teeth

तपाईंको दाँत अनुसार तपाईं को भागय कस्तो हुन्छ हेर्नुस

समुन्द्री शास्त्रको अनुसार धेरै चीजहरू शारीरिक बनावटले व्यक्तिको भाग्यको बारेमा धेरै कुरा बताइएको छ। दाँतको बिचमा अन्तर भएका मानिसहरु सुन्दरताको दृष्टिकोणमा राम्रो मानिदैन तर समुद्रशास्त्रको अनुसार यस्तो मान्छे भाग्यशाली हुन्छ।

Nepali typing

यस्ता व्यक्तिहरूमा यी विशेषताहरू हुन्छन्:

१. समुन्द्री विज्ञानको अनुसार अगाडिको दाँतहरूबीच खाली ठाउँ हुनु बुद्धिमानीको चिन्ह मानिन्छ।

२. जुन मानिसहरुको अगाडिको दाँतको बीचमा अन्तर हुन्छ तिनीहरू भित्र विशाल मात्रामा ऊर्जा हुन्छ र उनीहरूले जीवनमा ठूलो स्थान प्राप्त गर्छन्।

३. यस्ता व्यक्तिहरु निकै नै फुर्तिला हुन्छन् र निडर हुन्छन्। उनीहरू खुसी रहन चाहन्छन्, त्यसैले उनीहरू समस्याको समयमा डराउदैनन्।

४. जुन मान्छेको दाँतको बीच एक स्थान हुन्छ त्यो मान्छे धेरै गफाडी हुन्छ। तिनीहरू कुनै पनि विषयमा बिहानदेखि बेलुकासम्म बोल्न सक्छन्।

५. दाँतहरु बीचको अन्तरले यो देखाउँछ कि यस्ता व्यक्तिहरु धेरै खुल्ला विचार भएका र धेरै खुसी हुने खालका हुन्छन्। यी मानिसहरू आफ्नो मनको कुरा गर्न हिचकिचाउँदैनन्।

६. यदि नोकरी गर्ने मानिसहरुको दाँतहरू बीचको अन्तर छ भने, यी मानिसहरूले भविश्यमा उच्च सफलता प्राप्त गर्नेछन्।

७. दाँतको बीचको खाली ठाउँले उत्कृष्ट गुणस्तरको संकेत गर्दछ। यी मानिसहरू निश्चित रूपमा खन्चुवा अर्थात खाना खाने सौखिनका हुन्छन्।

८. जुन व्यक्तिहरूको दाँत बीचको अन्तर हुन्छ ती मानिसहरु वित्तीय मामिलामा धेरै बुद्धिमानी मानिन्छ। यी मानिसहरू सम्पत्ति सम्बन्धी निर्णय गर्दा धेरै सावधानीपूर्वक निर्णय लिन्छन्। त्यसैले यिनीहरुले पैसाको कमिको सामना कमै मात्र गर्नु पर्छ।

source: bagmatipati.com/2020/06/06/2511/

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks