stock market

दोस्रो बजारमा लगानी गरेपछी एभ्रेजिङ्ग गर्न सिकौ !

short sell को सुविधा नभएको हाम्रो पुजी बजार बाट कमाउने भनेको क्यापिटल गेन गरेर नै हो ,अर्को दोस्रो विकल्प छैन । बजार बाट हामी सेयर किन्छौ । हामी मध्य धेरै जना एकैपटक सेयर किन्न रमाउछौ । तर त्यो एक प्रकारले भन्दा गलत रणनीति हो । सेयर बजारको मुल्य निर्धारण गर्ने न आज सम्म कुनै फर्मुला बनेको छ र न पत्ता लगाउने सफ्टवेयर नै छ । यो त बायर र सेलरको मनोबैज्ञानिक आधारमा मुल्य निर्धारण हुने गर्दछ । त्यसैले हामिले किनेकै मुल्य बाट कम्पनीको सेयरको मुल्य वृद्धि नहुन पनि सक्छ । त्यसैले सर्वप्रथम कुनै कम्पनीको मजाले अध्यन गरौ । त्यसपछि आफू सङ भएको पुरै पैसा त्यो सेयरमा नहालौ । तपाईले किनेकै दिन बाट मुल्य वृद्धि हुन थाल्यो भने ठिकै छ तर किने पश्चात् मुल्यमा केही कमि हुन थाल्यो भने सस्तो मुल्यमा तपाईं त्यही कम्पनीकोसेयर किनेर एभ्रेजिङ्ग गरिदिनु होस । यसरी गरिने एभ्रेजिङ्ग बाट तपाईलाई मुख्यत दुईवटा फाईदा हुन सक्छ । १. भौतिक फाईदाको हिसाबले हेर्दा एकैपटक किन्दा भन्दा यसरी किन्दा तपाईको लागतमा केही कमि आउँछ । २. मनोवैज्ञानिक हिसाबले हेर्दा तपाईले किनेको सेयरको मुल्य कम हुदा पनि तपाईं त्यति सारो हतोत्साहित हुनु हुन्न किनकी घटदो मुल्यमा पनि तपाईले अवसर लिन सक्नु भयो ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks