वासिङ्टन (एजेन्सी)– अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले २० वर्षमा पृथ्वीमा भएको परिवर्तनको तस्बिर सार्वजनिक गरेको छ। नासाले सार्वजनिक गरेको तस्बिरले पृथ्वीमा रहेका महाद्वीप र महासागरको बेसिन (पानीले ढाकेको समुद्रको तल्लो भाग) मा यो दुई दशकमा कति परिवर्तन आयो, यसको रहस्यलाई उद्घाटित गरेको छ।
विभिन्न टेक्नोलोजीको सहयोगले अन्तरिक्षबाट खिचिएको तस्बिरबाट वैज्ञानिकलाई विश्वमा रहेको बालीनाली, वन र मत्स्यपालनको निगरानी गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
अन्तरिक्षबाट समुद्रिक जीवको मापत सन् १९७० देखि सुरु गरिएको हो। तर, १९९७ मा सी–व्युइड फिल्ड अफ ब्यु सेन्सर अन्तरिक्षमा प्रक्षेपण गरेपछि मात्र भूमि र सागर दुवै सतहको तस्बिर लिन सुविधा मिलेको हो।
२० वर्षपछि यसै साता सार्वजनिक गरिएको तस्बिरमा पृथ्वीको ऋतु कसरी परिवर्तन भइरहेको छ, यसको जानकारी पाउन सजिलो भएको छ। वैज्ञानिकहरुले आर्कटिकमा हरियाली बढेको बताएको छ। पृथ्वीको वातावरणमा कार्बनडाइअक्साइडको मात्रा बढेको र जलवायु तातिन थालेको छ।
nepallive
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks