milk

दुधसँग खान नहुने १२ खानेकुराहरु जसका बारेमा थाहा नपाएर हामी बिरामी हुन्छौ

दुध सामान्यतया हानीरहित पोषिलो पदार्थ हो भन्ने मानिन्छ । अझ भैसी भन्दा गाईको दुध जुनसुकै अवस्थामा जोसुकैले पिउँन सकिने भनेर धेरै बिरामीहरुलाई सिफारिस पनि गरिन्छ । तर दुधका पनि आफ्नै सिमाहरु छन् ।

Nepali typing

जुनसुकै खानासँग दुध खाने हो भने अथवा दुध खाने बित्तिकै ति कुराहरु खाने हो भने शरिरमा हानी गर्छ । यस्तै कुरा थाहा नपाएर हामी कति जना ‘फुड पोइजनिङ’को शिकार पनि हुने गर्छौँ ।

यो पोस्टमा हामीले तपाईहरुका लागि सके सम्म दुधसँग खान नहुने कुराहरुको सूचि तयार पारेका छौँ । तपाईले यसमा यस्ता कुराहरुको बारेमा थाहा पाउँनुहुनेछ, त्यसले तपाईलाई खानपिन बिग्रिएर हुने रोगबाट बचाउँन सहयोग गर्छ ।

दुधसँग खान नहुने कुराहरु जसका बारेमा थाहा नपाएर हामी बिरामी हुन्छौ

१. कालो दालसँग दुध
हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन, उल्टै असर गर्छ ।

२. दहीसँग दुध
दुधका साथै दही कहिल्यै पनि नपिउनुहोस् । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ ।

३. मूला, माछामासु जस्ता पदार्थसँग दुध
दुधको साथमा मूला, माछामासु जस्ता पदार्थ नलिनुहोस् । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसको प्रयोगले तपाइको छालामा समस्या देखिन सक्छ । माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ । जसको उपचार निकै महङ्गो र दुर्लभ हुन्छ ।

४. नुन र करेलासँग दुध
दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

५. तिलको सेवनसँग दुध
दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।

६. कागतीसँग दुध
दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।

७. सुत्नु भन्दा अघि तातो दुध
सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।

८. रहरको दालसँग दुध
रहरको दाल र दुध दुवैले पच्नका लागि धेरै समय लिन्छन । यी दुवै खानेकुराहरु एकै चोटी खानाले अपच हुने र ग्याँसको समस्या देखापर्न सक्छ ।

९. नुनिलो खानेकुराहरु सँग दुध
दुधको साथमा चिप्स, नमकिन जस्ता खानेकुराहरु नखानुहोस् । नुनको कारण दुधमा हुने प्रोटिनको पुरै फाइदा हाम्रो शरिरले लिन सक्दैन र छालासँग सम्बन्धित समस्याहरु देखा पर्न पनि सक्छन् ।

१०. प्याजसँग दुध
खानामा प्याज छ भने खानासँग वा खानापछि दुध नखानुहोला । यो मिश्रणले छालामा दाद, एलर्जी सोराइसिस लगायतका समस्या निम्तिन सक्छन् ।

११. खुर्सानी र मसलादार खानासँग दुध
खुर्सानी र मसलादार खाना खाँदै हुनुहुन्छ भने यसको साथमा दुध र दुधजन्य परिकारहरु नखानुहोला । यी खानेकुराहरु सँगसँगै खाएमा पेट दुख्ने, एसिडिटि, ग्यास र बान्ता हुने जस्ता समस्याहरु आउन सक्छन् ।

१२. केरासँग दुध
रुघाखोकी, कफको समस्या छ भने दुधको साथमा केरा नखानुहोला । यसले झनै खोकी बढाँउछ ।

यी १२ कुराहरु सँधै याद राख्नुहोला र सकेसम्म यी खानेकुराहरु खाए पछि दुध नपिउँनुहोला अथवा दुध पिएको केहिबेरमा नै यी खानेकुराहरु नखानुहोला ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks