डाक्टरका कुरा : ८५ प्रतिशत रोगका कारण क्रोध

हाम्रा धर्मशास्त्रहरूले क्रोधलाई धेरै नै हानिकारक मानेको छ ।  क्रोध एउटा मानसिक विकृति हो, जसले मानिसको बुद्धि–विवेक नष्ट मात्र गर्दैन, जघन्य अपराध पनि गराउन सक्छ । खासगरी किशोर अवस्थामा मानिसको स्वभाव क्रोधी, हठी र दुस्साहसी हुन्छ । यसले शरीर, मन, व्यवसाय, सामाजिक तथा नाता–सम्बन्धका साथै व्यक्तित्व नै बिगारिदिन्छ । मानिसको स्वभावमा क्रोध हावी भएमा यसले आयु पनि घटाउने मान्यता छ । क्रोधले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे आधुनिक चिकित्साशास्त्रका आधारमा डा. महेन्द्रबहादुर विष्टको सुझाब यस्तो छः

आधुनिक चिकित्साशास्त्रमा क्रोधलाई शारीरिक र मानसिक रोगका रूपमा लिएको छ भने हास्नुलाई ‘शरीरको उत्तम उपचार’ भनेको छ । ‘डेड्ली इमोसन्स्’ पुस्तकका लेखक डा. डन कोलबर्ट नामक चिकित्सा वैज्ञानिकले क्रोध, डिपे्रसन, परनिन्दा, बिलौना आदि आत्मघाती विष भनेका छन् । क्रोधबाट हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा पर्ने असरलाई वैज्ञानिक प्रमाणका साथ व्याख्या गरेका छन् । जब कसैलाई क्रोधको पारो चढ्छ, तब मांसपेशीमा तनावपूर्ण हुने, पाचन प्रक्रिया रोकिने, दिमागका कतिपय केन्द्रमा जलन पैदा हुने र दिमागका रासायनिक तत्वमा असन्तुलन हुन्छ । रिसलाई जबरजस्ती दबाउँदा अन्य मानसिक आवेग उत्पन्न हुन सक्छ, जो झन् भयावह हुन सक्छ । क्रोधका विभिन्न रूप हुन्छन् ।

असंगत रिसः यो विनाकारण कुनै सोचाइ र कल्पनाका क्रममा अनायास उत्पन्न हुन्छ । यस्तो रिस लामो समयसम्म रहन सक्छ । यसमा हीनभावना, अक्षमता, असफलता र अरूको सफलताप्रति इष्र्या हुने गर्छ । हिंसात्मक रिसः यसमा मानिस आक्रामक, आपराधिक र विध्वंसक भएर देखापर्ने गर्छ । मारपिट, झगडा, गालीगलौज आदि यस्तो खालको रिस उत्पन्न भएको वेलामै हुन्छ । दमित रिसः बाबु–आमाप्रति छोराछोरीले, हाकिमप्रति मातहतका स्टाफले, शिक्षकप्रति विद्यार्थीले लिने रिस यस्तै प्रकारको हुन सक्छ । यसलाई ‘रगत पिउनु’ पनि भन्छन् । प्रतिस्पर्धी रिसः यस खालको रिस पढाइ, खेलकुद, व्यवसायका क्षेत्रमा खासगरी प्रतिस्पर्धीका बीचमा हुने गर्छ । राजनीतिक दल र कार्यकर्ताका बीचमा प्रतिस्पर्धाका क्रममा यस्तो रिसले कहिलेकाही भयानक रूप लिन्छ । डा. मर्कोला नामक प्रसिद्ध प्राकृतिक स्वास्थ्योपचारका डाक्टरले लामो अनुसन्धान र अध्ययनबाट क्रोधले गर्दा टाउको दुख्ने, पाचनक्रियामा असन्तुलन, अनिद्रा, चिन्ता वा बेचैनी, डिप्रेसन, उच्च रक्तचाप, हृदयाघात र छालाका समस्याका साथै एक्जिमा हुन सक्ने बताएका छन् । क्रोध बढ्दा पनि त्यो मन र दिमागमा अलग–अलग (आइसोलेसन) भएर बस्दैन । शरीरभरि विभिन्न शारीरिक गतिविधिका रूपमा फैलिन्छ । क्रोधले मुटुलाई कमजोर बनाउने काम गछ । मानिस क्रोधले काँप्न सक्छ । अनुसन्धानबाट के प्रमाणित भएको छ भने बारम्बार क्रोधित हुने मानिसलाई सामान्य मानिसको भन्दा हृदयाघात हुने सम्भावना तीनगुनाले बढी हुन्छ । चिकित्सा विज्ञानका अनुसन्धान र प्रमाण प्रकाशित गर्ने अमेरिकाको ‘रोग नियन्त्रण तथा रोकथाम केन्द्र’ (सिडिसी)का अनुसार मानिसका ८५ प्रतिशत रोगको सम्बन्ध भावनात्मक स्थितिस“ग हुन्छ । यसको अर्थ क्रोधले पनि मानिसका ८५ प्रतिशत रोगमा प्रत्यक्ष वा परोक्ष सम्बन्ध राखेको हुन्छ । क्रोधको उपचार क्रोध जति बढायो त्यति बढ्न सक्छ । त्यसैले काबुभन्दा बाहिर पुग्यो भने क्रोधले परिवार र समाजलाई नै प्रत्यक्ष असर गर्छ । बिहानै उठेर खुला हावामा लामोलामो गहिरो श्वास–प्रश्वास लिने, ध्यान गर्ने, योग, प्राणायम आदि अभ्यास क्रोधलाई नियन्त्रण गर्ने प्रारम्भिक उपचार हुन् । हाम्रो परम्परागत भोजनलाई शास्त्रले सात्विक, राजसी र तामसी गरी ३ प्रकारमा वर्गीकरण गरेको छ । सात्विक भोजनले ‘फुड थेरापी’ का रूपमा क्रोध वा भावावेग र नकारात्मक शारीरिक क्रियाशीलता हुनबाट रोक्ने चिकित्साशास्त्रले पनि मानेको छ । यस्तो खानाबाट शरीरको फुर्ती मात्र बढ्दैन, मन पनि स्वच्छ र सकारात्मक हुन्छ ।  खराब रगत दिमागमा पुगेर भावनात्मक असन्तुलन पैदा भई क्रोध वा अनेक भावावेग पैदा हुन सक्छन् । त्यसैले हिँड्नु, शारीरिक अभ्यास गर्नु, पसिना निकाल्नुले तनाब कम गर्छ, चिन्ता घटाउँछ र क्रोधलाई नियन्त्रण दिन्छ । दिमागमा धेरै कुरा खेलाउने, शारीरिक अभ्यास वा काम नगर्ने मानिसको शरीर र मन असन्तुलित हुन जान्छ । रक्सी, अत्यधिक पिरो, नुनिलो, चिल्लो र मसलादार खानेकुराले क्रोध बढाउँछ । उच्च रक्तचाप भएको मानिसमा साह«ै छिटो क्रोध उत्पन्न हुन सक्ने हुँदा उच्च रक्तचाप नियन्त्रणमा राख्नुपर्छ । सकारात्मक सोचले नियन्त्रण छिटोछिटो क्रोध वा आवेग उत्पन्न हुने मानिसले खानपान, जीवनशैली र आनीबानीमा पनि विशेष ध्यान दिनुपर्छ । क्रोधका हानिकारक पक्षबारे राम्रो जानकारी राखेर विवेकको उच्चतम प्रयोग गर्दै आत्म–परामर्श (सेल्फ काउन्सिलिङ) गर्ने बानीको विकास गर्नुपर्छ । आजकाल मानसिक स्वास्थ्य परामर्शदाताको सुविधा पनि पाइन्छ । क्रोध, तनाव, आक्रामक मुड, चिडचिडाहटजस्ता समस्याका लागि बजारमा विभिन्न औषधि पाइन्छन् । व्यक्तिको समस्या हेरी डाक्टरले औषधि चलाउन सक्छन् । तर, चिकित्सकको सल्लाहविना यस्ता औषधि आपैmँले किनेर सेवन गर्नु हँुदैन । क्रोधजस्तो स्वभावगत समस्या फगत औषधिका भरले हटाउने अपेक्षा लिनु पनि हुँदैन । अनुशासित जीवनशैली, सकारात्मक चिन्तन, विवेकसम्मत क्रियाशीलता, स्वस्थ शरीर, उत्साही मन र सकारात्मक सोचबाट क्रोधी स्वभावलाई क्रमशः नियन्त्रण गर्न सकिन्छ ।

सम्भार नयाँ पत्रिकाबाट