सदियौंदेखि नै पिपललाई विभिन्न धर्मालम्बीहरुले पूजा गर्दै आएका छन् । हिन्दू धर्ममा यसलाई विष्णुको अवतारका रुपमा पनि लिने गरिन्छ भने पुरानो वृक्षका रुपमा यसलाई पिपलको आफ्नै पहिचान छ । हिन्दु धर्ममा पिपलको रुखलाई त्रिनिति देवताको रुप मानिन्छ । जरालाई ब्रम्हाको, फेदलाई विष्णुको र पातहरुलाई शिवको अवतार मानिन्छ । सो कारण रुखहरुमा पिपललाई विशेष रुपमा लिने गरिन्छ । गौतम बुद्धले पिपलको रुख मुनी तपस्या गरेर मोक्ष (ज्योति) प्राप्त गरेका हुन् ।
बुद्धले तपस्या गरेको भारतको गयामा रहेको उक्त रुख धेरै पुरानो भएर नष्ट भएता पनि नयाँ रुखले प्रतिस्थापित गरिने गरेको छ । बौद्ध धर्ममा पिपलको ठूलो महत्व रहेको छ । शनिबार पिपलको रुखलाई पुजा गर्नु राम्रो मानिन्छ किनभने शनिबार लक्ष्मीको बास पिपलमा रहने जनविश्वास रहेको छ । पिपलको रुखले विभिन्न वेदहरुको महत्व पनि बोकेको हुन्छ । खासगरि मन्दिर तथा आपपासमा हुने पिपलका अनेक फाईदा तथा महत्व पनि रहेको छ ।
अझ चौतारीका रुपमा पिपललाई अति नै उपयोगी वृक्षका रुपमा लिने गरिन्छ । पिपलको वैज्ञानिक नाम फिकस रिलिगोसा हो । वनस्पतिहरुमा सबैभन्दा धेरै अक्सिजन दिने पनि पिपलको रुख नै हो । रातीको समयमा पनि अक्सिजन प्रदान गर्ने केही मात्र रुख मध्ये पिपल एक हो । पिपलको रुखले धार्मिक महत्वमात्र बोकेको भने होइन यसले मानिसमा रहेको विभिन्न रोगहरुको उपचार पनि गर्न सकिने पनि विज्ञानले पुस्टी गरेको छ ।
हाम्रा पुर्वजहरुको अनुशन्धान गर्दा औषधीय उपयोग गर्ने कुरा पनि विभिन्न अनुसन्धानले बताएको छ । पिपलको औषधीले मुख्यतया जन्डिस र हृदय विकारको उपचारमा अत्यधिक प्रभावकारी हुन्छ । पिपलको रुखमा रहेका कोपिला, हाँगा, पात, जरा आदि सबै औषधि बनाउन प्रयोग हुन्छ । यसबाट बनेका औषधिले ५० भन्दा बढी रोग निको पार्न सकिन्छ ।
दम, मधुमेह, पखाला, छारेरोग, गैस्ट्रिकको समस्या, सुनिंने रोग, सरुवा रोग, यौन विकार, बालतोड्, जठरांत्र, प्रजनन प्रणाली, श्वास प्रणाली र क्यान्सर, हृदय विकार, परजीवी संक्रमण, घाउ निको, एन्टिमाइक्रोबियल, एंटीओक्सीडेंट, रिसेप्टर विकार जस्ता विभिन्न विकारहरु र रोगलाई कम गर्दछ । पिपलको रुख तातो, ओसिलो र घामको किरण पर्ने क्षेत्रमा मात्र हुर्कन्छ ।
hamrodesh
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks