आज हामी एक बिशेष प्रशंग मा कुरा गर्दै छौ । इन्टरनेट को प्रयोग संगै थुप्रै कुरा हरु को विकास् भयो तर मानिस हरु को सोच मा उही कुरा छ अझै उही आचरण ले छोडेको छैन । हामी सम्झने गर्दछौ कि सबै जना हामि जस्तै सोझो अनि इमान्दार हुन्छन तर वास्तव मा संसार यस्तो छैन । सबै को कुरा को सहजता संगै थुप्रै प्रतिकुलता पनि जन्मिसकेको छ । यो त भयो केहि जीवनशैली को बारेमा अब लागु हामी हाम्रै प्रशंग तिर ।
च्याट अर्थात् अनलाईन मा कुराकानी हुने मध्यम चाहे त्यो अक्षर च्याट होस् या अडियो वा भिडियो च्याट नै किन नहोस । च्याट गर्ने बनि सबै को छ अहिले झन् झन् आज भोलि त भिडियो च्याट ले गर्दा मानिस हरु आफु लाई निकै माथि पुगेको र नजिक भएको महसुस गर्दछन । के तपाई ले कहिले सोच्नु भएको छ यसपछि को कुरा । तपाई को च्याट को संग अर्थात् कस्तो प्रकार को व्यक्ति संग भएको छ भन्ने कुरा को ख्याल राख्नुहोस । आज भोलि अनलाईन मार्फत थुप्रै घटना हरु घटिरहेका छन् । खास गरि कुनै कुनै व्यक्ति हरु ले तपाई को व्यक्तिगत कमजोरी लाई नै आधार बनाई तपाईको दुरुपयोग गरिरहेको हुन्छ ।
च्याट गर्दा गर्न नहुने कुरा हरु
१. नचिनेको मान्छे लाई सबै विवरण नदिनु : च्याट गर्दा तपाई संग को कुरा गर्दै छ र कस्तो प्रकार को मान्छे बोल्दै छ त्यो हेक्का हुन आवश्यक छ किन भने एकछिन को कुराकानी त हो भन्ने सोच्नु भएको छ भने यो तपाई गलत हुन सक्नु हुन्छ । सबै मान्छे तपाई संग कुरा गर्न पाउन्दास खुसि भएको हुदैन र तपाई को हालखबर सोध्न लाई मात्र तपाई संग कुरा गरि रहेको हुदैन । हरेक कुरा को पछाडी एक न एक कारण अनि स्वार्थ लुकेको हुन्छ यो कुरा लाई सधै मध्यनजर गर्नुहोस् तर ध्यान राख्नु होस् कि तपाई को आफ्नै परिवार भित्र भने यो कुरा को लागु नहुन सक्छ ।
२. भिडियो च्याट नगर्नुहोस : भिडियो च्याट नगर्नुहोस सके सम्म किन कि भिडियो च्याट ले तपाई लै अर्को मानिस कहा दुरुस्तै देखाउने हुदा यदि गलत मनसाय भएको व्यक्ति छ भने त्यसलाई तपाई को बारेमा जान्ने अवसर मिल्दछ र गलत फाइदा उठाउन सक्दछ । सके सम्म तपाई को भिडियो च्याट नितान्त व्यक्तिगत होस् ।
३. आफ्नो ठाउ को बारेमा कसैलाई नभन्नुहोस : तपाई को सहि ठाउ को बारेमा खुलासा नगर्नुहोस किन कि तपाई ले अनलाईन मा चिनेको भर मा तपाईले तुरुन्तै बिश्वास गर्नु हुदै छ भने त्यो गलत हो । हुन त सबै मान्छे गलत हुन्छन भन्ने पनि छैन तर हामी गलत मानिस हरु बाट सधै जोगिन कोसिस गर्नु पर्छ ।
४. आफ्नो पारिवारिक विवरण नदिनुहोस : अनलाईन बाट चिनेका हरु संग आफ्नो विवरण त दिनु भयो भयो अरु को अर्थात् आफ्न परिवार का सदस्य को बारेमा कुनै जानकारी नदिनुहोस किन भने तपाई को परिवार प्रति पनि गलत मानिस को नजर हुन सक्दछ ।
च्याट का बेफाइदा हरु
अब लागौ च्याट का बेफाइदा हरु तिर
हामीलाई थाहा छ कि च्याट का फाइदा हरु का बारेमा तर च्याट का बेफाइदा हरु को बारेमा पनि केहि जान्नु आवश्यक छ ।
१. च्याट ले तपाई लाई दिक्ष्ण होइन ढिलो गराउछ : च्याट गर्दा धेरै समय खर्च हुने हुदा र हरेक शब्द शब्द मा अल्झिएर बुझ्नु पर्ने हुदा च्याट ले तपाई को समय नस्ट त गर्छ गर्छ तर त्यसले तपाई लाई रियल लाइफ को जस्तो आनन्द अनि सकुसल बनाउदैन ।
२. अध्यन तथा काममा बाधा : च्याट गर्ने बानीले तपाई को दैनिक जीवन मा प्रभाव पार्दछ । अर्थात् तपाई को दैनिकी तपाइले भने अनुसार चलाउन सक्नु हुन्न किनकि च्याट ले तपाई लाई उता ध्यान तानिरहेको हुन्छ । सधै अध्ययन अध्यापन गर्ने व्यक्ति को सुची मा तपाई पर्नु हुन्छ भने त झनै ख्याल राख्नुहोस किन भने तपाई लाई च्याट को लत ले तपाई को कम मा निकै नै घाटा दिलाउछ ।
३. स्वास्थ्य मा समस्या : च्याट को निरन्तर प्रयोग ले तपाई लाई स्वास्थ्य मा समस्या निम्त्याउछ किन भने च्याट गर्दा गहन भएर गहिरियर हेर्नु पर्ने हुन्छ आँखा लाई बिशेष असर पर्दछ | एकोहोरो पन अनि एकोहोरो ध्यान ले तपाई को आँखा लाई क्षति अनि दिमाख लाई असर हुन्छ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks