हरेकको घरमा भगवानको मूर्ती र तस्बिर हुन्छन् तर निकै कमलाई थाहा हुन्छ कि सबै मूर्ती शुभ प्रभाव दिने किसिमको हुँदैन । वास्तुको अनुसार थुप्रै मूर्ती यस्ता हुन्छन् जसको दर्शन गर्नु मानिसको लागि अशुभ प्रभावको कारण पनि बन्न सक्छ । आज हामी तपाईंलाई भगवानका यस्तो केही स्वरुप र मूर्तीको बारेमा बताउँदै छौं जसको दर्शन गर्नु राम्रो मानिँदैन ।
घरमा भगवानको मूर्ती राख्दा भगवानको पछिल्लो भाग देखिनु हुँदैन । भगवानका् पछिल्लो भाग हेर्नु शुभ मानिँदैन । पूजा कोठामा एउटै भगवानको दुई मूर्ती राख्नु राम्रो मानिँदैन ।विशेषगरी, दुई मूर्तीलाई आमने–सामने राख्नु हुँदैन । यसरी राखिएको मूर्ती दर्शन गर्दा पटक–पटक झगडा हुन्छ ।
कुनै मूर्तीसँग तपाईंको गहिरो आस्था हुनसक्छ । तर मूर्ती यदि टुटे फुटेको छ भने त्यसको दर्शन गर्नु राम्रो मानिँदैन । यस्तो मूर्तीको दर्शन वा पूजा गर्नु अशुभ फलको कारण हुनसक्छ । मन्दिरमा भगवानको यस्तो मूर्ती राख्नुपर्छ जसमा भगवानको अनुहार सौम्य र हात आशिर्वादको मुद्रामा हुन्छ । रौद्र र उदास मूर्तीको दर्शन गर्दा नकारात्मक ऊर्जाको संचार हुने गर्दछ । युद्ध गरिरहेको वा कसैको विनास गरिरहेको भगवानको मूर्तीको दर्शन गर्नु हुँदैन । यसो गरिए दुःखको कारण बन्नसक्छ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks