mushroom

तौल घटाउन चाहनेका लागि फाइदाजनक च्याउः अरु यस्ता छन् फाइदा

च्याउमा यस्ता कयौँ जरुरी पोषक तत्व रहेका हुन्छन्, जुन मानिसको शरिरका लागि अत्यावश्यक रहेको हुन्छ । साथै यसमा आवश्यक मात्रामा फाइबर पनि पाइन्छ । कयौ बिमारीका लागि च्याउलाई औषधीका रुपमा प्रयोग गर्ने गरिएको पाइन्छ । आयुर्वेदिक डाक्टरहरुका अनुसार च्याउमा अत्याधिक मात्रामा खनिज र भिटामिन पाइन्छ । यसमा भिटामिन बी, डी, पोटासियम, कपर, आइरन र सेलेनियम पर्याप्त मात्रामा पाइने हुदाँ यो स्वास्थ्यका लागि अति नै फाइदाजनक हुने गर्दछ ।

Nepali typing

च्याउका फाइदाहरु ः
च्याउमा एंटी अक्सिडेन्ट अत्याधिक हुन्छ । जसले बढ्दो उमेरको लक्षण कम गर्न र तौल घटाउनमा मद्दत गर्ने गर्दछ ।

च्याउमा रहेका प्रोटिन र भिटामिन जस्ता तत्वहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । जसले गर्दा रुखा खोकी जस्ता बिमारीले मानिसलाई छिट्टै छुन सक्दैन् ।

च्याउ भिटामिन डी का लागि आवश्यक स्रोत हो । यो भिटामिनले हड्डी बलियो बनाउने गर्दछ । नियमित रुपमा च्याउ खाँदा हाम्रो शरिरलाई चाहिने २० प्रतिशत भिटामिन डी यसबाटै मिल्ने गर्दछ ।

च्याउमा निकै कम मात्रामा कार्बाेहाइटे्ड हुने गर्दछ । जसले तौल र ब्लड सुगरको तह बढाउदैन । बरु नियन्त्रण गर्नमा मद्दत गर्ने गर्दछ ।

च्याउमा कम मात्रामा कोलेस्टेल हुने गर्दछ । यसको सेवनबाट लामो समयसम्म भोक लाग्दैन ।nepaljournal

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks