काठमाडौं । तपाईंलाई समूहमा बोल्न, काम गर्न वा ठुल्ठूला बैठकहरुमा सरीक हुन डर लाग्छ ? वा तपाईं सधैं एकान्तमा बसीरहन रुचाउनु हुन्छ ? यदि यस्तो हो भने सचेत हुनुहोस् । किनकी तपाईंमा देखिने यी लक्षणहरुबाट ठूलै समस्या निम्तन सक्छ ।
मनोचिकित्सक डा. सरोजप्रसाद वझाका अनुसार कुनै व्यक्ति समूहमा गएर बस्न, बोल्न र घुलमिल हुन सक्दैन वा उसमा डर त्रास रहिरहन्छ भने त्यसलाई ‘सोसियल एन्जाइटी डिसअर्डर’ अर्थात् ‘सामाजिक परिवेशमा डराउने समस्या’ भनिन्छ ।
यस्तो समस्या देखिएमा मनोचिकित्सकसँग तत्कालै परामर्श लिनुपर्छ । कसैकसैलाई त औषधि नै सेवन गर्नुपर्ने हुनसक्छ ।
डा. वझा आफ्नो एक पुरानो बिरामीको बारेमा भन्छन्- एक दिन एकजना व्यक्ति यस्तै समस्या लिएर आए । उनी अमेरिका जाँदै रहेछन् । उनलाई मनोपरामर्शसँगै नियमित औषधि खान पनि सल्लाह दिएँ । त्यसपछि उनमा डर, त्रास कम हुँदै गयो । उनलाई समाजमा घुलमिल हुन सजिलो भयो । हालै अमेरिकाबाट नेपाल फर्किएर ति व्यक्तिले मलाई भेटेर धन्यवाद दिए ।’
डा. वझाका अनुसार ति व्यक्तिलाई अझै पूर्णरुपमा निको भइसकेको छैन र अझै केहि समय औषधि खाइरहनुपर्छ ।
विश्वको तेस्रो ठूलो समस्या
डा. वझाका अनुसार अमेरिकाबाट हालै नेपाल फर्किएका ति व्यक्तिलाई जस्तै सोसियल एन्जाइटी डिस्अर्डरको समस्या नेपालमा अन्य थुप्रै व्यक्तिहरुमा छ । तर सजिलै पहिचानमा नआउने भएका कारण यो समस्याबाट ग्रसित व्यक्तिहरु उचित परामर्शको अभावमा समस्या झन् बढाएर बस्न बाध्य छन् ।
यस्ता व्यक्ति प्रायः एकान्तप्रिय हुने गर्छन् । उनीहरु नाता गोताबाट टाढै बस्न रुचाउँछन् तथा समूहमा बोल्न हिच्किचाउँछन् ।
विश्वका झण्डै सात प्रतिशत व्यक्ति सोसियल एन्जाइटी डिस्अर्डर (सामाजिक परिवेशमा डराउने समस्या)बाट ग्रसित छन् । यो समस्या अल्कोहलिज्म र डिप्रेशन पश्चात विश्वको तेश्रो ठूलो समस्याको रुपमा रहेको छ ।
यो समस्या भएका व्यक्तिलाई सामाजिक परिस्थितिको सामना गर्न समस्या हुने गर्छ । त्यसैले, उनीहरु सकेसम्म परिवारजन, साथीभाइ लगायतका पारिवारिक एवं सामाजिक जीबनबाट टाढै बस्न रुचाउँछन् ।
यसले गर्दा उनीहरुले सोचे अनुरुपको काम गर्न सक्तैनन् । परिणामस्वरुप उनीहरुमा एक किसिमको कुण्ठा रहन्छ । जसको प्रत्यक्ष असर उनीहरुको जीवनमा पर्ने गर्छ ।
तर यो समस्यालाई बेलैमा बुझेको खण्डमा यस्ता समस्या भएका व्यक्तिलाई पुर्णतया सामान्य जीबनमा फर्काउन सकिन्छ ।
सोसियल एन्जाइटी डिस्अर्डरलाई ‘फियर अफ सिचुयसन’ पनि भन्ने गरिन्छ । अर्थात सामाजिक परिवेशमा डराउने समस्या । यो समस्याबाट ग्रस्त मानिस सामाजिक परिवेशमा जान तथा समूहका बसेका मानिसहरुबीच अन्तरकि्रया गर्न डराउँछ । उनीहरुलाई सामाजिक परिवेशमा सम्बन्ध कायम गर्न अफ्ठेरो महसुस हुने भएकाले उनीहरु यस्ता कार्यक्रमबाट टाढै बस्न रुचाउँछन् ।
तर हामी भने यस्ता व्यक्तिलाई एकलकाटे, एकान्तप्रिय, लजालु, सामाजिक परिवेशबाट टाढै बस्न रुचाउने व्यक्तिको रुपमा मात्र हेर्ने गर्छौं । जबकी यस्ता व्यक्ति वास्तवमा अरुजस्तै समाजमा घुलमिल हुन चाहन्छन् । धेरैभन्दा धेरै साथी बनाउन चाहन्छन् । समूहमा गएर काम गर्न चाहन्छन् । उनीहरुमा समाजमा गएर केही गरौं भन्ने भावना जागृत भइरहेको हुन्छ । उनीहरुमा पनि रमाइलो गरौं, अरुले जस्तै बोल्न सकौं भन्ने तिव्र इच्छा हुन्छ ।
तर सोसियल एञ्जाइटी (डर)ले यसलाई असर पार्छ । ऊ चाहेर पनि अन्य व्यक्ति सरह खुला हुन सक्दैन, उसले साथी बनाउन सकिरहेको हुँदैन ।
विशेषगरी ट्रिगरिङको लक्षण हुँदा उसमा क्रमिक रुपमा एन्जाइटी अर्थात डरको लक्षण देखा पर्न थाल्छन् । विशेषगरी सामाजिक डर कायम हुने मानिसले निम्न अवस्थामा पीडा महसुस गर्दछ ।
· अरुसित परिचय गर्दा
· समूहमा बोल्दा असुरक्षित महसुस गर्नु
· आकर्षणको पात्र वा केन्द्र बन्दा
· आलोचित हुँदा
· अरुसित आँखा जुध्दा
· ठुल्ठूला व्यक्तिलाई भेट्दा
· सार्बजनिक स्थलमा बोल्दा, लेख्दा, फोनमा कुराकानी गर्दा आदि ।
यसले उसमा मनोवैज्ञानिक असर पार्ने गर्छ । जसले गर्दा उसले आफूलाई असुरक्षित महसुस गर्छ । र उसको भावनामा असर पर्ने गर्छ । परिणामस्वरुप उसमा निम्न लक्षणहरु देखा पर्न थाल्दछ ।
· डर लाग्ने
· सशंकित हुने वा नर्भस हुने
· धड्कन बढ्ने
· मुख सुक्ने
· अनुहार रातो हुने
· पसिना आउने
· हात, खुट्टा काँप्ने
· निरन्तर डर महसुस भइरहने ।
यी लक्षण अवस्थाअनुसार फरक-फरक हुने गर्छ । यस्ता लक्षणकै कारण सोसियल एञ्जाइटी डिस्अर्डर भएका व्यक्तिले चाहेर पनि समाजमा आफूले गर्न खोजेको काम गर्न सक्तैन ।
के हो त उपचार विधि
सोसियल एञ्जाइटी डिस्अर्डर कुनै रोग नभई केवल समस्या हो । त्यसैले यसमा औषधिको खासै धेरै प्रयोग गरिँदैन । विरामीहरुलाई सकेसम्म परामर्श मार्फत नै उपचार गर्ने गरिन्छ । जसलाई ‘कज्जिनिटी विहेवियर थेरापी’ भन्ने गरिन्छ ।
तालिम प्राप्त व्यक्तिहरु तथा मनोविज्ञानका चिकित्सकमार्फत यसको उपचार गरिन्छ । यो थेरापी समस्या केन्दि्रत हुनुका साथै कार्य उन्मुख छ । यसले सोचाई परिवर्तन गरेमा व्यवहारलाई समेत परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता राख्छ ।
कञ्जिनिटी विहेवियर थेरापीको मद्दतले व्यक्तिको सोचाइअनुसार आनीबानी तथा व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks