fast computer

तपाइको ल्यापटप/कम्प्युटर स्लो छ ? यी १० तरिका प्रयोग गरि कम्प्युटरको स्पिड बढाउनुस

विज्ञान प्रविधिको तीब्र विकाससँगै कम्प्युटरको प्रयोग अहिले अपरिहार्य भइसकेको छ । कोठामा रहने कम्प्युटरबाट अहिले हात हातमा ल्याप्टप पुगिसकेका छन् ।

Nepali typing

कागजी कामलाई विस्थापित गर्ने गरी आएका कम्प्युटर मानिसको जीवनको अपरिहार्य साथी बनेसँगै यिनमा देखिने समस्या पनि टाउको दुखाइका विषय भएका छन् ।

सिस्टम स्लो हुँदा तपाईं हामीले पटक पटक तनाव भोग्नुपरेको छ । सिस्टम स्लो हुँदा तत्कालै अर्को किन्न पनि सक्ने अवस्था हुन्न । यो अवस्थामा आफूसँग भएको सिस्टमलाई यसरी फास्ट बनाउन सकिन्छ । अपनाउनुस् यी दस उपाय ।

१. अनावाश्यक प्रोग्राम्सलाई अनइन्स्टल गरेर

कम्प्यूटरमा कयौं यस्ता प्रोग्राम्स इन्स्टल हुन्छन्, जुन तपाईंलाई जरुरी हुँदैनन् । तपाईंले यसरी अनावाश्यक प्रोग्राम्सलाई अनइन्स्टल गरेर सिस्टमको स्पीड बढाउन सक्नुहुन्छ ।

यस्ता प्रोग्राम्सलाई हटाउनका लागि तपाईंले आफ्नो कम्प्युटरको कन्ट्रोल प्यानलको ‘प्रोग्राम र फिचर्स’ पेजमा जानु जरुरी हुन्छ । यसपछि इन्स्टल्ड सफ्टवेयरको लिस्टमा ती प्रोग्राम्स खोज्नुस् जसलाई तपाईंले प्रयोग गर्नुहुन्न । अब यस्ता प्रोग्राम्सलाई छानेर अनइन्स्टल गर्न सक्नुहुन्छ । अनइस्टल गर्ने अप्सन त्यहीं उपलब्ध हुन्छ ।

२. टेम्परेरी फाइल्स हटाएर
टेम्परेरी फाइल्स हार्डडिस्कमा बसेको हुन्छ । यसले पनि सिस्टमको स्पीड कम गराउन भूमिका खेल्छ ।

यस्ता फाइललाई हटाउनका लागि सबैभन्दा पहिले तपाईंले माई कम्प्यूटरमा गएर सिस्टमको लोकल ड्राइभ (साधारणतया सि) लाई सेलेक्ट गर्नुपर्छ। अब विन्डोज फोल्डरलाई सेलेक्ट गरी टेम्प फोल्डरलाई खोल्नुस् ।

यसपछि त्यहाँभित्र राइट क्लिक गरी view अपप्सनमा गइ details मा क्लिक गर्नुस् । अब तपाईं एक दिन पहिलेसम्मको सबै टेम्परेरी फाइललाई हटाउन सक्नुहुन्छ ।

३. हार्ड ड्राइभ (डिस्क) लाई खाली गर्नुस

तपाईंले आफ्नो सिस्टमको टेम्परेरी फाइललाई नियमित हटाएपनि हार्ड ड्राइभमा पर्याप्त स्टोरेज स्पेस नहुँदा सिस्टमक स्पीड कम हुन जान्छ ।

यदि तपाईंको सिस्टममा ठूला ठूला भिडियो फाइल पनि राखिएको छ भने त्यसले हार्डड्राइभको मेमोरीमा लोड बढेर सिस्टम स्लो हुन जान्छ ।

यसैले तपाईंको सिस्टममा रहेका अनावाश्यक ठूला फाइलहरु हार्ड ड्राइभबाट हटाउन जरुरी हुन्छ ।तर यदि तपाईंले ती फाइल नहटाउने हो भने मेमोरी भएको हार्ड डिस्कमा लगाउनु पर्छ ।

४. र्‍यामलाई बढाएर

यदि कम्प्युटरमा काम गर्ने क्रममा तपाईं एकसाथ कयौं प्रोग्रामलाई रन गराउनु भएको छ भने तपाईंको सिस्टममा र्‍याम पनि कम हुन्छ । त्यसैले यो अवस्थामा तपाईंको सिस्टम स्लो हुन पुग्छ ।

यसका लागि सिस्टम स्लो हुने कारण र्‍याम हो भने तपाईंले अर्को मेमोरी स्टिक्स लगाएर र्‍यामलाई बढाउन सक्नुहुन्छ । यसो गर्दा कम्प्युटरको स्पिड बढ्छ ।

५. बिना कामका स्टार्ट अप्स हटाएर

कम्प्युटर सिस्टमको स्टार्ट अपमा कयौं अनावाश्यक प्रोग्राम्स पनि चलिरहेका हुन्छन् । जसलाई बन्द गरे तपाईंले सिस्टमको मेमोरी र स्पीड को बढाउन सक्नुहुन्छ ।

यो प्रोसेस गर्नका लागि तपाईंले पहिले start and run मा क्लिक गर्नुस् । यसपछि run मा msconfig टाइप गरेर इन्टर हान्नुस् । अब तपाईंले आफ्नो सिस्टममा रन भइरहेका सबै स्टार्ट अप प्रोग्राम्स देख्न सक्नुहुन्छ । जसमा अनावाश्यक स्टार्टअप्सलाई डिसेलेक्ट गरेर सिस्टमको मेमोरीलाई बुस्ट गर्न सक्नुहुन्छ।

६. सोलिड स्टेट ड्राइभ इन्स्टल गरेर

कयौं पटक हार्ड ड्राइभका कारण पनि सिस्टम स्लो हुन पुग्छ । साथै स्टार्ट हुन पनि धेरै समय लाग्छ । यस समस्यासँग जुध्न तपाईं एक सोलिड स्टेट ड्राइभलाई सिस्टममा इन्स्टल गर्न सक्नुहुन्छ । तर, यो ड्राइभको मूल्य भने आम हार्ड ड्राइभको भन्दा धेरै हुन्छ ।

यी ड्राइभले सिस्टमको स्पीड भने धेरै बढाउँछन् । यीनको रिडिङ्ग सयम धेरै तीब्र हुनजान्छ । जसले कम्प्यूटरको स्पीड फास्ट हुन्छ ।

७. डिस्क डि-फ्रेगमेन्ट गरेर

डिस्क डि-फ्रेगमेन्ट गरेर पनि तपाईंले आफ्नो हार्ड ड्राइभो स्टोरेज क्षमता बढाउन सक्नुहुन्छ। यसका लागि तपाईंले पहिले My Computer मा राइट क्लिक गर्नुपर्छ । फेरि त्यहाँ देखिने हार्ड ड्राइभलाई रोजेर राइट क्लिक गरि प्रोपर्टीलाई सेलेक्ट गर्नुपर्छ ।

अब टुल्स ट्याब अप्शनमा तपाईंलाई डि-फ्रेगमेन्ट नाउ मिल्नेछ । जलाई छानेर तपाईंले यो प्रक्रियलाई पुरा गर्न सक्नुहुन्छ । यसका अलावा एक अर्को तरिकाबाट पनि तपाईंलाई डिस्क डि-फ्रेगमेन्टको अप्सन मिल्न सक्छ ।

८. डिस्क क्लिनअप रन गरेर

panakhabar

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks