stress

तनाव र दुख:बिर्सन ‘बाख्रे योग’

तनाव र दुख:बिर्सन ‘बाख्रे योग’ सन्दर्भ: विश्व योग दिवश

आफू स्वस्थ र तन्दुरुस्त रहन खानपानका साथै शारीरिक व्यायाम तथा योगमा मानिसहरुको रुची बढ्दो छ, रत मानिस व्यस्तताका बाबजुत पनि आफ्नो स्वास्थ्यका लागि समय दिन थालेका छन् । स्वस्थ रहने विभिन्न तरिकामध्ये योग राम्रो र उपयोगी विधी भएको अनुभवकर्ताहरु बताउँछन् । योग विभिन्न किशिमका  हुन्छन् । फरक योगको फरक महत्व  रहेको हुन्छ । यहाँ हामी नितान्त नौलौ योगका विषयमा चर्चा गर्दैछौं । शरीरलाई विभिन्न कोणमा ढालेर तथा विभिन्न आशनमा लगेर योग गरेको त तपाई हामी धेरैलाई थाहा छँदै छ तर अब योग गर्नका लागि जनावरको समेत सहारा लिन थालिएको खबर पनि आउन थालेका छन् ।

अमेरिकामा अहिले बाख्रासँग योग गर्न थालिएको छ, जसलाई मानिसहरु गोट योग भन्छन् अर्थात बाख्रे योग भन्छन् । अमेरिकाको ओरेगनमा पछिल्लो समयमा एउटा ट्रेण्ड चलेको छ । त्यहाँ बाख्रे योग अर्थात् ‘गोट योगा’ लोकप्रिय बनिरहेको छ । बाख्रे योगको बारेमा सुन्दा अचम्म लाग्नसक्छ । योग गरिरहेको मानिसहरुको बीचमा बाख्राहरु घुमिरहेका हुन्छन् । यति मात्र होइन बाख्राहरु योगीहरुको जिउमाथि पनि चढ्दछन् । यो बाख्रे योगमा भाग लिनका लागि मानिसहरु टाढा टाढाबाट योगशालामा आउँछन् । लेनी मोर्स नामका व्यक्ति बाख्रे योगा प्रशिक्षक हुन् । उनले दिनमै कैयौँ योग कक्षा सञ्चालन गर्दछन् । बाख्रे योगमा सहभागी हुने मानिसहरुको संख्या बढिरहेको छ । विभिन्न राज्यहरुबाट आफुसँग योग सिक्न आउने मोर्स बताउँछन् । कतिपय त योग गर्नका लागि नभै हेर्नकै लागि पनि आउने गरेका छन् । तनाव र दुखमा परेका मानिसहरुलाई बाख्रे योगले निकै राहत दिने गरेको अनुुभव उनको छ । त्यस्ता मानिसहरु बाख्रे योग गरिसकेपछि खुसी भएर फर्किने गरेका उनको दाबी छ ।http://healthsplus.com