आजभोलि हृदयाघात,मस्तिष्कघात, किड्नी फेलरजस्ता तुरुन्तै ज्यान जाने वा सधैको लागि अशक्त बनाउने रोग युवाहरुको लागि चुनौतीको बिषय बनेको छ । यस्तो खतराबाट बच्न आफू जहाँ भएपनि, खर्च भएपनि तथा टाढा जानु परेपनि स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र उपचार गर्न ढिलो नगर्नुहोला।
१. महिनाको एकपटक ब्लडप्रेसर जाँच गराउनु होला। यो सस्तो, सजिलो र आफै पनि नाप्न सकिन्छ।
२. वर्षको २ पटक रगत जाँचमार्फत् सुगर, लिपिड प्रोफाइल (कोलेस्टेरोल ), किड्नी फंक्सन टेस्ट तथा युरिन टेस्ट गर्नुहोला । वर्षको २ पटक यी जांच गर्दा महँगो पर्दैन।
३. वर्षको १ पटक छातीको एक्स-रे, पेटको अल्ट्रासाउण्ड, इसिजी (मुटुको ) तथा महिलाले प्याप स्मेयर टेस्ट, थाइराइड फंक्सन टेस्ट गर्नुहोला।
४. प्रेसर तथा सुगर बढेमा तुरुन्त चिकित्सकको सल्लाह बमोजिम औषधि सुरु गर्नु होला । एकपटक खाए सधै खानुपर्छ भन्ने भ्रमको कारण धेरैको मृत्यु भएको पाइन्छ । सधै भनेको औषधि नखाएर बाँच्ने १-२ वर्ष कि औषधि खाएर बाँच्ने पुरा आयु ? यसमा ध्यान दिनु जरुरि छ।
५. औषधि खाएपछि नर्मल भयो अर्थात् ठिक भयो भनेर प्रेसर तथा सुगरको औषधि नछोड्नुहोला । त्यो नर्मल रेन्जमा ल्याएको औषधिले हो, पूरै निको भएर हैन। नर्मलभन्दा तल देखियो भने चिकित्सकको सल्लाह अनुसार औषधिको मात्रा घटाउन सकिन्छ वा चिकित्सकले छुटाउने अवस्था पनि हुनसक्छ।
६. घ्यू, बोंसो, डिप फ्राइ गरेको, धेरै गुलियो तथा जंक फुड नखानुहोला। यस्ता खाना खाएर १ पाउको जिब्रो त खुसी होला तर पौने क्विन्टलको शरीर दु:खी हुन्छ। कोल्ड ड्रिंक्स र अल्कोहल नखानु उत्तम। खाएमा एकदम थोरै, लामो समयको अन्तरालमा।
७. खानामा सागसब्जी, फलफूल, दूध, माछा, गेडागुडी जस्ता स्वस्थवर्द्धक खाना खानुहोला।
८. आफ्नो तौल नियन्त्रणमा राख्नुहोला ! ठूलो पेट तथा धेरै वेट (तौल) रोगका जननी हुन्।
९. शारीरिक अभ्यासलाई जीवनको अंग बनाउनुहोला।
१०. क्रोध, अहंकार,लोभ तथा धेरै तनावबाट बच्नुहोला। नियमित योग,ध्यान गर्नुहोला।
( दिनको एक कप चिया खर्च बचाएर राख्नुहोस, त्यो पैसाले बर्षभरको सामान्य स्वास्थ्य परीक्षण गर्न पुग्छ । )
onsnews
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks