stock market

तपाईंको पनि गर्लफ्रेण्ड छैन ? त्यसो भए यो अवश्य पढ्नुहोस्

के तपाईं लभ अफेयरमा हुनुहुन्छ ? कतै गर्लफ्रेण्ड नभएर चिन्तित त हुनुहुन्न ? चिन्ता कत्ति पनि नलिनुस्, गर्लफ्रेण्ड नहुनुका धेरै फाईदा छन् । सायद अचम्म मान्नु भयो होला, विश्वास गर्नुस्, गर्लफ्रेण्ड नहुनुका केही यस्ता फाइदा छन्, जसका लागि गर्ल फ्रेण्ड हुनेहरु तड्पिन्छन् ।

Nepali typing

त्यसो त हरेक कुराको सकारात्मक र नकारात्मक पाटो अवश्य हुन्छ । यदि तपाईं आजसम्म आफ्नी प्रेमिका नभएकोमा चिन्तित हुनुहुन्छ भने यी कुराहरु हेर्नुस्, तपाईंले थोरै राहत महसुस गर्नुहुनेछ । यी कुराहरुमा मज्जा लिन थाल्नुस्, प्रेमिका हुने तपाईंका साथीहरु नै तपाईंको स्वतन्त्रता देखेर डाह गर्न थाल्नेछन् ।

१. गर्लफ्रेण्ड नहुनुको सबैभन्दा ठूलो फाईदा भनेको स्वतन्त्रता हो । तपाईं जोसुकैसँग ढुक्कसाथ घुम्न र रमाईलो गर्न सक्नुहुन्छ । तपाईंको जीवनमा त्यस्तो कोही हुनेछैन, जसले तपाईंको हरेक व्यक्तिगत कुरामा चासो राखोस् र आदेश देओस् कि योसँग बोल, योसँग नबोल भनेर ।

२. दोस्रो फाईदा भनेको तपाईंले कसैलाई पनि प्रत्येक घडी तथा पलपलकोबारेमा जवाफ र स्पस्टिकरण दिईराख्नु पर्दैन । मन लागेको साथीसँग मन लागेको ठाउँमा जाने छुट हुन्छ । होल नाईट नै किन नहोस् ।

३. गर्लफ्रेण्ड नहुनुको तेस्रो फाईदा तपाई मन लागेको काम गर्न सक्नुहुन्छ । मन लागेको खान र लाउन पनि ।

४. गर्लफ्रेण्ड नहुनुको चौंथो फाईदा भनेको पैसाको बचत पनि हो । तपाईंको कमाई मात्रै तपाईंको हुन्छ र चाहे अनुसार खर्च गर्ने छुट पनि ।

५. अर्को महत्वपूर्ण फाईदा भनेको समयको बचत हो । प्रेमिका नहुनेहरुले आफ्ना लागि पूरा समय दिन सक्छन् । बोलेन, फोन गरेन, घुमाएन भनेर किचकिच गर्ने कोही हुँदैन । तपाईंले आफ्नो काममा पर्याप्त समय दिन सक्नुहुन्छ । यसबाट लाभको सम्भावना पनि अधिक । अझै जागिर गर्नेहरुलाई त प्रमोशनको सम्भावना समेत अधिक हुन्छ । आफ्नै व्यवसाय गर्नेहरुका लागि पनि उचित लाभ ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks