धम्पुसबाट सूर्योदयसँगै माछापुच्छ्रे हेर्दा

काठमाडौंमा अध्ययनरत बुटवलकी रुमना श्रेष्ठ आँखै अगाडि माछापुच्छ्रेसँगैको सूर्योदय देख्दा निकै रोमाञ्चित भइन् । जीवनमै यति मनमोहक दृश्य प्रत्यक्ष रुपमा पहिलोपटक देख्न पाएको उनले अनलाइनखबरसँग सुनाइन् ।

उनलाई लाग्थ्यो कि हिमाललाई आँखै आगाडिबाट हेर्न निकै कष्ट बेहोरेर पैदलयत्रा नै गर्नुपर्छ । तर, उनी धम्पुस पुग्दा त्यो भ्रम हट्यो । गाडी चढेर सजिलै धुम्पस पुगेकी उनले यसलाई ‘आश्चर्यजनक’ भनिन् ।

धम्पुसमा सञ्चालित प्याराडाईज होटलका संचालक अम्बर गुरुङ माछापुच्छ्रे हिमाल हेर्नका लागि धम्पुस जस्तो उत्तम ठाउँ अन्यत्र नभएको बताउँछन् । पोखरा र सराङकोट क्षेत्रबाट माछापुच्छ्रे हिमालको एक मात्र चुच्चो देखिन्छ भने धम्पुसबाट ठयाक्कै माछाको पुच्छर जस्तै देखिन्छ । त्यसैले माछापुच्छ्रेको बास्तविक स्वरुप धम्पुसबाटै अवलोकन गर्न सकिन्छ ।

http://gokarneshworonline.com

Stock market ideas in Nepali language