weight

तौल घटाउनुका यस्ता छन् फाइदा

काठमाडौं।तौल बढ्नु शरीरका लागि एकदमै हानिकारक छ । तौल बढेपछि हामी मुटुरोग, मधुमेह जस्ता रोगले सताउने चिन्तामा हुन्छौं तर जानौं केही यस्ता स्वास्थ्य समस्याहरू छन् जुन मोटोपनका कारण तपाईलाई सताइरहेको हुनसक्छ ।

मधुमेह, मुटुरोग मात्र होइन यदि तौल घटाउनुभयो भने तपाईले यस्ता स्वास्थ्य समस्याहरूबाट छुटकारा पाउन सक्नुहुन्छ । अब तपाई कसरत तथा डाइटको सही सम्मिश्रणबाट स्वस्थ र स्लीम बन्नुस् र यी अचम्मित पार्ने फाइदाहरूबाट लाभ लिनुस् । शोधमा आधारित केही तौल घटाउनुका फाइदाहरू निम्नि प्रकार छन् ।

दाँतको रोगबाट छुटकारा  केस वेस्टर्न रिजर्व यूनिभर्सिटीका शोधकर्ताहरूले तौल घटाउनाले मानिसहरूको दा“त तथा गिजाको समस्याबाट छुटकारा पाउने र दात सम्बन्धी रोग एकदमै कम लाग्ने गर्दछ । मोटोपनाले गिजामा पीडा तथा सुजनको फ्याट कोषहरू निर्माण गर्दछ । यसकारण फयाट् कम भएका व्यक्तिमा दा“तको दुखाईको समस्या र अन्य दा“तसम्बन्धी समस्या एकदमै कम हुन्छ ।

तेज दिमाग ः केन्ट स्टेट यूनिभर्सिटीको शोधका अनुसार मोटोपनाको कारण मानिसको दिमाग र स्मृति सम्बन्धित अधिक समस्याहरू हुने गर्दछन् । जब मोटोपन नियन्त्रित हुन्छ उनीहरूमा एकाग्रता बढी हुन जान्छ र तेज दिमाग हुन जान्छन् ।

तनाव कम हुन्छ ः वाशिङ्टन सेन्टर फर वेट म्यानेजमेन्टको अध्ययनका अनुसार मोटो व्यक्तिहरू सानो सानो कुरामा पनि अधिक तनाव लिने गर्दछन् । जबकि कम तौल हुने व्यक्तिहरू कम तनाव लिने गर्दछन् । शरीरमा फ्याट बढ्नुको साथसाथै कोर्टिजोलको मात्रा पनि बढ्दै जान्छ जसले तनाव बढाउने गर्दछ ।

गर्भधारण क्षमतामा वृद्धि ः ड्यूक यूनिभर्सिटी मेडिकल सेन्टरको शोधका अनुसार तौल नियन्त्रणमा राख्ने व्यक्तिहरूको यौन जीवन एकदमै राम्रो हुन्छ । यस्तै अध्ययनका अनुसार मोटा महिलाहरूमा गर्भधारण सम्बन्धी समस्या अधिक हुन्छ ।

जोर्नी दुखाईमा आराम ः तौल नियन्त्रणमा राख्ने व्यक्तिहरूमा जोर्नीहरूको दुखाईमा कम हुन जान्छ । फ्याट कोष जसको शरीरमा कम हुन्छ उनीहरूमा जोर्नी दुखाईहरूको समस्या एकदमै कम हुन्छ ।weeklynepal