vastu

दाम्पत्य जीवन सधैँ सुमधुर रहोस् भन्ने चाहनुहुन्छ ? यस्तो वास्तु उपाय गर्नुहोस्…

कोही पनि आफ्नो श्रीमान् वा श्रीमतीसँग झगडा होस् भन्ने चाहँदैन । आदर, विश्वास तथा प्रेम छ भने दाम्पत्य  जीवनमा खुसी नै खुसी रहन्छ । श्रीमान् श्रीमतीको सम्बन्धमा विश्वासको ठूलो भूमिका रहन्छ । तर कयौँचोटि नचाहाँदा नचाहँदै पनि यस्तो परिस्थिति आइलाग्छ कि दूवैबीचको विश्वासमा चिसोपन देखिनथाल्छ ।श्रीमान् श्रीमतीबीच सधैँ सुमधुर सम्बन्ध रहिरहोस् भन्ने चाहनुहुन्छ भने यस्तो वास्तु उपाय अपनाउन सक्नुहुनेछ ।

Nepali typing

श्रीमान् श्रीमती दुवैले आफ्नो खानाको केहि भाग दिनहुँ चराहरुलाई दिनुहोस् । श्रीमान् श्रीमती दुवैमा कुनैको स्वास्थ्य प्राय बिग्रिरहने छ भने घरमा तुलसीको बिरुवा रोपेर त्यसको नियमित हेरचाह गर्नुहोस् । प्रत्येक आइतबार कपूर बाल्नुहोस् र आफ्नो घर तथा सुत्ने कोठामा धुँवाउनुहोस् । आफ्नो जीवनसाथीलाई जुनकुरा मनपर्दैन त्यो काम रातमा कहिल्यै  नगर्नुहोस् । शुक्रबार श्रीमान् श्रीमतीले एक अर्कालाई परफ्यूम गिफ्ट गर्नुहोस् ।

दाम्पत्य जीवनमा मधुरता ल्याउनको लागि घरको उत्तर-पश्चिमी कुनाको बेडरूमलाई राम्रो मानिन्छ । जुन बेड वा बिस्तारामा श्रीमान् श्रीमती सुत्ने गर्नुहुन्छ त्यसमा अरु कसैलाई सुत्न नदिनुहोस् । बेडरूममा राधा-कृष्णको तस्वीर राख्नुहोस् । कहिले पनि बेडरूममा खाना नखानुहोस् । बेडलाई झ्यालको छेउमा नराख्नुहोस् । यसो गर्नाले सम्बन्धमा तनावको स्थिति उत्पन्न हुन्छ । श्रीमती जहिले पनि श्रीमानको बायाँपट्टि सुत्नुहोस् ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks