दशैमा मासुका नेवारी परिकारहरु यसरी बनाउनुहोस्

दशैमा प्रशस्त मासुको उपयोग गर्ने चलन छ | मासु को प्रयोग यसको परिकारमा निर्भर गर्छ | अन्य समुदाय भन्दा नेवारी समुदायमा मासुका परिकार धेरै थरि बन्ने गरेको पाइन्छ | नेवारी परिकारमा रुची राख्नेहरु हिजो आज नेवार मात्र छैनन | अन्य समुदायका मानिसहरु समेत नेवारी परिकारका सौखिन बन्न थालेका छन् | तर नेवारी परिकार बनाउने तरिका सबैलाई जानकारी हुँदैन | नेवारी परिकारको रहर हुँदा हुँदै पनि बनाउने तरिका नजान्दा अलमल्ल पर्नु भएको छ भने हामीले यसको समाधानका निम्ति केहि टिप्सहरु खोजि गरेका छौं | बाजेको सेकुवाका एक्जुकेटिभ सेफ सुरेश बस्नेतले ,नारी पत्रिका का निम्त्ति दिनुभएको नेवारी परिकारहरु  बनाउने बिधिबारेको जानकारी यहाँ साभार  गरेका छौं | दशैँका बेलामा भान्छा भरि मासुको हुँदा मासुका नेवारी परिकार बनाउने तरिका तपाई पनि सिक्नुहोस् , बनाउनुहोस् अनि स्वाद लिनुहोस् |

Nepali typing

हाकु छ्वेला

सामग्री : बफ : आधा किलो, गोलभेंडा : २ सय ग्राम, नुन : स्वादअनुसार, खुर्सानीको धूलो : ३ चम्चा, अदुवा र लसुनको पेस्ट : २ चम्चा, जिराको धूलो : आधा चम्चा, खोकनाको भुटेको तोरीको तेल : ४ चम्चा

विधि : मासुलाई सफा गरेर लामो आकारमा काटेर आगोमा पोल्ने । आगोमा पल्टाइ-पल्टाइ पकाएपछि निकालेर एउटा भाँडामा राख्ने । एउटा प्यानमा तेल हालेर गोलभेंडा फ्राई गर्ने र मिक्सरमा ग्रान्ड गर्ने । मासुलाई एउटै साइजमा काटेर मरमसला र गोलभेंडाको पेस्ट हालेर मज्जाले मोल्ने । मोल्ने क्रममा अलिअलि तेल पनि थप्दै जाने ।

बफ सेकुवा

सामग्री : बफ आधा : केजी, तेल : ३ चम्चा, नुन : स्वादअनुसार, जिरा : आधा चम्चा, मरिच : सानो चम्चा, टिम्मुर : आधा चम्चा, अदुवा र लसुनको पेस्ट : १ चम्चा ।

विधि : मासुलाई पिस-पिस काटेर सबै मरमसला हाल्ने अनि आधा घन्टाजति त्यत्तिकै राख्ने । त्यसपछि मासुलाई सिन्कामा उनेर आगोमा पोल्ने ।

द्याकुल्ला

सामग्री : हड्डीभित्र मासी भएको मासु : आधा किलो, प्याज : २ सय ग्राम, ग्ाोलभेंडा : ३ सय ग्राम, तेल : ४ चम्चा, अदुवा र लसुनको पेस्ट : २ चम्चा, तेजपात : २ पत्ता, जिरा : आधा चम्चा, बेसार : अलिकति  ।

विधि : प्रेसर कुकरमा प्याज खैरो हुने गरी भुट्ने । त्यसमा मसला पनि सँगै भुट्ने । मसला र प्याज खैरो भएपछि मासु हालेर केही समय भुट्ने । एकछिनपछि पानी हाली प्रेसर कुकरमा सिठी लगाउने । ह्याकुल्ला चिउरासँग सारै मीठो हुन्छ ।

साँधेको सुकुटी

सामग्री : मासु : ८० ग्राम, ग्ाोलभेंडा : ४ वटा, लसुन र अदुवाको पेस्ट : २ चम्चा, नुन : स्वादअनुसार, जिरा : आधा चम्चा, तेल : ४ चम्चा ।

विधि : तयार भएको सुकुटीलाई तेलमा हल्का फ्राई गर्ने । त्यसलाई सिलौटामा पानी हाल्दै मसिनो हुने गरी काट्ने । गोलभेंडा पोलेर सिलौटामा पिसी मासुमा मिसाउने, त्यसमा सबै मसला हालेर मोल्ने । साँधेको सुकुटीमा चप गरिएको हरियो धनियाँ तथा खुर्सानी छर्कने ।

सुकुटी बनाउन एक हप्ताअघि नै मासुलाई पातलो हुने गरी काटेर नुन, खुर्सानी तथा तेल हाली मोलेर सुकाउने ।

०००००००००००००००००

चिकेन स्नो बल

सामग्री : चिकेन किमा : १ सय ग्राम, उसिनेको आलु : ५० ग्राम, हरियो धनियाँ चप : १ चिया चम्चा, सुकेको प्याज चप : २ चम्चा, हरियो  खुर्सानी चप : आधा चम्चा, अदुवा र लसुनको लेदो : १ चम्चा, तेल : १० मिलिलिटर, मैदा : १ चिया चम्चा, अण्डा फिटेको : आधा भाग, नुन : स्वादअनुसार, सेतो मरिचको धूलो : १ चिम्टी, कालो मरिचको धूलो : १ चिम्टी, रातो खुर्सानीको सस : १० ग्राम, टोमाटो केचप : ५ मिलिलिटर, कागती : २-३ थोपा, स-साना टुक्रा पारिएको पाउरोटी : ५० ग्राम ।

विधि : चिकेन किमालाई थोरै तेलसँग भुट्ने । अदुवा र लसुनको लेदो तथा उसिनेको आलु मिसाउने । स्वादअनुसार नुन, मरिचको धूलो, रोजमेरी तथा हब्स हाल्ने । सबैलाई एउटा प्लेटमा खन्याएर अरू बाँकी मसला, प्याज, धनियाँ, हरियो खुर्सानी आदि मिसाउने । त्यसपछि उक्त मिश्रणलाई १८-१८ ग्राम हुने गरी १०-१० वटा डल्ला बनाउने । अर्काे भाँडामा मैदा, अण्डा तथा थोरै पानी हालेर लेदो बनाउने । त्यसमा चिकेनको डल्ला डुबाउने । सेतो पाउरोटीको टुक्रामा लटपटाउने । एउटा प्यानमा तेल तताएर चिकेन बललाई हल्का सुनौलो रंग आउने गरी फ्राई गर्ने । यसलाई प्लेटमा सजाएर साइड सलाद तथा सससँग सर्भ गर्न सकिन्छ ।

खसीको ह्याकुल्ला

सामग्री : खसीको ह्याकुल्ला : ६ सय ग्राम, तेल : ३० मिलिलिटर,अदुवा र लसुनको पेस्ट : आधा चम्चा, टिम्मुरको धूलो : थोरै, नुन : स्वादअनुसार, जिराको धूलो एक : चिम्टी, लसुन : ४ केस्रा, धनियाँ : ५ ग्राम ।

विधि : ह्याकुल्ला उसिन्ने । पाकेर सेलाएपछि छाला, बोसो र मासु पर्ने गरी स्लाइस गर्ने । एउटा प्यानमा तेल तताउने र त्यसमा लसुन पड्काउने । ह्याकुल्ला राखेर ड्राई गरेपछि जिराको धूलो, अदुवा, लसुनको पेस्ट, नुन, टिम्मुरको धूलो तथा हरियो धनियाँ राखेर सर्भ गर्ने ।

http://www.himalayankangaroo.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks