girl

तपाईंको निधारको रेखामा लुकेको ६ रहस्य ! जसले तपाईको भविष्यफल बताउने गर्दछ

संसारका अधिकांश मानिसमा आफ्नो भविष्य जान्ने उत्कट चाहना हुन्छ । त्यसैले मानिसका भविष्यफल बताउने अनेकन शास्त्रहरु र प्रचलनहरु संसारभर विद्यमान छन् । हामीकहाँ चिना, कुण्डली हेराउने, जोखना हेराउने, हात हेराउने प्रचलन ज्यादा छ ।

हाम्रो शरीरका विभिन्न रेखा, चिन्ह, शरीरको बनावट, अंगहरुको आकार प्रकार आदि हेरेर भविष्यफल बताउने शास्त्रलाई समुद्र शास्त्र भनिन्छ । यसैमध्ये ललाट रेखा अर्थात निधारका रेखाहरुको आधारमा फलकथन पनि पर्दछ । निधारमा धेरै रेखाहरु हुन्छन् । ती हरेक रेखाहरुको अलग विशेषता र रहस्य बताइएको छ ।

१. निधारको पहिलो रेखाः आँखिभौं नजिकै हुने पहिलो रेखा धनको रेखा हो । यो रेखा निधारमा जति प्रष्ट र सफा हुन्छ व्यक्ति त्यति नै धनले सम्पन्न हुन्छ । व्यक्तिको आर्थिक स्थितिको आँकलन यो रेखाबाट गर्न सकिन्छ । आर्थिक स्थिति कमजोर भएका वा आर्थिक समस्या झेलिरहेका व्यक्तिको निधारको यो रेखा टुटेको वा अस्पष्ट तथा छोटो हुन्छ । यो रेखा प्रष्ट छैन, टुटेको छ, छोटो छ भने तपाईंले आर्थिक क्षेत्रमा विभिन्न समस्याहरुको सामना गर्नुपर्छ ।

२. निधारको दोस्रो रेखाः दोस्रो रेखा स्वास्थ्यको रेखा हो । यो रेखा जति प्रष्ट र राम्रो छ स्वास्थ्यस्थिति त्यति नै राम्रो हुन्छ । यो रेखा विग्रिएको, टुटेको, हल्का वा छोटो छ भने व्यक्तिको स्वास्थ्यमा बेलाबेला समस्या आइरहन्छ । यस्ता व्यक्तिमा रोग प्रतिरोधी क्षमता कम हुन्छ । यो रेखा प्रष्ट र सिधा छ भने व्यक्ति सधैं स्वस्थ रहन्छ । यो रेखा तलमाथि हुनु, टुट्नुले दीर्घरोगको संकेत गर्दछ ।

३. निधारको तेस्रो रेखाः यो रेखा भाग्यको रेखा हो । यो रेखा धेरै कम व्यक्तिको निधारमा मात्रै हुन्छ । यो रेखा छोटो नै भए पनि जसको निधारमा हुन्छ त्यो व्यक्ति भाग्यशाली हुन्छ । यो रेखा प्रष्ट हुनेहरुको जीवनमा भौतिक सुविधाहरुको कहिल्यै अभाव रहँदैन ।

४. निधारको चौथो रेखाः यो रेखा पनि धेरै कम व्यक्तिहरुमा मात्रै हुन्छ । यो रेखा हुनेहरुको जीवन निकै उतारचढावपूर्ण हुन्छ । यो रेखा हुने व्यक्तिहरुले २७ देखि ४७ वर्षको उमेरसम्म खुब सफलता हासिल गर्दछन् । आफ्नै घर बनाउन पनि यी व्यक्तिहरु सफल हुन्छन् र यिनीहरुको प्रगति पनि निरन्तर भइरहन्छ ।

५. निधारको पाँचौं रेखाः यो रेखालाई अलिक खतरनाक रेखाको रुपमा पनि लिइन्छ । यो निकै कम मानिसमा मात्रै हुन्छ । यो रेखा हुने व्यक्तिहरु जतिसुकै सफल भए पनि उसले दुर्भाग्यको सामना गर्नुपर्ने हुन्छ । कैयौं यस्ता व्यक्तिहरु सबथोक त्याग गरेर वैराग्यतर्फ जाने गर्दछन् ।

६. निधारको छैटौं रेखाः यो रेखा निधारको सबैभन्दा अन्तिममा हुन्छ । यसलाई दैवीय रेखा पनि भनिन्छ । यो रेखा ऋषिमुनीहरुको निधारमा हुन्छ भनिन्छ । यो रेखा हुनेहरुले समाजमा निकै मान सम्मान प्राप्त गर्दछन् र जीवनमा निकै प्रगति गर्दछन् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks