र अनुदान जस्ता बिषयमा गहन छलफल गरी  किसान मुखीकानुन बनाउनु जरुरी छ। त्यसो गर्न सकेमामात्रै हाम्रा पुर्खा ले सुम्पिएको उर्बर भुमीमा सुन फलाउदै कृषी क्रन्ती गर्न सम्भब छ।

setopati

Stock market ideas in Nepali language