तरकारीवाली पछि आइन् अर्की खोर्सानीवाली (फोटोसहित)

काठमाडौं: नेपालकी तरकारीवाली कुसुम श्रेष्ठ रातारात चर्चित भइरहेका बेला चीनकए अर्की युवती अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकी छन् ।

खुर्सानी बेच्ने गरेकी युवती चाहिँ चीनकी हुन् । चीनमा केही दिनयता खोर्सानी बेच्ने एक युवती चर्चाको शिखरमा छिन् ।

Learn English - Dew Meaning in English to Nepali below

See more on youtube channel English to Nepali https://www.youtube.com/channel/UCGY-zO8qA-mqbOnYZYKoVGw/videos

सामाजिक सञ्जालमा उनको फोटो रातारात भाइरल भइरहेको छ । यी युवतीको सुन्दरताको प्रशंसा गर्दै मानिसहरु उनको तस्बिरलाई शेयर गरिरहेका छन् ।

चीनको एक गाउँकी यी युवती मोडलहरुलाई चुनौती दिने सुन्दरताकी धनी छन् । यी युवती चीनको कुन गाउँकी हुन् भन्ने पत्ता लागिसकेको छैन । तीन सातायता नेपालकी टमाटर बेच्ने कुसुम सामाजिक सञ्जालमा हिट भएकी थिइन् ।

त्यसअघि पाकिस्तानमा चिया बेच्ने युवाको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनी अहिले मोडल नै भइसकेका छन् ।

पाकिस्तानी चियावाला अरशद खान सामाजिक सञ्जालमा छाएपछि अब उनलाई युवतीहरुले सुपर मोडलको उपमा दिइरहेका छन् ।

फेसन एजेन्सीहरुले उनलाई मोडलिङमा लगाउन पनि थालिसकेका छन् । सामाजिक सञ्जालमा भाइरल भएपछि अरशद अहिले कयौं टीभी कार्यक्रम र मिडियालाई अन्तरवार्ता दिन व्यस्त छन् ।

नेपालको गोरखाकी कुसुमलाई पनि निर्माणाधीन फिल्म ‘लम्फु’ मा खेल्न प्रस्ताव गरिएको थियो । तर उनले इन्कार गरेकी छन् ।

उनले केही सञ्चारमाध्यमका लागि फोटोसुट गराएर मोडलिङतर्फ लागेको संकेत गरिसकेकी छन् । कुसुमले केही टेलिभिजन र अन्य सञ्चारमाध्यममा अन्तरवार्ता दिन भ्याइसकेकी छन् ।

karobardaily.com