अनुहारमा डन्डिफोरको समस्याबाट धेरै मानिसहरु पीडित हुन्छन् । डन्डिफोर आउने र यसको दाग बस्ने भएकाले अनुहारलाई कुरुप बनाइदिन्छ । मानिसहरु डन्डिफोर निको बनाउन थुप्रै उपायहरु पनि अपनाउने गर्छन् । डन्डिफोरको बारेमा धेरै तनाब नलिने, धेरै नसोच्ने । डन्डिफोर थुप्रै कारणले आउने गर्छ । किशोरावस्थामा देखिने डन्डिफोरको समस्या शरीरमा हर्मोनको परिवर्तन आउँदासम्म रहीरहन्छ । हर्मोनमा आउने परिवर्तनले अनुहारमा डन्डिफोर आउने गर्छ ।
किन आउँछ डन्डिफोर ?
खासगरी डन्डिफोर किशोर वा युवा अवस्थामा आउनु सामान्य हो । यस्तोमा घरमै छालाको हेरचाह गर्दा हुन्छ । तर छालाको हेरचाह गर्दा पनि डन्डिफोर घटेन, दाग बस्न थाल्यो, झन् ठूलो हुँदै गयो भने चाहिँ चिकित्सककहाँ जानुपर्छ । डन्डिफोरकै कारण मानसिक तनाव पनि बढ्न थाल्छ । यस्तो समयमा छाला सम्बन्धी डाक्टरको सल्लाह अनुसार उपचार गर्नु राम्रो हो । धेरैलाई डन्डिफोर आएपछि धेरैपटक मुख धुनुपर्छ भन्ने भ्रम छ । तर, त्यति धेरै पटक मुख धुनु पनि पर्दैन । धेरै गर्मी हुँदा, पसिना आउँदा, अनुहार चिल्लो हुँदा चाहिँ मुख धुनुपर्छ ।
त्यसैले डन्डिफोरबाट छुटकारा पाउन सबैभन्दा पहिले खानपानमा विशेष ध्यान दिनु जरुरी छ ।
- जो व्यक्तिमा डन्डिफोरको समस्या छ त्यस्ता व्यक्तिले घ्यू र तेलको सेवन कम गर्नुपर्छ । हामीले खाने खानामा जति धेरै तेल छ त्यति नै बढी डन्डिफोर आउने सम्भावना हुन्छ ।
- मामंसाहारी भोजनले पनि डन्डिफोरको समस्या आउन सक्छ । मासुजन्य खानेकुराले पेट सफा नहुने भएकाले डन्डिफोरको समस्या बढ्न सक्छ ।
- चुरोट, खैनी जस्ता नशालु पदार्थले छालासम्बन्धी विभिन्न रोगहरु निम्त्याउँने भएकाले यसले डन्डिफोरको समेत समस्या ल्याउँछ ।
- धेरै मात्रामा चिया र कफि सेवन गर्ने व्यक्तिहरुमा डन्डिफोरको समस्या आउन सक्छ । यसको सेवनले शरीरमा सीबम बन्ने र जसको कारण डन्डिफोर आउने गर्छ ।
डन्डिफोर हटाउने प्राकृतिक उपाय
- महले अनुहारमा भएका डन्डिफोरलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छ। तपाईंको अनुहारमा जुन ठाउँमा डन्डिफोर छ, त्यो ठाउँमा मह दल्नुहोस्। झन्डै १० मिनेटजति राखेर सफा पानीले धुनुहोस्। डन्डिफोरको समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ।
- केरा खान मात्रै होइन, अरू हिसाबले पनि गुणकारी फल मानिन्छ। केरालाई मुछेर अनुहारमा दल्न सक्नुहुन्छ। यसबाहेक मह, दहीसँग मिसाएर पनि लगाउन सक्नुहुन्छ। लगाएको केही समयपछि पानीले धुनुपर्छ।
- एक कप पानीमा ल्वाङ राखेर उमाल्नुहोस्। उमालिसकेपछि केहीबेर राखेर चिस्याउनुहोस् र ल्वाङलाई मिचेर डन्डिफोर आएको ठाउँमा दल्नुहोस्। झन्डै आधा घन्टा राखेर चिसो पानीले धुनुहोस्।
- सायद यो कुरा धेरैलाई थाहा छ, डन्डिफोर आएको छ भने कागतीको रस लगाउनुपर्छ। तर, ध्यान दिनुहोस्, कागतीको रस सीधै अनुहारमा लगाउँदा पोल्ने डर हुन सक्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुहोस्।
- गोलभेँडाको मद्दतबाट पनि डन्डिफोर हटाउन सकिन्छ। गोलभेँडाको रसलाई डन्डिफोर आएको ठाउँमा लगाएर झन्डै आधा घन्टापछि सफा पानीले धुनुभयो भने डन्डिफोर हराउँछ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks