आफूलाई शंका गर्न छाड्नूू
यो सबैभन्दा नकारात्मक बानी हो, जसलाई तपाईले आफ्नो लाइफस्टाइलबाट हटाइहाल्नुपर्छ । यो बानी कायमै रह्यो भने तपाईले देखेको सपना पूरा हुनको साटो उल्टो टुट्न चाहि थाल्छ । त्यसकारण आफैंमाथि कहिल्यै शंका नगर्नुहोस् र आफ्नो नकारात्मक भावना तथा विचारलाई तर्कको आधारमा सुुल्झाउने कोशिश गरिराख्नुुहोस् ।
उपयुक्त समयको प्रतिक्षा गर्नु
यस्तो कुनै समय हुँदैन, जसलाई सही समय भनियोस् । तपाईले संभावित जोखिमको पहिलादेखि नै आँकलन गर्नुपर्ने हुन्छ, तर जुन समय तपाई पहिलादेखि नै गर्न चाहिरहनुुभएको छ त्यसका लागि कुनै समय पर्खिएर बस्नुुहुन्न । यस्तो काममा आफूलाई समय आउला र गरौंला भनेर रोक्ने भूल नगर्नुहोस् ।
नपढ्नु
नयाँ नयाँ जानकारी हासिल गर्नु एक निरन्तर प्रक्रिया हो । त्यसकारण सफल मानिस कहिल्यै पनि पढ्न छाड्दैनन् । उनीहरु पढ्छन्, मानिसहरुसँग कुरा गर्छन् र विश्वमा के भइरहेको छ भन्ने बिषयमा आफूलाई अपडेट गरिरहेका हुन्छन् ।
बोल्ने मात्र, काम चाहि नगर्ने
तपाईले बोलेर वा सोचेर मात्र हुँदैन । हावामा महल बनाएर केही हुनेवाला छैन । तपाई कहिल्यै पनि अगाडि बढ्न सक्नुुहुन्न, जबसम्म तपाईले सोचेको वा बोलेको कुरा गर्नुहुुन्न । त्यसकारण जे काम गर्छु भनेर योजना बनाउनुुभएको छ, त्यसलाई तुरुन्तै थालिहाल्नुपर्छ ।
कुनै लक्ष्य नहुुनुु
मानिसको एउटा निश्चित लक्ष्य हुन आवश्यक छ । तपाईसँग आफ्नो जिन्दगीको एक ब्लूप्रिन्ट हुनुपर्छ । यसबाट तपाईलाई लामो समयसम्म सहयोग प्राप्त हुन्छ ।
काममा फोकस नहुनु
तपाई आफ्नो काममा निरन्तर जोडिइरहनुुपर्छ । काममा जिद्धी ढंगले निरन्तर लागिरहनुुपर्छ । तपाई सफल बन्नका लागि लगातार काम गर्नुपर्छ र काममा फोकस भइराख्नुुपर्छ ।nayabato
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks