तौल घटाउँन चाहनुहुन्छ ? बिहानको ८ बज्नुअघि गरिसक्नुस् यी ७ काम !

मानिसलाई केहि हदभन्दा बढी मोटाएको राम्रो नदेखिनुका साथै मन पनि पर्दैन। विशेषगरी महिलाहरु आफ्नो तौललाई लिएर चिन्तित हुने गर्छन्। त्यस्तै यदि अब तपाइले थोरै बिहानको समयलाई तौल घटाउन छुट्याउनु भयो भने सजिलै आफ्नो तौल र आफ्नो फिगरलाई आकर्षक बनाउन सक्नु हुन्छ। निम्न तरिका अपनाएर तौल सजिलै घटाउन सक्नुहुन्छ।

बिहान उठेपछि खाली पेटमा एक गिलास मनतातो पानी पिउँनुहोस। जसले शरीरको टोक्सिन्सलाई बाहिर निकाल्न मद्दत गर्छ। टोक्सिन्सको मात्रा कम भएपछि बोसोको मात्रा पनि कम हुदैजान्छ। प्रत्येक बिहान १० मिनेटसम्म ध्यान गर्नुहोस्। यसले तनाव कम गर्नुका साथै तौल नियन्त्रण गर्न मद्दत गर्छ । व्यायामपछि एक गिलास कागती–पानी पिउँनुहोस्। यसले पाचनक्रिया राम्रो र शरीरमा बोसो पगाल्न मदत गर्छ। बिहानको समयमा ३० मिनेट हिड्ने वा व्यायाम गर्ने गर्नुहोस्। जसले फ्याट जलन गराउछ र शरीरलाई फुर्तिलो राख्न मद्दत गर्छ। बिहान दुधचिया भन्दा ग्रीन-टी वा हर्बल–टी पिउँनुहोस्। यसमा रहेको एन्टीओक्सिडेन्ट्सले बोसो घटाउने काम गर्छ । बिहानको खाजामा अन्डा, दुध, ओट्स, सिमीजस्ता प्रोटिनले भरिएका खानेकुरा खानुहोस्। तौल नियन्त्रण गर्न मद्दत गर्छ। प्रत्येक विहान १५ देखि २० मिनेट घाममा बस्नुहोस्, यसो गर्नाले शरीरमा मेटाबोलिज्म बढाउँन मद्दत गर्छ, जसले तौल नियन्त्रण गर्छ।

source: bigulnews.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks