तपाई कस्तो सपना देख्नु हुन्छ ? (सपनाको फल)
चरकाचार्य एवं वाग्भटको अनुसार सपना सात प्रकारको हुन्छ ।
१) दृष्ट – जुन चीजलाई हामी जागृत अवस्थामा आफ्नो आँखाले देख्दछौँ । यदि त्यसैलाई राति सुत्दा देखिएमा त्यसलाई ‘दृष्ट स्वप्न’ भनिन्छ ।
२) श्रुत- जसलाई हामीले जान्छौँ र सुन्छौँ, यदि त्यही स्वपनमा देखाइदिएमा त्यसलाई ‘श्रुत स्वप्न’ भनिन्छ ।
३) अनुभूत – जुन चीजलाई जागृत अवस्थामा इन्द्रियहरूद्वारा अनुभूत गरिएको छ । यदि त्यही सपनामा देखिए, त्यसलाई ‘अनुभूत स्वपन’ भनिन्छ ।
४) प्रार्थित स्वप्न – जागृत अवस्थामा जुन चीजको हामी इच्छा राख्दछौँ । यदि त्यही सपनामा देखिएमा त्यसलाई ‘प्रार्थित स्वप्न’ भनिन्छ ।
५) कल्पित स्वप्न- जुन चीजलाई नदेखिएकै छ, न सुनिएकै छ, न अनुभव नै गरिएकै छ । न, त्यसको इच्छा नै राखिएको छ । तर जाग्रत अवथामा त्यसको अनुमान या कल्पना त गरिएको छ र त्यही चीज सपनामा देखिएमा त्यसलाई ‘कल्पित स्वप्न’ भनिन्छ ।
६) भाविक स्वप्न- जुन चीज नदेखिए छ, न सुनिए छ, न अनुभव गरियो, न जसको इच्छा नै राखिएको छ, न कल्पना नै गरिएको छ, यदि यस्तै सपना राति देखिएमा यस्तो विलक्षण सपनालाई ‘भाविक स्वपन’ भनिन्छ ।
७) दोषज स्वप्न- जुन सपना, पित्त, कफ, यी तीन, दोषबाट आउँछ, त्यसलाई ‘दोष स्वप्न’ भनिन्छ ।
वाग्भटमा लेखिएको छ कि यीमध्ये दृष्ट, श्रुत, अनुभूत, प्रार्थित, कल्पित, दोषज, छ प्रकारको सपना एवं दिनमा देखिएको, देखेर बिर्स अत्यन्त लामो एवं अत्यन्त छोटो सपना निस्फल रहन्छ अर्थात् यसको फल न शुभ हुन्छ न अशुभ । केवल छोटे ‘भाविक स्वपन’ मात्रै आफ्नो फल दिन्छ । वङ्गसेनले लेखनुभएको छ कि आफ्नो प्रकृतिअनुसार देखिएको स्वप्न -बाट प्रकृतिवाला आकाश गमन गर्दछ, पित्त प्रकृतिवाला सपनामा आगो देख्दछ र कफ प्रकृतिवाला जलासय आदि देख्दछ ।) जुन सपना देखिएर बिर्सिएको छ दिनमा देखिएको छ, जुन कुनै प्रकारले विचार गर्दा देखिएको हो, यी सबै सपना निष्फल हुनेछ । एउटा सपना देखेपछि अर्को सपना आएमा, पहिलो सपना नष्ट हुन्छ । अर्थात् कुनै पनि शुभ या अशुभ फल दिँदैन । त्यसै ग्रन्थमा के पनि लेखिएको छ भने बारम्बर देखिएको, कल्पना गरिएको इच्छित, अजर्ीण्ा हुँदा देखिएको सपना पनि प्रायः निष्फल हुन्छ ।
सुश्राुतमा लेखिएको छ आफ्नो प्रकृतिको अनुसार देखिएको सपनाले केही पनि फल दिँदैन, जुन सपना देखेर भूलियो, धेरै याद गर्दा पनि याद आएन भने, त्यस सपनाले पनि फल दिँदैन । पहिले शुभ सपना आयो र पछि अशुभ सपना आएमा पहिलो शुभ सपना निस्फल हुन्छ । यसरी नै पहिले अशुभ सपना आएर पछि शुभ सपना आएमा अशुभ सपनाले फल दिँदैन । जुन चीजको चिन्ता रहन्छ, त्यही सपनामा आएमा पनि निस्फल रहन्छ । हरित संहितामा लेखिएको छ कि वाथ, पित्त, भय, कमजोरी , पिसावमा पित्तको संयोगबाट देखिएको सपना फल दिँदैन ।
आकाशमा मास्तिर उड्नु-टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
आकाशमा उड्नु-लाभ हुन्छ ।
आकाशबाट झर्न-समाजमा बेइज्जती हुन्छ ।
आकाश देख्नु-प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
आकाशमा बादल देख्नु-सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
पानी पर्नु- बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
पानी एकै ठाउँ परिरहनु-परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
बिजुलीका साथ पानी परेको देख्नु-बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
जमीनसम्म देख्नु-दौलत मिल्छ ।
जमीनमा जोतेको, छरेको, रोपेको देख्नु-संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
आकाशका धूलो वा आँधी देख्नु-त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।
बिजुली देख्नु-मालदार हुइन्छ ।
जमीनमा मिल्नु-वरवाद होइन्छ, फरेबमा फसिन्छ ।
जङ्गलमा हिँड्नु-धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
जङ्गलमा खानु पिउनु-धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
माटो खानु-धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
माटोमा हिँड्नु-धनी होइन्छ ।
इनार खन्नु-आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।
इनारबाट सिँचाइ गर्नु-आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ ।
इनारबाट पानी निकालेर कुनै रुखमा पटाउनु-दीन वा दुःखीहरुको सेवा गर्छ ।
इनारबाट पानी पियाउनु-साधु वा महात्माको सेवा गर्छ ।
इनारबाट पानी निकाल्नु-आम्दानीमा वृद्धि हुन्छ ।
इनारमा झर्नु-मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।
इनारबाट निस्कनु-जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।
पानीमा हिँड्नु- कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।
खोलामा बाढी देख्नु-रीस या मुसीबतको सूचना हो ।
नदीमा अँध्यारो देख्नु-परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।
सोतो तर्नु-मरण नजीकिएको निशानी हो ।
नदी या कुलोमा नुहाउनु-कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।
भुसमा भासिनु-मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।
कुलाको फोहोर पानी पिउनु-कुनै रोगमा फस्ने सूचना हो ।
कुलोलाई अर्कातिर बगाउनु-शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।
हौज देख्नु-कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ र उसको पानी पिए धनी होइन्छ ।
नाउ देख्नु-शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।
नाउमा चढेको देख्नु-राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ ।
नाउबाट सुखा भुइँमा उत्रनु-दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।
नाउलाई सुखा मैदानमा देख्नु-मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ ।
जमीनमा केही बनाउनु-असल दिलको हुइन्छ ।
ताराको चमक देख्नु-राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।
तारा समूहलाई अति चम्किलो देख्नु-देश मालामाल हुन्छ, देशको शासनव्यवस्था अति राम्रो हुन्छ; संसारमा त्यस देशको प्रतिष्ठा बढ्छ ।
तारा निल्नु-चोरी गर्छ र तकलीफमा फस्छ ।
तारालाई हातमा लिनु-गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।
नाउसहित आफूलाई डुबेको देख्नु-राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।
पहाड देख्नु( शत्रुमाथि विजय प्राप्त हुन्छ ।
पहाडमा हिँड्नु-इज्जत मिल्छ, धेरै धन पाइन्छ ।
पहाडको मालिक हुनु- कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ ।
पहाडमा लडेको देख्नु- कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।
पहाडमा बाटो हिँडिरहेको देख्नु-धर्ैयवान् वा साहसी हुइन्छ ।
पहाडमा प्वाल पार्नु-कसैसँग जालसाँजो गरिन्छ ।
पहाडमा चढ्नु-अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।
फूल – प्रेमी/प्रेमिका मिलन
पान खानु – स्त्री प्रसङ्ग -यौनसम्बन्ध) हुने
पिँजडा – जेल-नेल पर्ने
हरियो वन देख्नु-शुभ समाचार मिल्ने
सुख्खा वन देख्नु-चिन्ता हुने
चन्द्रमा- प्रतिष्ठा मिल्ने
ग्रहण – आपत पर्ने
खाना बनाउनु-सन्तान बिरामी हुने
सुन पाउनु -धन जाने, हानी हुने
र्सप मार्नु -कन्टबाट छुटकरा पाउने
हस्ताक्षर गर्नु -धनहानि हुनु
बिरालोले टोक्नु -दर्घटना पर्ने तर बच्ने
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks