डाक्टर पागल चुटकिला

एक जना डाक्टर पागल संग कुरा गर्दै : डाक्टर : तिमि पागल कसरी भयौ ? पागल : मैले एक जना बिधुवा संग बिहे गरें, उसको जवान छोरि संग मेरो बुवाले बिहे गरे अनि मेरो त्यो छोरि मेरो आमा बनि, उसको एउटा छोरि भइ उमेरो बहिनि भइ तर म उसको हजुरआमा को श्रीमान थिएँ त्यसैले उ मेरो नातीनी भइ. यसै गरि मेरो छोरा आफ्नै हजुरआमाको भाई भयो र म आफ्नै छोरा को भान्जा अनि मेरो बुवा मेरो जुवाई भयो र मेरो छोरा आफ्नै हजुरबुवाको साला अनि……….. डाक्टर : अरे चुप लाग मलाई पनि पागल बनाउन लागिसकी के हो